मङ्गलबार 19 मार्च 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

एम.एन.ओ. लाई अगाडि बढाउने कुटनैतिक हतियार नै मंगाेल भिजन पत्रिका हाे यो एम.एन.ओ. को धुकधुकी हो ।

Sirjana Mongol | 1 जून 2020

एम.एन.ओ. लाई अगाडि बढाउने कुटनैतिक हतियार नै मंगाेल भिजन पत्रिका हाे यो एम.एन.ओ. को धुकधुकी हो ।

मंगाेल नेशनल अर्गनाइजेशनकाे फाउन्डर प्रेसिडेन्ट युग पुरुष अमर ड. गाेपाल गुरुङ ज्यूले चिन्ता व्यक्त गरिरहनुहुने तीन महत्त्वपूर्ण कुराहरु १. मंगाेल नेशनल अर्गनाइजेशन, २.मंगाेल भिजन पत्रिका र ३. मंगाेल रिसर्च सेन्टर यी तीन वटा कुराहरूलाई उहाँले मेरो मृत्यु पछि पनि युगौ-युग सम्म बचाइ राख्नुपर्छ भनेर संगठनका इमान्दार कार्यकर्ताहरुलाइ दुरर्दर्शी सल्लाह दिनुभएको थियो । अहिले मुलुकमा लोकतन्त्र नचाहाने पुन हिन्दुवादी सत्ता र शक्ति टिकाउन खोज्ने एम.एन.ओ को शत्रुहरू उहाँले दिनुभएको सल्लाहले मुलुकमा हिन्दु आर्यहरुको जग मा धक्का पुग्ने बलियो आधारहरु नै समाप्त पार्न अदेखा रुपमा उहाँले व्यक्त गर्नु भएको चिन्ता बमोजिमकाे एम.एन. अाे. लाई अनावश्यक लान्छना लगाउने नेपालमा उदारवाद लोकतन्त्रको आवाज उठाउने संगठनलाइ गायत्री मन्त्रको आडमा पश्चिमाको उपमा दिने, मंगाेल भिजन पत्रिकाले किन नेपालको विभिन्न घटना परिघटनाको बिषयमा लेखेन बोलेन भनेर अनावश्यक प्रश्न तेर्स्याउन लगाउने र रिसर्च सेन्टर अहिले निर्माण गर्ने होइन मंगोल सत्ता आइसके पछि गर्ने भन्ने किसिमको बिभिन्न प्रहार भइरहेका छन् । मंगाेल नेशनल अर्गनाइजेशन हामी यस देशको समस्त 80 % अहिन्दु मुलवासी मंगाेलहरूकाे मुक्तिकाे एकमात्र साझा संगठन हाे, मुलुकमा लोकतन्त्र, धर्मनिरपेक्क्ष र प्रान्तियता घोषणा हुनु पर्ने राजतन्त्रको बिधिवत अन्त्य भएर जनताको छोराछोरी राष्ट्रपति हुन पाउने व्यबस्था लागु हुनु पर्ने हिन्दुवादको पुर्ण अन्त्य हुनुपर्ने क्रान्तिकारी आवाज सहितको पुस्तक नेपाली राजनीतिमा अदेखा सच्चाइ लेखे र प्रकाशित गरे बापत 2 वटा राजद्रोही मुद्दा राजगद्दी ताक्यो र साम्प्रदायिक फैलायो भन्ने आरोपमा 3 बर्षको निम्ति जेल हालिएको नेपालको प्रथम लोकतन्त्रवादी नेता युग पुरुष अमर ड. गाेपाल गुरुङ ज्यूले 01 जनवरी 1989 मा भद्रगोल जेलबाट स्थापना गर्नु भएको संगठन हो । जेलको पीडा र ब्यथाहरुले भरिएको कारुणिक वेदना सँगै जेलबाट निस्किनु हुदा उहाँले संगठनको झण्डा, घोषणा पत्रहरु सहित नेपालका समस्त अहिन्दु मुलबासी मंगोलहरुले मुलुक भित्र आफ्नो अपनत्वको अनुभुती पाउन जिउदो मान्छे भएर बाच्न र मर्न सक्ने बन्नको निम्ति साथमा पाँच वटा क्रान्तिहरू १.राजनीतिक क्रान्ति, २.अार्थिक क्रान्ति, ३.