मङ्गलबार 23 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

गजल

Prdikshya Wiba | 17 डिसेम्बर 2018

गजल

मरेर भुत भैसकेको राजाले टाउको उठाउन खोज्दै छ चिहानबाट
दिन दिनै बलात्कारको खबर सुन्नुपर्छ आजकल यो कानबाट

यी बलात्कारी र भष्ट्रचारी दरबारबाटै संचलित हुनुपर्छ
राजा आउ देश बचाउ हल्ला सुन्दैछु बलात्कारीहरुको बथानबाट

लोकतन्त्र, धर्मनिरपेक्ष, प्रान्तीयता जिउदै मार्ने चेष्टा हुदैछ
ती संहारकारी अमानवीय हिन्दुवादी आर्यहरुको विधानबाट

स्वतन्त्र ,समानता र भातृत्व हुनुपर्छ सबैको हित हुनलाई
अस्तित्व बिहिन छ भने याद राख चिनिन्दैन पहिचानबाट

नेपालमा खोक्रो राष्ट्रवादको नारा दिने विदेशी हिन्दू आर्यहरू
कस्तो छ स्पष्ट हुन्छ राष्ट्रपतिको सौखिनताको अडानबाट
 

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्