बुधबार 24 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

गजल

Prdikshya Wiba | 10 जनवरी 2019

गजल

सियो नपत्याउने ती विभेदकारीहरुलाइ फालो उपहार भएको छ
राजावादीहरुलाइ लोकतान्त्रिक सत्तामा रोजगार भएको छ


मुलबासी मंगोलहरुको रगत पसिनाले सिचाइ गरेको भुमी
हिन्दुवादी तागाधारीहरु रम्दै हाँस्ने खेल्ने संसार भएको छ


धेरै सह्यो अब त अति भयो,जागौ,उठौ, मुलबासी मंगोल हो
हाम्रो भुमी र अस्तित्व माथि षड्यन्त्र बारम्बार भएको छ


राणा शाहवंश पन्चायत बहुदल हिन्दुराज्य भुमिसुधार जनयुद्ध
अनेकौ के के नाम गरेर एकापसमा मंगोलहरु मारामार भएको छ

साम दाम दण्ड भेद चणाक्य मनुस्मृती केही बाकी राखेन
फुटाउ अनि राज गर निति मंगोल मस्ने मुख्य आधार भएको छ

लोकतन्त्रको परिकल्पनै गर्न नसक्ने ती नाथे हनुमाने र टुप्पीहरु
आज लोकतन्त्रलाइ दुधालु गाई बनाएर सरकार भएको छ 

-- प्रदिक्षा मंगोल

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्