मङ्गलबार 23 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

हिन्दुवादले थिचिएकाे नारीलाई अन्तर्राष्ट्रिय नारी दिवस मार्च 8 कागलाई बेल पाक्याे हर्ष न विस्मात्

Dhanamaya Tamang | 6 मार्च 2019

हिन्दुवादले थिचिएकाे नारीलाई अन्तर्राष्ट्रिय नारी दिवस मार्च 8 कागलाई बेल पाक्याे हर्ष न विस्मात्

नेपालमा जनसंख्याको अाधारमा 51.4% प्रतिशत नारीहरु रहेकाे छ । अाधाभन्दा बढी जनसंख्या रहेपनि नेतृत्वपंक्तिमा नारीकाे संख्या ज्यादै न्यून भएकाे कुरा सबैमा सर्वविदितै छ । यतिकाे हुनुमा पनि मंगाेल नेशनल अर्गनाइजेसनका फाउन्डार प्रेसिडेन्ट युग पुरुष अमर डा. गाेपाल गुरुङ ज्युकाे देन हाे । नारीहरुलाई हिन्दुवादले यति धेरै थिचिएकाे छ, जसकाे वर्णन गरेर सध्या छैन यहाँ जाे नेतृत्वपंक्तिमा छ उनीहरु क्रान्तिकारी हुनैसक्दैन । किनकी उनीहरु अति हिन्दुवादकाे दुष्चक्रभित्र रुमालिरहेकाे छ । नारीहरु कतै पनि सुरक्षित छैन भन्ने कुरा दिनदिनै घटेकाे घटनाहरुबाट पुष्टि हुन्छ । हरेक दिन नारीहिंसाकाे खबर सुन्दा कुनै बेला नारी भएर जन्मिदा चक्लाे भएकाे छाती पनि खुम्चिएला जस्ताे हुन्छ । समाजकाे नजरलाई हिन्दुवादकाे कालाे पट्टिले बाँधेकाे छ । विशेषतः नेपाल र भारतमा नारीहरुलाई दाेस्राे दर्जाकाे रुपमा राखेकाे छ । 7 महिनाकाे बालिकादेखि 81वर्षकाे वृद्धा अामा सम्म बलात्कारकाे सिकार भई नारी हिंसा भइरहेकाे छ । यस्ताे हुनुकाे पछाडि यी कारणहरु छन् । 

7 वर्षकाे बालिका 70 वर्षकाे बाहुन शर्मासँग विहे गर्ने सस्कार भएकाे स्वस्थानी कथालाई प्रशय दिने चलन , 

1600 नारीलाई बलात्कार गर्ने कृष्णाकाे पुजा गर्ने माहिला अधिकारकर्मी,

 शिव लिंगलाई पुज्ने धार्मिक अास्था, 

पुरुषप्रधान समाज 

          साथै बिहान उठ्नेवितिकै पतिकाे खुट्टा ढाेग्ने र पुजाकाे थलि बाेक्ने महिलाअधिकारकर्मी र समाज भएसम्म नारी मुक्ति सम्भव छैन । त्यसैले तिनीहरुले हामी नारीहरुकाे अधिकार सुरक्षित गर्न सक्दैन । नारीहरुकाे अधिकार सुरक्षित राख्नकाे निमित नारीकाे अधिकार लेख्न सक्ने क्रान्तिकारी नारीहरुकाे अावश्यक छ । देशमा जसले मन्दिरकाे घण्टी बजाउन छाेडेर हिन्दुवाद भित्र रहेकाे अन्धाविस्वास, विकृति विसंगति जस्ता कुसंस्कार जुन अाकाशमा मडारिएकाे कालाे बादल जस्ता जालाेलाई फड्न सकिन्छ त्यस्ता नारीहरुकाे खाँचाे छ याे देशकाे परिवर्तनकाे निमित, जुन हामी 80% अहिन्दु मुलबासी मंगाेलहरुबाट मात्र सम्भव छ । जसले याे देशमा नारी पुरुष समान रुपले बाँच्न हस्न रम्न रमाउने वातावरण सिर्जना गराउछ, हाेइन भने नारी कसैकाे खुशीकाे निमित जन्मेकाे जस्तै हुनेछन् पुस्ताै पुस्ता सम्म जाे जन्म घरमा बुबा दाजुभाईकाे डर, बिहेपछि श्रीमानकाे डर, वृद्धा अवस्थामा छाेराकाे डर, उक्त नारीकाे जिन्दगी डरै डरले बित्छ । जबसम्म मान्छेमा डरले मनमा हैकाम जमाउछ तबसम्म त्याे मानवकाे मस्तिष्क लाटाे जस्तै हुन्छ, जतिसुकै उर्जाशिल मस्तिष्क पनि सिर्जनशील हुन सक्दैन । हामी नारीहरु अहिलेसम्म अागडि बढ्न नसक्नुकाे कारण यिनै हुन्, हामीलाई घर समाजकाे डरले थिचिएकाे छ । 

