शुक्रबार 19 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

फूललाई सन्देश !!

Sanjuhang Mongol | 4 मे 2019

फूललाई सन्देश !!

इतिहास रच्ने पथमा छौं, विचार गर है

आफ्नो ईमान बिगार्नेले, अरुकोनी बिग्रोस भन्छन्

इतिहास रच्ने पथमा छौं, विचार गर है !!

 

बिग्रीनेहरु बिगार्नलाई तत्पर छन् आफू सरह बनाउनलाई

युगपुरुष अमर डा. गोपाल गुरुङ को त्यो त्याग

अनि मंगोल सिद्धान्तको, त्यो सुनौलो दर्शन

भुल्दै पो छौ कि, विचार गर है

कर्तव्य सबको आ-आफ्नो छ, अनि लक्ष्य पनि

कतै कर्तव्य भुलेर, लक्ष्यविहिन बन्दैछौकी

इतिहास रच्ने पथमा छौं, विचार गर है !!

 

फूलसरिको मुस्कान बोक्थ्यौ, अनि नम्र स्वभावको आभास

कतै सब मेटाउदैपो छौं कि, विचार गर है

हाम्रो पनि त त्याग र लगन, सदैव हुनुपर्यो

नत्र त युवावस्थाको सामर्थ्य अनि बुझेको के काम लाग्यो र ?

फेरि नाम सुनि, भावी पिडिले थुक्ला !

इतिहास रच्ने पथमा छौं, विचार गर है !!

 

जै मंगोल !!

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्