बिहिबार 25 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

छैटौं ज्ञानेन्द्रीय व्यवहारिक

Buddha Lal Meche (President-MNO) | 14 फेब्रुअरी 2019

छैटौं ज्ञानेन्द्रीय व्यवहारिक

मंगोल राष्ट्रवादको दर्शन सम्बन्धी शिक्षा यहाँका 80% अहिन्दू मूलवासी मंगोलहरुले न्यूनतम मात्रामा भएपनि शिक्षा ग्रहण गर्नै पर्ने हुन्छ। यो दु:ख लाग्दो कुरा होकी मंगोल राष्ट्रवादको दर्शन विल्कुलै नयाँ र नौलो भएको हुनाले जो कोहीलाई झट्ट पचाउन र ग्रहण गर्न गाह्रो पर्छ। साधारणतय: हामीले शिक्षा पढेर,लेखेर र घोकेर बिभिन्न माध्यमबाट मानवीय इज्जत र करुणा बिनाको दिमागी शिक्षा लिइरहेका छौं। फलस्वरुप आज सम्म हामीलाई सित्तैमा दिएको र हामीले पाएको अव्यवहारिक ज्ञान र शिक्षाले गर्दा हाम्रो उन्नति हुनुको सट्टा हामी डरछेरुवा, पानीमरुवा, घमण्डी, अबुझ, अदुरदर्शी बन्न पुग्यौं र हाम्रो अवनति हुनु पुग्यो। अत एवम हामीले पहिलो झमटमा मंगोल राष्ट्रवादको ब्यवहारिक ज्ञान र शिक्षा ग्रहण गर्नु अत्यावश्यक छ । तब मात्र हामी मूलवासी मंगोलहरु राजनैतिक रुपले चेतनशील भई मान्छेको रुपमा मान्छे भएर एक सच्चा इमान्दारी, दृढता, उत्तरदायित्व, आँटी, खाँटी र अनुशासित मान्छे बन्न सक्छौं । किन्तु परिवर्तनलाई चाहेर होस् या नचाहेर पनि बाध्यता वश आत्मसाथ गर्नै पर्ने हुन्छ ।

समय परिवर्तनशि ल छ। पुराना बिचार त्यागेर नयाँ बिचार अंगाल्नलाई विभिन्न चुनौती, कठिनाई र समस्याको सामना गर्नुपर्ने हुन्छ नै । यसको निमित्त केही हदसम्म क्रान्तिकारी हुनै पर्छ । शुरुमा चुनौती, कठिनाई र समस्याहरु झेल्नु परे पनि भबिष्यमा यसको फल मिठो हुन्छ । यदि समयलाई चिन्न सकेनौं अर्थात् परिवर्तनलाई आत्मासाथ गर्न सक्दैनौं भने कालान्तरमा मरेतुल्य बिवस जिन्दगी बाँच्नु पर्ने हुन्छ । मंगोल राष्ट्रवाद समयको माग र गति हुन् । ढिलो होस् या चाँडो अब जो कोहीले पनि मंगोल राष्ट्रवादको दर्शनलाई चाख्नै पर्ने र स्वीकार नै पर्ने हुन्छ ।

संसार भर प्राय: जसो सबै मानिसमा स्पर्श गर्ने छाला, स्वाद लिने जिब्रो, गन्ध थाहा पाउने नाक, सुन्ने कान र हेर्ने आँखा हुन्छन । जसलाई पाँच ज्ञानेन्द्रीय भनेर भनिन्छ । जो मान्छे भविष्यमा घटने घटना सम्बन्धी जान्ने, बुझ्ने दुरदर्शी हुन्छन । जो मान्छे धेरै टाँढाका कुरा देख्न सक्ने दूरदृष्टि हुन्छन । कालोलाई कालो भन्छ, सेतोलाई सेतो भन्छ र जुन वस्तुलाई जस्तो देख्यो त्यस्तै भन्छ र ब्यवहारमा पनि तेही जस्ताको तस्तै उतार्न सक्ने क्षमता भएको युग पुरुष संग भने थप छैंटौ ज्ञानेन्द्रीय पनि हुन्छ । जुन छैटौं ज्ञानेन्द्रीयलाई व्यवहारिक ज्ञानेन्द्रीय भनिन्छ । व्यवहारिक बिनाको राजनीति, व्यवहारिक बिनाको ज्ञान, व्यवहारिक बिनाको शिक्षा, व्यवहारिक बिनाको बुद्धि महत्वहीन हुन्छ । यसकारण एमएनओ अर्थात् मंगोल राष्ट्रवादको जन्मदाता छैटौं व्यवहारिक ज्ञानेन्द्रीय भएका दुरदर्शी तथा दूरदृष्टि नेता युग पुरुष अमर डा.गोपाल गुरुङ ज्युले जन्माउनु भएको मंगोल राष्ट्रवाद व्यवहारिक बुद्धि, व्यवहारिक शिक्षा र व्यवसायिक ज्ञानले युक्त छ ।                                                                                    जै मंगोल

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्