मङ्गलबार 19 मार्च 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

गजल

Pradiksha Tamang | 14 अगस्ट 2019

गजल

युग सुहाउँदो लडाइँमा सरिक हुन्छौ हामी 
आफ्नै भावी सन्ततिको आवाज सुन्छौ हामी

ज्यानको आहुती दिउला बरु स्विकार्दैनौ दासत्व
विभेदलाइ हटाएर समानतालाइ चुन्छौ हामी

बुद्धको सन्तान हामी जान्दैनौ त्यो छलकपट 
आफ्नै कला,महानताले चोमोलोङ्मो छुन्छौ हामी

अन्याय र आत्यचारको प्रतिकार गर्नैपर्छ अब
चारैतिर सधै ज्ञानसिपको चकटी बुन्छौ हामी

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्