शनिबार 27 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

फलामको परिधिमा छोपिएको बहुमुल्य बुद्दको दर्शन

Renchen dorje tamang | 18 मे 2019

फलामको परिधिमा छोपिएको बहुमुल्य बुद्दको दर्शन

बर्तमान नेपालको लुम्बिनी मा जन्मिएका सिदाहा थारु उचनिच ब्यबहारको बिरोधमा उत्रिदा देश निकाला भए पश्चात् भेदभाव प्रतिको विरोध, मानवता प्रतिको दृढता र दानवता प्रतिको संघर्ष सहि हो वा होइन यसैमा ध्यान मग्न भए तथ्य पत्ता लगाउन तल्लिन भए । फलस्वरूप संसारमा समानता, स्वतन्त्रता र भातृत्वको अभ्यास गराउनु पर्ने निचोड सहित तथ्य पत्ता लगाए जसको कारण आज संसार ले भगवान बुद्दको नामले श्रद्धा ब्यक्त गर्दछ । दार्शनिक हरुको एतिहासिक लाइनमा सुकरात, अरस्तु र पेल्टो हरु भन्दा 4 सय बर्ष पहिले नै बुद्दम शरणम गच्छामी , धम्मम शरणम गच्छामी, संघम शरणम गच्छामी अर्थात ज्ञानको शरणमा जानु, शिक्षा को शरणमा जानू र संघ हरुमा ऐकेबद्दता रहनु भनेर शिक्षा, राजनीति र धर्म प्रती को आस्था हरु बढाउने अलिखित योगदान रहेको कुरा अनुभूति गर्न सक्छौ । बुद्दको दर्शन भित्रको Buddhism is only natural law अर्थात बुद्दिजम भनेको प्राकृतिको एउटा नियम हो भन्ने युक्ती र बुद्दिजम भित्र को ब्यबहारिक ज्ञानहरुको कारण संसार सामु आज बुद्धको बिषय मा बहस सुरु भएको छ । बिज्ञानका पिता मानिने अल्बर्ट आइस्टाइन देखि बाराक ओबामा सम्म, हलिउडका चर्चित कलाकार सम्म बुद्द दर्शनको अनुशरण गरिरहेका छन । तर नेपाल जुन मुलुकमा दार्शनिक सिदाहा बुद्द को जन्म भयो । र भारत जहाँ सिदाहा थारुले ज्ञान प्राप्त गरेर बुद्ध भए यी मुलुक हरु हिन्दु आर्य साम्राज्यबादी हरुको मुठ्ठी मा जकडिनु परेको बिवशताको कारण हामिले आज सम्म पनि बुद्द को बिषयमा सहि ईतिहास न देख्न पायौ न सुन्न पायौ न त अनुभूति नै गर्न पायौ । नेपाल र भारत मा बुद्ध दर्शन र सस्कृती लाई निश्चित दायरा देखि बाहिर नजाओस भन्ने हेतुले अपनाइएको विभिन्न हत्कण्डाको बाबजुत पनि आज संसार मा बुद्द दर्शन प्रकाशपुन्ज जसरी फैलिदै दिर्घजिवी भइरहेको छ । light of asia भनेर चिनेने बुद्ध अन्तरास्ट्रिय जगत मा light of world को लागी बहस सुरु भइसकेको बर्तमान अवस्थामा उसकै जन्म र ज्ञान प्राप्त गरेको भुमिमा बत्ती मुनिको अँध्यारो मा राखिएको छ ।

फलामको परिधिमा छोपिएको बहुमुल्य बुद्दको दर्शन

यहि ब्यबहारिक र व्यावसायिक दर्शन लाई आत्मसात गरेर दोस्रो विश्व युद्दले ध्वस्त भएको जापान जहाँ सयौ बर्ष सम्म रुख उमृदैन भनेको मुलुक हरुमा आज हरियाली छाइसकेको छ । चीन, जापान, होङकोङ, सिङ्गापुर, कोरिया हरु संसार मा पहिलो हरफमा गनिने देशको रुपमा उदाइसकेको छ भने इण्डोनेशिया, मलेसिया, श्रीलंका, बङ्गलादेश, भियतनाम, कम्बोडिया अफ्रिकाको धेरै मुलुकहरु समेत संसार मा अब्बल मुलुकको रुपमा उदाउने तरखरमा आइपुगिसकेको छ । तर नेपाल र भारत भुमि जहाँ सिदाहा थारुको जन्म र ज्ञान प्राप्त गरिसके पछि बुद्ध भएको मुलुक मा बुद्धको नाम र तस्बिर लाई श्रद्दा गर्नु त टाढाको कुरा देख्न नचाहाने परिवेश को निर्माण गरिदिएका छन । यस कारण संसारले चिनेर बुझेर अनुशरण गरिसकेको यो बहुमुल्य ब्यबहारिक दर्शन लाई नेपाल र भारतिय समाजमा ब्यबहारिक जिवनमा उतार्न नसक्दा सम्म यो भन्दा अझ दयनीय अवस्था हरु कायम नै रहनेछ । अन्यथा हरेक बर्ष क्यालेण्डर ले 365 दिनलाइ गोलचक्कर लगाएर घुमेपछी बुद्ध को जन्म जयन्ती को बर्ष हरु बढाउने उपलब्धि बाहेक आधुनिक प्रगति केवल शून्य रहने देखिन्छ तसर्थ संसारमै बहसमा आइसकेको र अध्यारोको पर्दाले ढाकिएको वल्र्ड मा लाइट भएर उज्यालो छाइदिने दर्शन सिद्धान्त लाई आत्मसात गर्दै हिन्दु आर्यहरुको दमनले अन्याय को कस्टडी मा पिल्सनु बाध्य भएको बुद्द दर्शन माथि बुद्द प्रतिको न्याय र मुलुकको दीर्घकालीन सभ्य समाज निर्माण को लागि पनि फलामको परिधिमा खुम्च्याउनु खोजिएको डाइमण्डलाइ चम्काउनको लागि हाम्रो पहल नै एउटा सर्बशक्तिमान बैचारिक युद्ध हुनेछ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्