मङ्गलबार 21 अप्रिल 2026

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

गजल

Sandeep Sinjali | 5 जनवरी 2019

गजल

.......(म मुलवासी मंगाेल हुँ).......
सुरुभयाे मुलवासी मंगाेल यात्रा मेरा, हेर लाग्दैछु जिउ जानले,
तिम्रो धम्कीले डराउदिन म, भन्छु मुलबासी मंगाेल हुँ शानले।

१४९५मा मुगल राजाले लखेट्दा, हतासिएकाे तिम्राे पुर्खाले,
पाई शरण गाँस बास र कपास, बाच्याै हाम्रै पुर्खाकाे दानले।
तिम्रो धम्कीले डराउदिन म, भन्छु मुलबासी मंगाेल हुँ शानले।

साम नाम दण्ड र भेदकाे छल चक्रले मुर्छा बनाकाे हामीलाई,
ब्युतायाे निन्द्राबाट युग षरुष, डा.गाेपाल गुरुङकाे ज्ञानले।
तिम्रो धम्कीले डराउदिन म, भन्छु मुलबासी मंगाेल हुँ शानले।

तेरा ती कपटपूर्ण गिद्दे नजर नलगा मेराे मातृभुमीमा अब,
सिकारमा निस्केकाे सिंह झै, गर्जदैछु मंगाेल स्वाभिमानले।
तिम्रो धम्कीले डराउदिन म, भन्छु मुलबासी मंगाेल हुँ शानले।
सुरुभयाे मुलवासी मंगाेल यात्रा मेरा, हेर लाग्दैछु जिउ जानले।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्