शनिबार 20 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

Fear of loss of love

Mongol Vision News | 23 फेब्रुअरी 2019

Fear of loss of love

Fear of loss of love मानिसको सबै भन्दा ठूलो शत्रु डर हो । मानिस भित्र डर घुसेपछि अनिर्णय नामको शत्रु जन्मिन्छ । त्यसपछि मात्र शंका नामको शत्रुले जन्म लिन्छ । एवमरीतले डरबाट -अनिर्णय, अनिर्णयबाट-शंका र शंकाबाट डर हुँदै 90 डिग्रीको सेरो-फेरोमा मानिसको जीवन चक्र घुमिरहन्छ । यो जीवन चक्रमा फसिसकेको मानिस बाहिर दुनियाँमा आउनलाई फलामको चिउरा चपाउन सक्ने हुनु पर्छ तब मात्र बाहिर आउन सक्छ नत्र त्यहीँ रिङ्गटा लागेर मर्छ । तीन शत्रुहरु डर-अनिर्णय-शंकालाई एकट्ठा गरेर हेर्दा संसारमा छ प्रकारको मुख्य डरहरु पाइएको छ।

(1) गरिबीको डर

(2) अपमानको डर

(3) बिरामीको डर

(4) प्रेम घायलको डर

(5) बृद्ध हुने डर

(6) मृत्यको डर।

              यी ६ प्रकारका डरहरु मध्ये Fear of loss of love को बारेमा पाठक बृन्दलाई जानकारी दिन गइरहेका छौं । प्रसंगवश प्रेम गर्नेहरुलाई उमेरले छेक्दैन । 35 बर्ष मुनिकाहरुले गर्ने प्रेम अलग र 35 बर्ष माथिकाहरुले गर्ने प्रेम यो दुनियाँमा अलग स्टाइलले जाँदैछ । Love is not hard of live, It's only part of live हो भन्ने बुझेर गर्नेहरुका लागि भने सबै कुरा जायज हुन्छ । तर प्रेममा घाइते हुनेहरु 35 बर्षसम्म घाइते नै भएर बस्छन् बेहोसीमा बाँची रहेका हुन्छन । जीवन बर्बाद भएर पतन हुँदै गएको केही अत्तोपत्तो थाहा हुँदैन । प्रेममा अथाहा इनर्जी खपत हुन्छ । यतिको इनर्जी अरु सही ठाउँमा लगाउनु हो भने मानिस महापुरुष, भगवान, कुबेर तथा विश्व विजेता बन्न सक्छन । वास्तवमा जबरजस्ती पो गर्नु हुँदैन त दुवै तर्फको राजीखुसीमा त चलिहाल्छ नी भन्ने गलत सोचाइले मानिसलाई नर्कमा पुर्याउने काम गर्छ । आफनो खुशीलाई अरुको चितामा सेक्नाले आफनै जीवन बर्बाद हुन्छ भन्ने कुरा जान्नु आवश्यक छ । उमेरको हिसाबले कहिले काहीँ जीवनमा गल्ति हुन पुगेको भएपनि सुध्रिएर सही बाटोमा आफुलाई डोर्याउन सक्नुनै असल लिडरसीप हो, सही निर्णय होव। चिया पिउँछु भनेर गए पछि बिना चिया रङको चिया दिनोस भन्दा हुने कुरा होइन । यसकारण आफना नौ वटा शील र सुरक्षा कवज बलियो राख्नु सक्नु पर्छ । दुनियाँमा कसैको केही तागत चल्दैन । प्रेममा घायल हुनेहरुको लक्षण : लोग्नेले स्वास्नीलाई, स्वास्नीले लोग्नेलाई, जो जस्लाइ देखे जति सबैलाई शंका गर्छ । उसले तेसलाई छोड्यो, तेसलाई उसले छाडयो भन्ने शंका मात्र गर्छ । सबैलाई सन्देहको नजरले मात्र हेर्छ । सबैलाई एउटै देख्छ । ज्यादा खर्चालु हुन्छ । देखाउनका लागि मात्र भएपनि चाहिने भन्दा बढि खर्च गर्ने गर्दछ । कसैलाई विश्वास गर्दैन । सबैजना प्रति बिश्वास टुटिसकेको हुन्छ । इमोसनल कन्ट्रोल गर्न सक्दैन । जसको कारणले बलात्कार जस्ता जघन्य अपराध र घटना घट्ने गर्दछ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्