शैक्षिक क्रान्ति, ४. धार्मिक क्रान्ति र ५. सामाजिक तथा सांस्कृतिक क्रान्ति लाई पनि अात्मसाथ गर्दै परिवर्तनको लागि अगाडि बढाउनु भएको थियो । यी क्रान्तिहरू मध्ये प्रमुख क्रान्ति भनेको राजनीतिक क्रान्ति हाे । ड. गाेपाल गुरुङ ज्यूले नेपालको समग्र बेतिथि लाई गोलचक्कर लगाएर मुलुकको भ्रमण सकेर राजनैतिक, सामाजिक बिषयहरुलाइ गहिरो अध्ययन गरिसके पछि पत्ता लागाएर हामिलाइ सुझाउनु भएको तथ्य " Political power is the master key of all locks " अर्थात राजनैतिक शक्ति भनेको सबै बन्द ढोकाको ताला खोल्ने मुल चाबी हो, जबसम्म हामी राजनीतिक परिवर्तनको निम्ति सैद्धान्तिक र वैचारिक रुपमा एकबद्ध भएर अगाडि बढ्दैनाैँ तबसम्म कुनै पनि क्रान्ति सफल हुन सक्दैन भन्ने तथ्यलाइ छर्लङ्ग पारिदिनु भएको छ । यही सन्दर्भलाई जाेड्दै अहिले पश्चिम रुकुममा घटेका घटनालाई नियाल्दा याे एउटा ब्राह्मणवादी नीति र हिन्दु वर्णाश्रमी व्यवस्थाकाे उपज हाे त्यसैले यी यस्ता घटना र परिघटनालाई दीर्घकालीन अन्त्य गर्नकाे निम्ति आक्रोशमा बिद्रोही बनेर अल्पकालिन उपलब्धिमा मालिकले दिएको दयालाइ सिरोपर गर्दै बिजय मानाउन होइन क्रान्तिकारी बनेर यस्तो घटना इतिहासको पानामा थियो भन्ने बनाउनु पर्छ, हामी एम.एन.ओ का कार्यकर्ताहरुको अबको कर्तव्य अबोध जनतालाइ राजनीतिक चेतनाको दियो बालेर अन्धकारमय समाजलाइ परिवर्तनशील युग सापेक्ष समाज निर्माण गर्न अग्रसर हुन जरुरी छ, न कि कसैको बहकाउमा बहकिएर सामाजिक सन्जाल रङ्गाउदै हाम्रो दर्शन, नीति, निर्देशन बिपरित आफ्नै घर तर्फ औला उठाउनु इमान्दार कार्यकर्ताको नैतिकतामा पर्दैन। संगठनको नैतिक धरातलमा रहेर गरिने यिनै क्रान्तिकारी कदम कर्तव्यनिष्ठ भएर अघि बढ्न सक्यौ भने मात्र समाजमा भएको विकृति र विसंगतिलाई परिवर्तन गर्न सकिन्छ । मंगाेल नेशनल अर्गनाइजेशनले हामी 80% अहिन्दु मुलवासी मंगाेलहरू अर्थात नेपालका अल्पसंख्यक 20% शरणार्थी हिन्दु आर्यन बाहुनछेत्री द्वारा पोषित ब्राह्मणवादी नीति बाट अन्याय र थिचोमिचोमा परेका सम्पूर्ण मंगाेल समुदायलाई अाफ्नाे अस्तित्व र हक अधिकारलाई सुनिश्चित गर्नकाे निम्ति मार्गनिर्देशन गर्ने काम गर्छ। ड. गाेपाल गुरुङ ज्यूले 026/027 देखि नै न्यू लाइट र थण्डर बोल्ट अंग्रेज़ी साप्ताहिक पत्रिका लाई कुटनैतिक साधनको रुपमा संचालन गर्दै अाउनु भएको थियाे त्यही पत्रीकाको धारावाहिक रुपमा प्रकाशित सम्पादकीयको संकलित रुप नेपाली राजनीतिमा अदेखा सच्चाइको जन्म हुन पुग्यो र नेपाली राजनीतिमा भुइचालो गएको थियो । अहिले मंगाेल नेशनल अर्गनाइजेशनकाे मुख पत्रकाे रुपमा रहने गरि मंगाेल भिजन राष्ट्रिय साप्ताहिक पत्रिका संचालनमा ल्याइदिनु भएको छ। त्यसैले, हाम्रो संगठनलाई अगाडि बढाउने कुटनैतिक हतियार नै मंगाेल भिजन पत्रिका हाे यो एम.एन.ओ. को धुकधुकी हो । यसलाइ निमोठ्न अनेकन षड्यन्त्र भइरहेको छ, भने डा. गाेपाल गुरुङ ज्यूकाे जीवनभरको त्यागले हाँसिल गर्नु भएको उपलब्धिहरू भावी पुस्ताका मंगोल युवायुवती र अन्तराष्ट्र जगत बाट ड. गोपाल गुरुङ र एम.एन.ओ को बिषयमा अझ नजिक बाट सूक्ष्म अध्ययन गर्नकाे निम्ति हाशिल भएका उपलब्धिहरू हिफाजत सहित बचाएर राख्ने थलाे नै मंगाेल रिसर्च सेन्टर हाे । यसकारण याे हाम्रो जग र बलियो अधारहरूलाई बचाउन हामी संगठनका इमानदार कार्यकर्ताहरूको मुल कर्तव्य हाे। जै मंगाेल

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्