बिहिबार 2 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

हामी यहाँ दौडी रहेका छौं

Sinara Meche Mongol | 27 जनवरी 2019

हामी यहाँ दौडी रहेका छौं

" हामी यहाँ दौडी रहेका छौं "

लक्ष्य लिएर दौडीनेहरु पनि छौं।

लक्ष्य बिना दौडीनेहरु पनि छौं।

गन्तब्य पुगेर भविष्य चम्किलो देख्ने पनि छौं।

गन्तब्य बेगर अन्धकारमय यात्रा गर्ने पनि छौं।

हामी यहाँ दौडी रहेका छौं

 

--- यहाँ दौडीने धावकहरु थुप्रै-थुप्रै छौं

 

तर दौडाइमा फरक यति मात्रै देख्छौं।

कोही छाना-माना-नानाको लागि दौडिन्छौं।

कोही समानता-स्वतन्त्रताका लागि दौडिन्छौं।

 

यहाँ दौडिने धावकहरु थुप्रै -थुप्रै छौं

 

----- कोही-कोही त दौडेर भोक - प्यास मेट्नेहरु पनि छन् ।

कोही चाहीं अस्तित्व-अधिकार भन्दै दौडीनेहरु भोकै छन।

कोही भने समाजको आँखामा पट्टी बाँध्ने भन्दै दौडेका छन्।

केहीले भने समाजको आँखा खोल्छौं भन्दै दौडेका छन।

यहाँ दौडिने धावकहरु थुप्रै-थुप्रै छौं

---- मंगोल र आर्य भनेर दौडिने पनि छन।

मुलवासी-आदीवासी भन्दै दौडिनेहरु छन।

अहिन्दु र हिन्दु भनेर दौडनेहरु पनि छन।

दलित-जनजाति-कमारा भनेर दौडनेहरु छन।

 

यहाँ दौडिने धावकहरु थुप्रै -थुप्रै छौं

 

---- यहाँ किराँत भन्दै दौडिने पनि छन।

प्हेलु संघ भन्दै दौडिनेहरु पनि छन।

यहाँ सेवाङमी भन्दै दौडिनेहरु पनि छन।

मैत्री मंगलम भन्दै दौडिनेहरु पनि छन।

यहाँ दौडीने धावकहरु थुप्रै -थुप्रै छौं

---- जै मंगोल भन्दै दौडिने पनि छन।

जै नेपाल भन्दै दौडिनेहरु पनि छन ।

जै गोरखनाथ भन्दै दौडिने पनि छन ।

जै भुँडी भन्दै दौडिने हरु पनि छन ।

यहाँ दौडिने धावकहरु थुप्रै -थुप्रै छौं

 

---- यो दौडमा जसले म ठग र भ्रष्ट होइन भन्न सक्छ।

सफ्टवेयरमा हालेको परिणामले दुध र पानी छुट्याउँछ।

जसको छोराछोरीले बुवा ठग र भ्रष्ट छैनन भन्न सक्छ।

अन्तिम दौड प्रतियोगिता तिनै नैतिकवान पुरुषले जित्छ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्