Lassim Hang Mongol | 25 जूलाई 2019
जनजाति-आदिवासी पद स्वीकारे वापत बाहुनक्षेत्री शासकहरुले आरक्षणको नाममा दया माया गरेर दिंदै आएको बिभिन्न पद र कोटाहरु पनि बांदरको पुच्छर लौरो न हतियार हुन थालेको गुनासो सुनाउँछन् पिडितहरु। जनजाति-आदिवासीको कोटामा नाम निकालेर एचए ,स्टाफ नर्स,नर्स र सिभिल इन्जिनियर पढ्न गएका अधिकांश बिध्यार्थीहरु यसो भन्छन् राम्ररी ध्यान दिएर पढ्नु होला
! "हामीलाई पैसा तिरेर पढ्ने देखि लिएर सबै सटाफहरुले जहिल्यै दोस्रो दर्जाको रुपमा हेर्ने गर्छन्। हामी जतिसुकै सिनियर भएपनि पैसा तिरेर पढ्ने जुनियरलाई हामीले सिनियर मान्नै पर्ने हुन्छ। स्टाफहरुले पनि हामीलाई मात्र पेल्ने गर्छन्। बल्ल तल्ल पास गर्न सके पनि काम पाउनै गाह्रो। काम पाइहाले पनि जनजाति-आदिवासीको कोटामा जागिर खाने कर्मचारीलाई हाकिम लगायत अन्य स्टाफहरुले हेप्ने र पेल्ने गर्छन्।" न्याय निशाफमा बाँच्नु र कसैको दयामायामा बाँच्नुमा आकास-पातालको फरक हुन्छ।
सन् 1559 मा राणाहरुको भरिया करिया भएर नेपाल भित्रिएका जनजातिहरुको निमित्त भने यो संस्कार लागु हुन्छ र माग्नु ठीक ठहरिन्छ पनि। आफुसंगै शरणार्थी भएर भित्रीइएकाहरु यो देशको मालिक भएपछि मालिकसंग माग्नु र कहिले काहीं यति पुगेन भनेर ठाक-ठुक गर्दै निहुँ खोज्नु स्वाभाविक पनि हो। तर टेर्नु या नटेर्नु, कति दिनु पर्ने या नदिनु पर्ने हो यो कुरा चाहीं मालिकमा भर पर्नु पर्ने हुन्छ । मालिक खुशी भयो भने दिन्छ, खुशी छैन भने दिंदैन। यसपाली भने जनजातिहरुले मालिकलाई खासै खुशी पार्न सकेको रहेनछ भन्ने कुरा यिनीहरुले गरेको आन्दोलनले स्पष्ट देखायो ।तर नेपालको मुलवासी मंगोलहरुले पद र पैसाको लोभमा जनजाति-आदिवासी बन्नु हुंदैन र स्वीकार्नु हुँदैन। हामी नेपालका मुलवासी मंगोल भएर बाहुनक्षेत्रीहरुले दिएको दया मायाको चारो खोजेर खानु सुहाउँदैन। यो संस्कार मंगोल समाज भित्र पर्दैन। यदि पद र पैसाको लोभमा फसेर जनजाति-आदीवासी स्वीकार्यो भने आउने छोरा-छोरीले धिकार्ने मात्र होइन अवश्य थुक्नेछन्। यो यथार्थतालाई मुलवासी मंगोल युवा-युवतिहरुले बुझ्न अति जरुरी छ। नत्र भिडमा जाने गोरुलाई बिचरा भन्न सकिएला तर काँध थाम्न चाहीं सकिंदैन। जनजाति-आदिवासी बिध्यार्थी र कर्मचारीको कुरा मात्र होइन, बाहुनक्षेत्रीहरुले मन्त्री र सांसद बनाएका आदिवासी-जनजाति नेताहरुको हालत पनि भालुको कम्पट जस्तो छ। बाहुनक्षेत्रीको दल र नेताहरुले जे भन्यो त्यही मान्नै पर्ने , जे अरायो त्यही गर्नै पर्ने स्थितिमा बांच्नु परेको हुन्छ। सांचो कुरा बोलौ त मालिक रिसाउने डर , नबोलौं त पद र पैसा अर्कैले खाइ दिने डर। जै मंगोल !
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology