बिहिबार 2 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

रचना

बजेन्द्र अम्बुले | 25 जनवरी 2019

रचना

   चारतिर मंगोल डुल्दैछ  

आकाशैमा उडि जाने भन्नू ए चरी ।

सुनी देऊ,बुझि देऊ ईतिहास कयै परी ।

चारैतिर मंगोल डुल्दैछ ।

ईतिहासको पाना पाना खुल्दैछ ।

ईतिहास लाई हेर्दा खेरि आँसु झर्छ बरबरी ।

पुर्खालाई सम्झी ल्याउदा मन बुझाऊ के गरि ।

चारैतिर मुलबासी डुल्दैछ ।

ईतिहासको पाना पाना खुल्दैछ ।

नदी नालामा हेर्नू माया हिमालको छाया ।

जे गरेनि लाग्छ मलाई मंगोलको माया ।

चारैतिर मंगोल डुल्दैछ ।

ईतिहासको पाना पाना खुल्दैछ ।

माछापुच्छ्रे देखिन्छ पोखरा फेवा तालमा ।

फसाउला सबैलाई मंगोलको माया जालमा ।

चारैतिर मुलबासी डुल्दैछ ।

इतिहासको पाना पाना खुल्दैछ ।

सप्तकोसीमा छाया चोमोलुङमा अनि कन्चनङगाको ।

मंगोल माया दिउला मेरो प्यारो ओखलढुंगाको ।

चारैतिर मंगोल डुल्दैछ ।

इतिहासको पाना पाना खुल्दैछ ।

शिशिर पछि पलाउछ मुना बशन्त ऋतुको ।

पर्दैन ढुंग माया चाहिन्छ मंगोल मुटुको ।

चारैतिर मुलबासी डुल्दैछ ।

इतिहासको पाना पाना खुल्दैछ।।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्