Bijayaraj Limbu | 27 मार्च 2026
दमौली/दिनांक 27 March 2026 तदनुसार चैत्र १३ गते शुक्रबारको दिन मंगोल नेशनल अर्गनाइजेशन गण्डकी प्रान्त सभाकोे आयोजनामा प्रतिनिधि सभा निर्वाचन–२०८२ मा गत फागुन २१ गते सम्पन्न भएको निर्वाचन विशेष प्रान्तिय स्तरीय चुनावी समिक्षा बैठक व्यास नगरपालिका -२ स्थित मंगोल नेशनल अर्गनाइजेशन गण्डकी प्रान्त द्वारा प्रान्तिय स्तरीय चुनावी समीक्षा बैठक सम्पन्न भएको छ।
कार्यक्रम एमएनओ गण्डकी प्रान्तिय सभा अध्यक्ष प्रेम थापा मगर ज्यूको सभाध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथिका रूपमा केन्द्रीय मुलसचिव सन्तोष तामाङ ज्यू रहनु भएको थियो। त्यसैगरी, केन्द्रीय सहसचिव सान मेचे ज्यूको विशिष्ट र केन्द्रीय प्रवक्ता रिन्छेन तामाङ ज्यूको विशेष अतिथि लगायत, केन्द्रीय सर्वोच्च सभा सदस्य सोम तमु गुरुङ र प्रविना थापा मगर ज्यू लगायत अन्य केन्द्रीय अतिथिहरु कार्यक्रममा सहभागी हुनुभएको थियो।
समिक्षा बैठकमा गत प्रतिनिधि सभा निर्वाचनका क्रममा गण्डकी प्रान्तमा संगठनले हासिल गरेको उपलब्धि, देखिएका चुनौती तथा आगामी रणनीतिका विषयमा विस्तृत छलफल गरिएको थियो। सहभागीहरूले निर्वाचनको अनुभव आदान–प्रदान गर्दै संगठनलाई अझ सुदृढ, प्रभावकारी र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
संगठनका प्रवक्ता रिन्छेन तामाङ ज्यू द्वारा सांगठनिक धारणा राख्दै विदेशी साम्राज्यवादीहरुले MNO लाई जरैबाट मास्न गरिएको षड्यन्त्र बिफल भएको कुराहरू बताउनु भयो।
विगतको दिन र सांगठनको ऐतिहसिक कार्यक्रमहरूलाई नियाल्दै, संगठनको छैठौं राष्ट्रिय महाधिवेशन मोरङ को लेटाङ मा सम्पन्न भएको २ महिनापछि निर्वाचन आयोग को माध्यमबाट एमएनओ लाई प्रहार ,नाम परीवर्तन गर्न दवाब दिइएको थियो। मंगोल म्युजियम सन्दकपुर ईलाम भवन निर्माणमा पनि रोक्ने प्रयास गरिएको थियो।
संगठन को रफ्तार यस्तो तिब्र थियो।जसको परिणाम स्वभाविक रुपमा संसद मा प्रतिनिधित्व गर्ने किसिमको थियो तर त्यसैलाइ रोक्न कहिले निर्वाचन आयोगको माध्यमबाट नाम परिवर्तन गर्न लगाउने काम गरेर दु:ख दिइरहेको थियो। देश को ७ वटै प्रदेशमा कार्यकर्ता प्रशिक्षण कार्यक्रम गरेर सक्षम कार्यकर्ता जसले स्थानीय,प्रदेश र केन्द्रीय सरकार चलाउन सक्ने गरि तयार पार्ने उद्देश्य लिइएको थियो। ( ५ वटा प्रदेश मा सम्भव भयो।) यस्तो व्यापक प्रशिक्षण हरु २०८४ सम्म चलेमा हाम्रो खैरात छैन,हाम्रो पत्तासाफ हुन्छ भनेर साम्राज्यवादीहरु ले निष्कर्ष निकालेकोले २०८२ साल असोज ०९ को ' बृहत् मंगोल अधिकार सभा' जुन कार्यक्रम मा MNO ले आफ्नो उपलब्धि र भावी योजना र रणनीति हरु सुनाउने तयारी थियो। उक्त कार्यक्रम लाई रोक्न भदौ २३ र २४ को जेन्जी आन्दोलन जन्माइयो।जहाँ बिद्यार्थी हरु मरेको कारूणिक दृश्य बारम्बार सामाजिक संजालमा देखाईएकोले हाम्रो संगठन को ३७ औं स्थापना दिवसमा जति कार्यकर्ता,शुभचिन्तकहरु सहभागी हुन सके उनिहरुबाटनै बिउँ जोगाउने मत परिणाम आएको हो।
अन्य लोकसमुदायले एमएनओ को कुरा सुन्न पाएनन् ,सुन्न चाहेनन् किनकी भदौ २३/२४ को कारूणिक दृश्य ले ब्यापकता पाएको थियो र मिडिया मार्फत पनि बारम्बार बाहिर ल्याउने कार्य भएकोले जनताले त्यो घटना बिर्सन सकेनन्।
कार्यक्रमको प्रमुख अतिथि सन्तोष तामाङले आफ्नो सम्बोधनमा संगठनलाई मजबुत बनाउँदै मूलवासी मंगोल समुदायको हक–अधिकार र अस्तित्वको लागि अझ सशक्त रूपमा अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले आगामी दिनमा संगठनलाई जनताको भरोसायोग्य शक्ति बनाउन सबै कार्यकर्ताहरू एकजुट हुनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रमका सभाध्यक्ष प्रेम थापा मगरले आजको समिक्षा बैठकले संगठनको भावी दिशा तय गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै, प्राप्त सुझावहरूलाई केन्द्र देखि प्रान्त र स्थानीय सम्म नै कार्यान्वयनमा ल्याउने प्रतिबद्धता जनाउनुभयो।
कार्यक्रममा गत फाल्गुन २१ गते निर्वाचनमा उम्मेद्वारी दिनु भएको प्रतिनिधिहरु लगायत उत्साहजनक सहभागिता र रचनात्मक छलफलका साथ सम्पन्न भएको आयोजकले जनाएको छ।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology