बिहिबार 18 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

हामी न्यायका निमित्त लडिरहेका छाै

Dhanmaya Tamang | 3 मार्च 2021

हामी न्यायका निमित्त लडिरहेका छाै

न्यायकाे निमित्त लड्नु कसैलाई अन्यायमा पार्नु हाेईन, त्यसैगरि न्यायकाे परिभाषामा अन्तर्गत आफ्नाे अधिकार र अस्तित्व पनि पर्ने गर्दछ । मान्छे जन्मिसकेपछि उसले जन्मसिद्ध अधिकार र अस्तित्वमा बाँच्न पाउनु उसकाे नैसर्गिक हक हाे । त्यसैगरी दर्शानिक प्लेटाेका अनुसार "न्याय भनेकाे जसकाे जे चिज हाे त्याे फिर्ता दिनु, र पिडितले पनि पाएकाे अनुभूति गर्नु हाे ।" हामी पनि हाम्राे न्यायकाे निमित लडिरहेकाे छाै । हामी 80% अहिन्दु मुलबासी मंगाेलहरुकाे अस्तित्व हरण गरिएकाे छ । अधिकार विहिन बनाई पछाैटाएर अन्यायमा रहेकाे कारण याे मुलुककाे अवस्था पनि यस्ताे बनेकाे छ । जबसम्म याे मुलुकमा समस्त लाेकसमुदायकाे अधिकार र अस्तित्व सुरक्षित हुँदैन तबसम्म मुलुककाे भविष्य जहाँकाे तही भईरहनेछ । मुलुकमा यतिबेला बहुसंख्यक लाेक समुदायलाई लत्याएर राजनैतिक अधिकार, आर्थिक अधिकार, धार्मिक अधिकार, शैक्षिक अधिकार र सामाजिक तथा सास्कृतिक अधिकारबाट बञ्चित गराई अल्पसंख्यक 20% हिन्दु आर्यकाे हातमा मात्रै सबै अधिकार निहित रहेकाे कारणले हामी आज न्यायका निमित्त अधिकार र अस्तित्वको निमित्त राजनितिमा आउन बाध्य पारिएकाे छ । यसाे भन्दै गर्दा हामीले लडेकाे न्यायमा 20% आर्यहरुकाे अन्यायमा देखिएकाे छैन, अन्यायमा पार्न खाेजेकाे पनि हाेईन, किनभने हामी मानवअधिकार चाहान्छाै, समानता, स्वतन्त्रता र भातृत्व चाहान्छाै । ईतिहासमा हाम्राे पुर्खालाई षड्यन्त्रमूलक ढंगले जसरी राखिएकाे थियाे, हामीले अहिलेकाे बाहुन क्षेत्रीहरुलाई त्यही अवस्थाले राख्ने भनेकाे कदापी छैन, तर उनीहरुले पनि विगतदेखि हालसम्म समस्त मूलबासी मंगाेलहरुलाई जुन मनस्थितिले हेर्ने व्यवहार गरिरहेका छन् र अझै पुरानाे मनुवादी साेचका साथ हेरिन्छ भने केही साेच्नैपर्ने हुन्छ किनकि एकाईशाै शताब्दीको अहिन्दु मूलबासी मंगाेलहरु युग पुरुष अमर डा.गाेपाल गुरुङ ज्युकाे मंगाेल राष्ट्रवादकाे दर्शनबाट प्रशिक्षित भई सकेका छन्, कालाेलाई कालाे र सेताेलाई सेताे भन्न सक्ने भएका छन् । साथमा विज्ञान र प्रविधिकाे प्रभावकाे साथै राजनैतिक चेतनशील हुने क्रम गुणात्मक रुपले बढ्ने क्रम जारी छ । त्यसकारण हामी न्यायका निमित्त अन्तिम निर्णायक वैचारिक क्रान्तिमा हाेमिरहेका छाै । हामी कसैलाई अन्यायमा पार्दैनाै, किनभने अन्यायकाे पीडा हामीले भाेगिसकेकाे छाै । त्यसैले अन्यायमा काेही नपराेस् भन्ने चाहाना लिएर हाम्राे यात्राहरु लम्काउदै छाैँ । जै मंगाेल ।।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्