         याे सबै कारण हिन्दुवाद नै हाे । महिला अधिकारकाे खाेक्राे नारा लाउने महिलाहरु सबै हिन्दुवादी राजनैतिक दलहरुमा अाबद्द भएर वा त्यसैकाे अाडमा रहेर कराएकाे सुन्छु । यस्ता खाेक्राे नाराले नारीहरु सुरक्षित रहन सक्दैन, नारीहरुकाे अधिकार सुनिश्चितताकाे निमित हामीले नै कलम चलाउनुपर्छ । जुन मंगाेल नेशनल अर्गनाइजेसनले प्लेटफर्म उपलब्ध गराएकाे छ भन्ने कुरा जग्जगाएर गराउन चाहान्छु । हामी निर्भिक, निडर र क्रान्तिकारी हुन अतिअावश्यक छ । 

मानिसकाे व्यक्तिगत जीवनशैली सहज बनाउन त नारी पुरुष समान र समावेशी सहभागिता हुन अावश्यक हुन्छ, त्यसैले त मानिसहरु विवाह गर्छन्। विवाह नारी र पुरुषबीचकाे एक सम्झाैता हाे, जसले एकअर्काकाे भावना बुझेर एकमा भएकाे बाेझलाई कम गराउनुका साथै मनाेवैज्ञानिक बाेझ पनि कम गराउछ । तर विवाहकाे सही अर्थ नबुझी विवाह गर्नेहरुकाे मानसिकतामा भने नारी हाेस या पुरुष पछुताएकाे नै भेटाउछु कही नारी चरित्रहिन भएर कही पुरुष । चरित्रहिन नारी हाेस् या पुरुष दुवै समाजकाे अपराधी हाे, जसले विवाह गर्दा जाेडेकाे अनुशासित बन्धनलाई ताेड्ने गर्छ र कसैकाे जीवनप्रति खेलबाड गरिरहेकाे हुन्छ । नारी पुरुष दुवैमा कुनै काम त्यस्तो हुन्छ जुन नारीले चाहेर पनि गर्न नसक्ने कुनै पुरुषले चाहेर पनि गर्न नसक्ने यस्ता कामहरु सम्पन्न गरि सरल र सहज जीवनशैली बिताउनकै लागि विवाहकाे बन्धनमा बाँधिन्छन् । तर नेपाली समाजमा वास्तविकता फरक रहेकाे छ एउटा नारी विवाह गर्ने वितिकै विवाह गरेकाे जस्ताे देखिन सिन्दुर, पाेते, चुरा लाएर विवाह गरेकाे जस्तै देखिनुपर्ने अरे । खै त पुरुषकाे लागि के बनेकाे छ त विवाह गरेकाे प्रमाणित गर्न ? अाखिर त्याे पुरुष पनि त विवाहकाे बन्धनमा बाँधिएकाे हाे । विगतदेखि नै नारीलाई हिन्दुवाद अनुसार तल्लाे दर्जामा राखिनुपर्छ, नारी अगाडि बढ्नु हुदैन भन्ने कुतर्ककाे निमित नारीहरुकाे अत्यन्तै संवेदनशिल अंग सिउदाे जुन भागमा मस्तिष्क रहेकाे हुन्छ, त्यही भागमा केमिकलयुक्त सिन्दुर लाएपछि त्याे मस्तिष्कमा बिस्तारै मन्द विषकाे काम गर्दै जान्छ र साेच्नसक्ने क्षमता घट्दै जान्छ । याे प्रथा हिन्दुवादकै हाे भन्ने प्रमाण जुराउन मंगाेल समुदायकाे तामाङ समुदायलाई उदाहरण लिन सकिन्छ, जुन समुदायकाे विवाह गर्ने बेला सिन्दुर हाल्ने प्रचलन विगतदेखि नै थिएन र पहिलाकाे