mongolvision | 26 डिसेम्बर 2021
ए.आर.बि. मगर (मंगोल)
हाल-: कुबेत (मंगाब)
म सुति रहेको मान्छे!!
म उठे !
उठे निधमा पनि उठ्ने गरि
मलाई सुम्सुउमौदै सुताउने दुस्साहस कदापि नगर !!
म उठे जुरुक्क ननिदाउने गरी
सखेरै भालेको कुकुरी काँ डाको संगै
मंगोलको धुन संगै
मेरा पधेरी र मझेरी संगै मीत लगाउदै
देशको मायाँ मुटुमा सजाउदै
उठेका मान्छे संगै निदाउने लाई उठाउदै
घर गाउँ टोल अनि बस्ती-बस्ती हरुमा
चेतनाको बिगुल फुक्दै
खुकुरी तारा अंकित झान्डा फर्फराउदै
उठे म उठे न निदाउने गरी..!!
अल्मलियका अल्झियका मेरा समुदायलाई झक्झकाउदै
जातीय बिभिद भत्काउदै
बाउन बादको पर्दा च्यातेर
आफ्नो पहिचान देखाउन
सुन्दर संसार बनाउन आफ्नै सभ्यता
चिनाउन आफ्नै पहिचान सजाउन
उठेको हु म एउटा मंगोल यात्री
तय गरेको छु..!!
हजार माइलको लामो बाटो
एक पाइला बाट सुरु गर्न
उठेको हु म अध्यारो लाई चिर्न
सुन्दर बिहानी लिउन...!!
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology