शुक्रबार 29 मार्च 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

फूललाई सन्देश - २ !!

Sanjuhang Mongol | 17 मे 2019

फूललाई सन्देश - २ !!

सुनौलो बिहानिको किरण

कतै तुसारोले ढाकिदेला

शिशिरलाई बसन्तले उछिनेसरी

झुटले जालमा पारिदेला

फेरि त्यो उत्कृष्ट ठहरिएको मगजमा

कतै संगिले गोबर फालिदेला

होस गर्नु है

छल कपटले भुमरिमा पारिदेला

सुनौलो बिहानिको किरण

कतै तुसारोले ढाकिदेला

 

मौसम त परिवर्तन हुन सुहाउँछ

तर मानिसलाई त गाह्रै पर्ला

मूलबासी मंगोलको अस्तित्व

कायम गर्नु छ

होस गर्नु है

छल कपटले भुमरिमा पारिदेला

सुनौलो बिहानिको किरण

कतै तुसारोले ढाकिदेला

 

भावनामा नबहकी

लक्ष्य हासिल गर्नु छ

भावी मूलबासी मंगोल पुस्ताको

भविष्य सुनिश्चित गर्नु छ

त्यसैले पाइला डगमगाउला

होस गर्नु है

छल कपटले भुमरिमा पारिदेला

सुनौलो बिहानिको किरण

कतै तुसारोले ढाकिदेला

 

जै मंगोल !!

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्