मङ्गलबार 19 मार्च 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

"हिन्दुत्वकै पराकाष्ठा रुकुम घटना "

प्रदिक्षा तामाङ | 2 जून 2020

"हिन्दुत्वकै पराकाष्ठा  रुकुम घटना "

सिदाह बुद्ध (सिद्वार्थ होइन ) जो आफ्नो मुलुकमा समानता , स्वतन्त्रता र भातृत्वको निमित्त अलिशान दरबारबाट निकालियो।आफ्नो परिवार, येश, आराम, माया, मोह सबै परित्याग गरेर संसारलाइ नै एउटा मार्ग देखाउनु भयो र उहाँको मार्गलाइ अवलम्बन गरेर संसारमा धेरै मुलुकहरुले विकासमा चरम अग्रता कायम गरिसकेको छ। जुन भुमिमा बुद्धको जन्म भयो जस्ले नश्लीय समानताको लागि आफ्नो पुरै जीवन समर्पित गरेर संसारकै सबै प्राणी जगतलाइ कल्याण हुने बुद्ध दर्शन ल्याइदिनुभयो तर आफ्नै जन्मभुमिमा अझै बुद्ध दर्शनलाई मजाक बनाइरहेको छ। मागी खाने भाँडो मात्रै बनाइरहेको छ । अझै बुद्धलाई चिनेकै छैन साँचो अर्थमा बुद्धले आफ्नै देशमा न्याय पाएको छैन। अब तपाईं कल्पना गर्नुहोस् ,संसारमा कुनै प्रकारको विभेद हुनुहुदैन भनेर समानता,स्वतन्त्रता र भातृत्वको लागि जिवनभर लड्नु भएको, संसारमै भगवान र महामानवको पदवी पाउनुभएको व्यक्ति नै अझैसम्म अन्यायमा परेको यो देश नेपालमा अस्ति 2077 जेठ 10 गते शनिबार पश्चिम रुकुमको सोति गाउँमा सुनियोजित तरिकाले गरेको नवराज विश्वकर्मा, गणेश बुढा मगर,लोकेन्द्र सुनार,सन्दीप विश्वकर्मा,टीकाराम सुनार र गोविन्द शाहीको नरसंहारले के न्याय पाउँला र ? सन् 1495 ताका भारतको मुसलमान राजा अलाउदिन खिल्जीको खेदाइमा परेर नेपाल भित्रेका वर्णभेदी शरणार्थी अल्पसंख्यक 20 % हिन्दुवादी बाहुन र क्षेत्रीले भुमिमा 60 %, प्रशासनमा 98 % र आर्मीमा 95 % हालीमुहाली गरिरहेको देशमा मनुवादी कानुन अनुसार मंगोलहरु अथवा शुद्रहरु मारिनु भनेको सर्प, किरा, फटयांग्रो, भ्यागुतो मार्नु सरह हो । यो देशमा जस्तै कानुन र व्यवस्था ल्याइएता पनि यो देशको बहुसंख्यक 80 % अहिन्दु मुलबासी मंगोलहरुको साझा संगठन एम.एन.ओ ले शासन नगरे सम्म यो देशका मुलबासी मंगोलहरु माथी मनुवादी नीति नियम लादिरहन्छन । मनुवादी कानुन अनुरुप नै हो,आफ्नो प्रेम सम्बन्धलाई बिवाहमा परिणत गर्न बेहुली (सुस्मा मल्ल ठकुरी)लिन गएका नवराज र उनको साथीहरुलाइ बिरालोले मुसा खेदे जस्तै गरि खेदी-खेदी मारे सिङ्गै गाउँबस्ती ओर्लेर । नवराज विश्वकर्मा कथित दलित र सुस्मा मल्ल कथित उपल्लो जाती भएकै कारण हो यो घटना घटाइएको यसमा त कुनै शंका नै छैन । एकाइसौं शताब्दीको यो घडीमा आएर गाई-गोरुलाइ मर्दा कडा कानुन लाग्ने यो देशमा आज दिनदाहाडै खुलेआम मुलबासी मंगोलको छोराहरु मर्दा नरसंहार गर्दा बाहुनवादी सरकार पुरै संसद भवनलाइ नै चयन मिलीरहेको उनिहरुको व्यवहार र तर्क शैलीबाट प्रष्ट हुन्छ । मान्छे -मान्छे बिचमा कथित जातिय पर्खालहरुलाइ तोड्न असफल भै ज्यान गुमाउनुपरेका मनुवादी कानुन र हिन्दुवादको सिकार हुनुपरेका साहसी प्रेमी नवराज विश्वकर्मा र उनका साथीको लागि ज्यान दिने भातृत्वभाव भएका महान योद्धाहरुलाइ हार्दिक भावपुर्ण श्रद्धाञ्जली साथै शोकाकुल परिवारजनमा न्यानो सहानुभूति । मलाई लाग्दैन कुनै पनि हालतमा पीडित पक्षले उचित न्याय पाउने छ तर इतिहास पक्कै रच्ने छ नवराजहरुको यो बलिदानले कथित उच्च जात भनिने हिन्दु आर्यनहरुले एकदिन घुडा टेकेर कथित सानो जात भनिने मुलबासी मंगोलहरुलाइ आफ्नो छोरीचेली सुम्पिन गर्व गर्नेछ तर त्यो दिन यो हिसाब चुक्ता गर्न नभुल्नुहोला । जै मंगोल

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्