शुक्रबार 26 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

इमान्दारिता नै मंगोलहरु को गहना हो

mongolvision | 29 नोभेम्बर 2021

इमान्दारिता  नै मंगोलहरु को गहना हो


सिनारा मेचे 
आधुनिक सिंगापुर का निर्माता लि क्वान यु गोर्खा सेनाको खुलेर प्रशंसा गर्छन् ।
' गोर्खा कस्ता भने आफ्नो कामप्रति पुरै इमानदार,गज्जब ले भरोसा गर्न सकिने र सधैं आफ्नो क्षमता ले सकेसम्म आदेश लाई पूरा गर्ने'  उनले आफ्नो पुस्तकहरु मा लेखेका छन् । यसरी अरुको निम्ति इमान्दार भइ लड्ने हामी मंगोल हरु अब अन्तिम पटक आफ्नै भुमिमा अस्तित्व को निम्ति सुरु भएको एम एन ओ को बैचारिक आन्दोलनमा निर्णायक युद्ध लड्न कतिको साहस जुटाउने हो हेर्न बाँकि नै छ।
मंगोल नेशनल अर्गनाइजेशनका संस्थापक अध्यक्ष डा. गोपाल गुरुङ ज्यु ले हिन्दूआर्य बाहुनछेत्रीको कालो कर्तुत, भ्रष्टाचार हरुको भण्डाफाेर गर्दै आउनु भएको छ।बुद्दकालिन समयमा नै राम्रो खान,लगाउन र बस्न सुबिधा पाइने लोभमा केहि ब्राह्मणहरु भिक्षु बने।सुबिधा भोगे तर कालान्तरमा भिक्षुहरु कै संहार गरे।विभिन्न बौद्ध विहारका बहुमुल्य वस्तुहरु चोरी गरियो।पुनः राणा काल,शााह कालमा पनि यसले प्रसय पाइरहयो।वर्तमान समयमा पनि त्यही मनुवादि सोचले ग्रस्त समाजमा हुर्केका बाहुनछेत्री नेताहरु जो शासनसत्ता मा छन्,तिनीहरुले पनि सरकारी ढिकुटि रित्याएर वैदेशिक ऋण लिएर दिनानुदिन मुलुकलाई कंगाल बनाउदै गएका छन्।भने आफुहरु माेटाउदैँ गएका छन्।तिनै भ्रष्टाचारिहरु को कालो कर्तुतको पर्दाफास गर्न सक्ने, तिनीहरु लाई खवरदारि गर्न सक्ने ब्यक्तिहरु हाम्रो समाजमा बिरलै पाइन्छन् । यस विषयमा खोज अनुसन्धान गर्ने,नियन्त्रण गर्ने र उन्मुलन गर्न कम्मर कस्नेहरु लाई दबाउने काम हुन्छ।यसमा लोभिने लाई धन सम्पत्ति र पदको लोभ देखाएर हुन्छ कि डर धम्की ले त्रसित बनाएर हुन्छ,साम दाम,दण्ड,भेद को सुत्र प्रयोग गरेर आफ्नो वशमा पार्ने काम गर्छन् र कठपुतली झैँ नचाउने गर्दछ्न। जो ब्यक्ती यस्तो पद र धन सम्पत्ति मा पनि लोभिदैन,ब्यक्तिगत स्वार्थ लाई तुच्छ सम्झन्छ। र कसैको बहकाउमा नबहकी डर धम्की संग कतिपनी विचलित नभइ आफ्नो क्रान्तिकारी आवाज बुलन्द बनाइ रहन्छन् उनिहरुकै नाम हो इतिहास को पानामा लेखिने भनेको।तिनै औंला मा गनिने ब्यक्तिहरु मध्ये एक महामानवको नाम हो डा.गोपाल गुरुङ।जसले  जिवनमा अनेकौं पिडा,समस्या झेल्नुपर्यो,भुमिगत भइ विदेसिनु पर्यो।झ्यालखाना को चिसो भुइँमा कठ्याङ्रिदै कयौं रातहरु बिताउनु पर्यो।कयौं को अपमान सहनु पर्यो तर डराएनन् उनी झुकेनन् उनि। बरु अझै निख्खारिदै, अझै तिख्खारिदै आफ्नो सङ्घर्ष मा निरन्तर लागिरहे।अन्याय, असमानता र अत्याचार को जरा उखेल्न हिम्मत दिए,साहस जुटाइदिए।
