बिहिबार 28 मार्च 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

चुहिने भाँडो, आस्था र विश्वास

Buddha Lal Meche (President-MNO) | 26 मार्च 2019

चुहिने भाँडो, आस्था र विश्वास

चाहे राजनैतिक क्षेत्रमा होस या चाहे कुनै पनि बिधा अन्तर्गतका क्षेत्रमा होस सफलता चुम्नका लागि आफुले छनौट गरेको कर्म क्षेत्रमा जीवनभर अटुट आस्था र विश्वासको आवश्यकता पर्दछ। आफुले छनौट गरेको कर्म क्षेत्रमा अलिकति आस्था र विश्वास मात्र कमी भयो भने पनि खीरमा कागतिको रस मिसिए जस्तो हुन जान्छ। खीर तयार हुनका लागि साधारणतय निम्न सामानहरु दुध, घ्यु, सक्खर,नरिवल, चामल, काजु, बदाम,सुकमेल,दालचिनी,अलैचीं आदि-चाहिन्छ। यी सबै सामानहरु पुर्याएर तयार पारिएको खीरमा एउटै कागतिको दुई चार थोपा रस मात्रै पर्यो भने पनि खीरको स्वाद बिग्रिएर खीरको अस्तित्व नै समाप्त हुन्छ। यसोसले आफुले रोजेको कर्मक्षेत्रलाई अगाध माया, अटुट आस्था र विश्वास गर्न सक्नु पर्दछ। निरन्तरता दिन सकिएन भने आस्था र विश्वास टुट्न जान्छ। आस्था र विश्वास टुटेपछि खीरमा अमिलो मिसिन्दा खीरको स्वाद बिग्रे जस्तो सफलताको लागि चड्ने सिंडी भत्किएको पत्तो समेत हुँदैन। राजनीतिमा चुनाव जित्नु एउटा सफलता हो। चुनाव भन्नाले 5 बर्षका लागि छान्नु हो। चुनाव जितेर 5 बर्ष सम्म टिकेर देश, जनता र समाजको निरन्तर सेवा गरेर योगदान पुर्याउन सक्नु अर्को सफलता हो। एउटा मेडिकल डक्टर बन्ने,इन्जिनियर बन्ने,पाइलट बन्ने विषय छनौट गरेका बिध्यार्थीले 5 बर्षे कोर्स पुरा गर्नलागि आफुलाई समर्पित गरेका हुन्छन्। तर पास हुन्छन या हुंदैनन यस कुरामा कुनै ज्ञारेन्टी हुँदैन। स्वयं आफैंले रोजेको क्षेत्रमा उनीहरु कत्तिको आस्था र विश्वास गर्छन ? भन्ने कुरामा भर पर्छ। एवमरीतले अन्य कुनै बिधामा पीएचडी डक्टरेड गर्नेहरुले पनि 5 बर्षका लागि आफना पुरै जिन्दगी समर्पित गरेर सफलता हासिल गरेका हुन्छन्। तब मात्र अनुभवी, बिज्ञ र विशेषज्ञ बनेर देश र समाजमा स्थापित हुन्छन्। एवमरीतले सबै राजनीतिक दल र नेताहरुलाई हेरिसकेपछि, सबै कुरा देखेर चाखी सकेपछि अब एमएनओ मात्र यहाँका 80% अहिन्दु मुलवासी मंगोलहरुको हित र सुरक्षा गर्ने अन्तिम विकल्प हो भन्ने निर्माणयमा पुग्नुलाई बिलम्व गर्नु हुँदैन्। 5 बर्ष एमएनओको नाममा तन-मन-धन लगाएर अटुट आस्था र विश्वास राखी समर्पित भएर हिड्नेहरु नै वास्तवमा एमएनओ र मंगोल राष्ट्रवादको दर्शन बुझ्न सक्ने विज्ञ,अनुभवी र विशेषज्ञ हुन्छन्। यसमा एमएनओ प्रतिको आस्था र विश्वासमा कुनै प्रकारको कमी हुन नदिने नेता तथा कार्यकर्ताहरु आउने दिनहरुमा राष्ट्र तथा अन्तर्राष्ट्रिय जगतमा समेत ख्याति प्राप्त नेता बन्नेछन्। तर जो नेता तथा कार्यकर्ताहरुमा एमएनओ प्रति आस्था र विश्वासको कमी हुन्छ भने उनीहरुले सफलता पाउन गार्हो पर्छ। सफलता पाइहाले भने पनि अडिदैंन। बडो मुस्किलले गाउँ, जिल्ला तिर मात्र परिचित भएर रहन सक्छन्। किन भने चुहिने ट्यांकीमा माथीबाट जतिसुकै पानी हाले पनि अन्त्यमा ट्यांकी रितै हुन्छ। आस्था र विश्वासले नै संसार अडिएको छ, आस्था र विश्वास महान शक्तिशाली छ। यस बारेमा कुनै कमी हुनु दिनु हुँदैन भन्ने कुरा हामीले बुझ्नु जरुरी छ। जै मंगोल।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्