पुस्ताले लाउनुहुन्न तर अहिले अरुकाे नक्कल गर्ने पुस्ताले भने लाएकाे देख्छु यसबाट के प्रमाणित हुन्छ भने तामाङ समुदायलाई हिन्दुवादकाे कम प्रभावकाे कारणले गर्दा यस्ताे भएकाे हाेला भनेर सहजै अनुमान लाउन सकिन्छ । त्यसैगरी चुरा र पाउजु घरभित्र शिल स्वभावले चरित्रवान भएर बसेकाे छ छैन त्यही चुरा र पाउजुकाे अावाजले पत्ता लाउने यदि त्याे अावाज अाएन भने कतै बाहिर गयाे भने नरपुरुषसग गएकाे झुठाे अाराेप लाउदै सजाय दिनकाे निमित बनाएकाे हाे । के एकाईसाै शताब्दीको नारीहरु घरभित्र मात्रै बसेर देश परिवर्तन सम्भव छ ? छैन गलत बाटाेमा चरित्रहिन भएर हिड्नुहुदैन नारी पुरुष नै तर सहि र सत्य बाटाेमा इमान्दारीकाे साथ अाफ्नाे हक अधिकार र अस्तित्वको निमित हिडिरहेकाे छाेरि, बुहारी, श्रीमाती, अामालाई स्वतन्त्रताकाे वातावरण निर्माण गराउनुपर्छ, त्यति मात्र हाेइन सहि र सत्य बाटाेमा हिड्ने पुरुषहरु प्रति पनि रिस डाह  गर्नुहदैन स्वतन्त्र हुनुपर्छ तर अाफ्नाे - अाफ्नाे जिम्मेवारीलाई कहिले पनि बिर्सिनुहुदैन । समाजमा केही शिक्षित नारीहरु न‌ै विवाह पछि अाफ्नाे सर्वस्व खुशीलाई लात हानेर परिवार र श्रीमानकाे खुशीमा बाहिरि संसारमा अाफ्नाे मनलाई रुवाएर हाँसेर हिडिरहेकाे हुन्छ । अाफ्नाे याेग्यता, क्षमता, प्रतिभा लगायत् इच्छाअकांक्षालाई दबाएर राख्ने गर्छन् , समाज पनि त्यही चाहान्छ । जसकाे विस्फाेट भईसकेपछि सम्बन्धले नकारात्मक माेड लिन पुग्छन् । त्यसैले अादर्श समाज निर्माणदेखि देश परिवर्तनकाे निमित पनि नारी पुरुष समनतापुर्वक समावेशी रुपमा सहभागिता हुन अति अावश्यक छ । नारी मात्रै वा पुरुषकाे मात्रै सहभागिताले देश परिवर्तन हुन सक्दैन । नेपालमा यति धेरै हिन्दुवादले थिचिएकाे नारीहरुलाई अन्तरास्ट्रिय नारी दिवस कागलाई बेल पाक्याे हर्ष न विस्मात जस्तै भएकाे छ । वस्तावमा अन्तर्राष्ट्रिय नारी दिवस अमेरिकामा सन् 1908 मा 15000 नारीहरुले अावाज उठाएकाे हाे । जसअनुसार विभिन्न देशमा नारी अावाजहरु बुलन्द गर्दै जाँदा मार्च 8 1914 जर्मनीदेखि नारी दिवस मान्दै गई संयुक्त राष्ट्र संघले 1975 देखि विधिवत रुपले मार्च 8 मा मान्ने निर्णय गर्दै विधानबाट 1977 बाट घाेषणा गरियाे । संघर्षको समयलाई हेर्दा 1 शताब्दीभन्दा बढी भईसकेकाे छ । जसकाे उदेश्य हरेक क्षेत्रमा नारी पुरुष समनता हुनुपर्छ भन्ने हाे तर नेपालमा समानता नारामा मात्रै सिमित रहेकाे छ । नेपालकाे संविधानकाे दस्तावेजमा अामाकाे नामबाट नागरिकता पाउने व्यवस्था भएपनि व्यवहारमा कार्यन्वयन हुन सकेकाे छैन, के यही हाे समानता ?  