मानिसहरुको स्वभाव दुई किसिमको हुन्छ।अन्तर्मुखी र बहिर्मुखी।बहिर्मुखी लाई कुनै कामप्रति जोश,जाँगर बढाउन निरन्तर अन्य ब्यक्ति ले हौसला दिई राख्नुपर्छ।यस्तो ब्यक्तिहरुमा स्वतः रुपमा केही नयाँ गर्ने जाँगर आए पनि त्यो दीर्घकालीन हुँदैन, बिचमा आइपर्ने बाधा ब्यवधान हरुले अल्मलाइ दिन्छ।महासागर मा डुबुल्की मारी मोति टिप्न जाँदा, गहिराई संग डराएर बिच बाटै बाट फर्खन्छ। तर अर्को स्वभाव अन्तर्मुखी ब्यक्तिहरु स्वतः परिचालित हुन्छन् ।उनिहरुलाई कसैले उत्साह नदिएपनी,हौसला नबढाई दिएपनी निरन्तर अघि बढीरहन्छन् ।अझ समय छदैँ यस्ता ब्यक्तिहरुले जिवनको वास्तविकता बुझेर आफ्नो लक्ष्य बनाउन सके यिनिहरु सफल ब्यक्ति बन्छन् ।कसैले यस्तो ब्यक्ति लाई गिज्याए पनि,हेला गरेपनी त्यसलाई उनिहरु सकारात्मक लिन्छन् ।किनभने उसलाई थाहा हुन्छ घृणा गर्ने ब्यक्तिको मुल्यांकन गर्ने क्षमता घृणा सम्म मात्रै सिमित छ,प्रेम स्नेह सम्म पुगेको छैन।यस्तो ब्यक्तिहरु कसैको चाप्लुसिपन मा मक्ख पर्दैनन् ।कसैलाई देखाउनकै निम्ति भनी कुनैपनी कार्य गर्दैनन् ।डर,इर्ष्या डाह ,लोभ,घृणा जस्ता शरीर का विकार वस्तुलाई त्यागेर केवल करुणा,माया,स्नेह मात्रै उनीहरुको मित्र हुन्छ।अनेकौं बाधा अड्चन आइपरे पनि चुनौती लाई स्वभाविक रुपमा स्विकार्दै आफ्नो लक्ष्य मा पुगेरै छाेड्छन्। 
अब अाअाैँ मुख्य विषयमा,
युगपुरुष डा.गोपाल गुरुङ को चेला हुँ भन्न रुचाउने अबका नयाँ पुस्ताहरुमा इमान्दारिता चुनौती को रुपमा देखा परेको छ।भ्रस्टाचारिले देश बिगार्यो भनी कराउन सक्ने हामिमा पैसा र पदको आकर्षण के कति को छ? यहाँ भ्रष्टाचार हुँदैछ भनी औल्याउँन सक्ने हामिमा आफ्नो पारदर्शिता कति को छ?यो समय आफैलाई मुल्यांकन गर्ने समय हो।र कमिकमजोरि सुधार्ने समय हो।डा. गोपाल गुरुङ को अथक प्रयास, त्याग र समर्पण ले वहाँको पवित्र अनि अदृश्य लडाइँ ले मंगोल नेशनल अर्गनाइजेशन  लाई चेतनशिल जनताको मनमस्तिष्क मा अटाउन सफल भैसकेको छ। जनताले एकमात्र विकल्प को रुपमा एम एन ओ लाई हेर्न थालिसकेका छन्। लोकतन्त्र मा जनता नै सर्वेसर्वा हो।निकट भविस्य मै जनता ले मंगोल नेशनल अर्गनाइजेशन लाई आफ्नो सार्वभौमसत्ता रक्षक को रुपमा लिनेछन्। अहिले भने यस विरासत लाई जोगाउन सक्ने क्षमता संगठनका कार्यकर्ता हरु मा छ,छैन यो मुल्यांकन गरिरहेका छन् ।यसमा इमानदारीता को कुरा आउँछ।इमान्दारिता नै मंगोल हरुको गहना हो।अब यस गहना लाई आफुमा समाहित गरेर कतिको सुहाउने नसुहाउने मुल्यांकन को विषय बनेको छ।  जै मंगोल

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्