Buddha Lal Meche (President-MNO) | 18 मार्च 2019
एउटा महत्वपुर्ण भनाई छ, लिनेहरु राम्रोसँग खान्छन् ,मोटाउछन् तर राम्रोसँग निदाउन सक्दैनन् । राम्रोसँग निदाउने भनेका दिनेहरु मात्र हुन्। (1) लिने मान्छेहरु भन्नाले साधारणतय: घुस लिने, कमिसन लिने, बद्ला लिने, देशलाई बन्धकी राखेर रिन लिने, निर्धोको ज्यान लिने, अर्काको सम्पति सित्तैमा लिने आदिलाई बुझाउँछ। (2) दिने मान्छे भनेका सेवा, योगदान, त्याग, बलिदान, रगत, पसिना, बिचार, दर्शन, बुद्दि बिवेक दिने आदि भनेर बुझ्न सकिन्छ। दिने मान्छेहरुसँग इमान्दारी, संयमी, सहयोगी भावना, उच्च आत्मविश्वास र सकारात्मक धारणा हुने भएकाले उनीहरुले परिवार, समाज र देशलाई सेवा पुर्याउँछन्। यसकारण उनीहरु निश्चित रुपले राम्ररी निदाउने नै पर्यो यसमा दुईमत रहेन। उक्त महत्वपूर्ण भनाइको आधारले संसारमा दुई प्रकारका मान्छेहरु हुन्छन्, दिने र लिने भन्ने कुरा बुझ्नमा आउँछ। अब फेरि लिने मान्छेहरु तर्फ फर्कौं। एकताका सम्राट अशोकले कलिङको युद्दसम्म आइपुग्दा लाखौं लाख मान्छेहरुको टाउको काटेर ज्यान लिइसकेका थिए। उनीसँग देश सेना, जनता, पैसा, हिरामोति, असर्फी, सुनचाँदी सबैथोक थिए। 84 ब्यञ्जन खान्थे, सुनकै पलङमा सुत्थे तर पनि राम्रोसँग निदाउन सक्दैन थे। उनमा शान्ति, सुरक्षा, अमन चयन भन्ने कुरा थिएन। लडाइँ जितेर सबैथोक आफनो बनाए तापनि शान्ति, निन्द्रा र अमनचयन नपाएर यस बिषयमा उनी बेचैन भएर हारीसकेका थिए । किनकि उनले मान्छेको ज्यान लिने काम मात्र गरेको थियो दिने काम गरेका थिएनन । यसकारण कलिङको युद्दपछि हत्या र हिंसाको बाटो त्यागेर शान्तिको (बुद्धको) मार्गमा हिंडे। हत्या र हिंसाको बाटो त्यागी दिएकाले उनी महान बने। यसैमा अंगुलीमालको उदाहरण पनि जोडौं। अंगुलीमाल हतियारले मान्छेलाई आक्रमण गर्दै मान्छेको ज्यान लिएर औंलाको माला लगाएर भौतारिदै हिंड्थे। अमन चयनका साथ उ कहिल्यै निदाउन सकिरहेको थिएन। निदाउन नसकेकै कारण निद्राले मातेर पागल झैं भौतारिएर हिंडदा महामानव बुद्धसंग जम्का भेट हुन्छ। भेट्नासाथ महामानव बुद्धलाई पनि आक्रमण गर्न खोज्छ। महामानव बुद्दले तिमी निदाउन नसक्नुको कारण तिमीमा बेचैन छ,शान्ति छैन । तिमीले हत्या र हिंसाको बाटोलाई त्याग र शान्तिको मार्गमा हिड्यौ भने तब मात्र तिमी शान्तिले निदाउन सक्छौ भने पछि अंगुलीमालको होस खुल्यो र शान्तिको साथ निदायो । शासन सत्तामा बसेर हाम्रो मुलुक हाक्ने नेताहरुको चरितार्थ अन्तर्गत मार्सी चामल खाएको, महंगो कक्तेल पार्टी, 84 ब्यञ्जन, भोजभतेर खाए पनि राम्ररी निदाउन सकिरहेको पो छैन् कि भन्ने अनुमान लाउन सकिन्छ। बिदेशी ब्राण्डका हुस्की, ब्राण्डीको सहारा लिंदा र महंगो बुलेटप्रुफ हेलिकोप्टर, बुलेट प्रुफ गाडी, थप सुरक्षा गार्ड, सेना परिचालनको सहारा लिंदा समेत निदाउनु नसक्नाले पुष्टि गर्छ। भ्रष्टाचार गरेर, कमिसन खाएर, लुटेर ,हत्या हिंसा गरेर, धम्क्याएर, डरत्रास देखाएर खोक्रो सफलता हासिल गर्नु भन्दा मुल्यवान ब्यक्ति बन्ने कोशीस गरे सम्राट असोक र अंगुलीमाल जस्तो सच्चिएर महान बन्न पनि सकिन्छ। एमएनओ संस्थापक युगपुरुष अमर ड. गोपाल गुरुङलाई पटक-पटक चुनावमा हराउने कांग्रेसका केबी गुरुङ साम्सद र मन्त्री भए। घर, गाडी, सम्पति पनि जोडनु भयो होला सायद। मन्त्री बन्ने सफलता पनि पुरा गर्नु भयो होला तर एमएनओ संस्थापक अमर ड. गोपाल गुरुङ जस्तो देश र बिदेशमा मुल्यवान (डायमण्ड) बन्न सकेनन। किन कि ड. गुरुङले देश र समाजको लागि दिनु मात्र भयो लिनु भएन। मन्त्री, राजदुत, सिडियो, अञ्चलाधीश दिएको थियो तर वहांले लिनु भएन। किन भने वहांलाई थाहा थियो यी पदहरु लियो भने आफु लगायत नेपालका 80% अहिन्दु मुलवासी मंगोल निदाउन सक्ने छैनन् र लडाईं हार्नेछन भन्ने कुरा। कसैको दयामाया दिएको कुरा लिनु भनेको आफु हार्नु हो। हार्नेहरुले हम्मेसा सुरक्षा माग्छन्। जित्नेहरु मौका खोज्छन। बरु जेलनेल सहे, भुमिगत जिवन बिताए, सर्बस्व हुनेगरी लुटिमागे, अनेकौं भुक्तमान सहे। देश र सबै मुलवासीहरुको निमित्त नक्षत्र भएर बसे, बाँचे। जै मंगोल
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology