बिहिबार 25 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

गजल

Pradiksha Tamang | 21 जनवरी 2020

गजल

आकाशमा कावा खादै जहाज उडाउन सक्छे नारी

आफ्नो कर्तव्य र जिम्मेवारी सहजै उठाउन सक्छे नारी

 

नारीको चरित्र माथी खेलवाड गर्ने दुर्गन्धित पुरुषको

बोक्रे व्यक्तित्व र पुरै जिवन ध्वस्त पार्दै उदाउन सक्छे नारी

 

चुलो चौका र घाँस दाउरामै सिमित छ नसोचे हुन्छ

अब बन्दुकलाइ सवक सिकाएर कलम चलाउन सक्छे नारी

 

कूलघरानको शोभा बढाउने सुगन्धहीन पालास होइन

शिक्षित बनी सिङ्गो राष्ट्रलाई सुवासमय बनाउन सक्छे नारी

 

हिंसालाई सहि अपराधीलाई प्रश्रय दिई रुदै बस्न जान्दैन

पीडितमा न्याय दोषी कानुनको कठघरामा उभ्याउन सक्छे नारी

 

कामुक पिपासुको प्यास मेटाउन अर्धनग्न भै अप्सरा बन्दिन

बरु स्वतन्त्र समानता र भातृत्वको गीत गाइ नचाउन सक्छे नारी

 

विकास र परिवर्तनको संवाहक युवा स्वारोजगार खोजेर

मुलुकको सबै भन्दा बलियो हतियारमा धार लगाउन सक्छे नारी

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्