त्यसैले अन्तर्राष्ट्रिय नारी दिवसलाई सार्थकता दिनकाे निमित हामी ८०% अहिन्दु मुलबासी मंगाेल नारीहरु राजनैतिक रुपमा चेतनशील हुन अावस्यक छ । किनकी हिन्दुवादी बाहुन क्षेत्रीकाे नारीहरु जतिसुकै शिक्षित भए पनि तत्काल सिन्दुर नकार्न चाहदैन र सक्दैन पनि साथै पुजाकाे थली छाेड्न सक्दैन, मात्र खाेक्राे भाषण लाएर जय नारी भन्दै लक्ष्मी र सरस्वती जस्ता चरित्रहिनलाई देवि भन्दै पुज्छन् , जाे ब्राम्हाकाे छाेरी पनि श्रीमाती पनि हुन् । यस्तै महिलाअधिकारकर्मीकाे कारण महिलाहिंसा घट्नुकाे सट्टा बढिरहेकाे छ । गत वर्षको तथ्यांकअनुसार घरेलु हिंसामा परी मर्ने 120 जना, मानव तस्कारीमा 82 जना, दाईजाेकाे कारण घरेलुहिंसा 22 जना, जसमा 2 जनाकाे मृत्यु भएकाे छ । त्यसैगरी घरेलु हिंसामा 1632 जना, बाहुविवाह पिडित 326 जना, अपहरण 28 जना, गिरफ्तार 102 जना बालिका बलात्कृत 818 जना, याैन दुर्व्यवहार 226, महिलाअधिकार उल्लघन 2824 जना, बालअधिकार उल्लघन 1248 जना नारीहरु परेका छन् । इन्सेक अनुसार याे घटना उदाहरण मात्रै हाे यस्ता खुल्न नसकेकाे हजाराै घटनाहरु छन् । जसले समाज र देश नै दुर्गाधिन्त बनाइसकेकाे छ । जसकाे कारण नारीहरु घर, सडक, अाफिस, वन कतै पनि सुरक्षित रहन सकेकाे छैन । त्यसैले एकाईसाै शताब्दीकाे अहिन्दु मुलबासी मंगाेल नारीहरुलाई अन्तर्राष्ट्रिय नारी दिवस मार्च 8 2019 काे सु- अवसरमा शुभाकामना व्यक्त गर्दै समाजमा रहेकाे विकृति, विसंगति, कुसंस्कार र अन्धाविस्वासलाई ताेड्दै हिन्दुवादलाई हटाउन मुकाविल गर्दै अाफ्नाे हक अधिकार र अस्तित्वकाे निमित मंगाेल दर्शनलाई मन मस्तिष्कले अात्मासात गरेर अनुशासित, इमान्दारी, लगनशिलता, सहनशिलता, अात्मानिर्भर एवम् निडार निर्भिक र क्रान्तिकारी बन्न अनुराेध गर्दाछु । जसकाे कारणले गर्दा छाेरिकाे भ्रुण हत्या गर्नेहरु, छाेरी जन्मिदा अध्याराे मुख गरि अनुहार खुम्चिनेहरु र नारीलाई कमजाेर ठान्ने मानसिकताहरुकाे चेत खुलाेस्, पछुताअाेस् । यिनै उदारणीय नारी बन्ने चेष्टा गराैँ ।अाफुमा गर्व गर्न सिकाैँ । जै मंगाेल ।।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्