बुधबार 23 अक्टोबर 2019

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

"झ्यास घारिमा अल्झिएर बाचेकी ग्वाटेमालाकी रेगोबेर्टा मेन्चु"

रिन्चेन दाेर्जे तामाङ | 5 अगस्ट 2019

"झ्यास घारिमा अल्झिएर बाचेकी ग्वाटेमालाकी रेगोबेर्टा मेन्चु"

संसारभर अगष्ट 9 लाई बिश्व मूलबासी दिवस भनेर मनाइन्छ । किन मनाइन्छ त ? को हो रेगोबेर्टा ? रेगोबेर्टा मेन्चुको पुरा नाम रेगोबेर्टा मेन्चु टम् हो जसको जन्म 09 जनवरी 1959 मा ग्वाटेमालाको एउटा गाउँमा भएको थियो । उनलाई ग्वाटेमालामा मूलबासीहरुको हक अधिकार, समानता र सांस्कृतिक आन्दोलनमा खेलेको भुमिकाका कारण 1992 मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो । उनलाई बिश्वभरबाट बिभिन्न पदाबी तथा सम्मानहरु पनि प्रदान गरिएको छ । रेगोबेर्टा UNESCO को Goodwill Ambesdor पनि हुनुभयो । सन् 2007 र 2011 मा ग्वाटेमालाको राष्ट्रपति पनि हुनुभयो । उसले ग्वाटेमालाको मूलबासीहरुको निम्ति खेलेको भुमिका र उनले पाउनु भएको नोबेल शान्ति पुरस्कारको अवसर पारेर संयुक्त राष्ट्र संघले 09 अगष्ट 1994 मा "विश्व मूलबासी दिन" मनाउने घोषणा गरे सँगै यो दिनको सुरुवात भएको हो । नेपालमा जसरी 10 बर्षे कथित युद्ध भयो हजारौ मूलबासी तथा सर्वसाधारण जनताले ज्यान गुमाए । त्यस्तै भएको थियो ग्वाटेमालामा पनि । रेगोबेर्टाले पनि ग्वाटेमालामा 1960 देखी 1996 सम्म भएको गृह युद्धमा आफ्ना बुवाआमा भाइ लगायत धेरै आफन्तहरु गुमाएका थिए । उक्त युद्दमा उनको सबै आफन्तहरु हत्या हुदा झ्यास घारिमा अल्झेर उसको जीवन सुरक्षित भएको थियो झ्यास घारिबाट शासकहरुको आखा छेल्दै चियाएर हेर्दा भ्याकुर मराइ गरि उनको आफन्त हरु मारेको भयावह दृश्य आफ्नै आखाले देखेकी थिइन । त्यही गृहयुद्धमा रेगोबेर्टा उन्नाइस बिस बर्षको उमेरदेखी सक्रृय रुपमा लाग्नु भएको थियो । करिब २१ बर्षको उमेर 1980 मा रेगोबेर्टा किसानहरुको स्तर उन्नती गर्नु पर्ने तथा महिला आन्दोलनको नेतृत्व गर्दै ग्वाटेमालाको राजधानी ग्वाटेमाला सिटिमा 1981 मा भएको बिशाल प्रदर्शनमा सकृय भूमिका निभाउनु भएको थियो । त्यहि प्रदर्शन पछि उनि मेक्सिकोमा निर्वासनमा जानु पर्यो जसले उनको जिन्दगीमा नयाँ मोडको सुरुवात गरिदियो । अर्को महत्वपूर्ण कुरा भयो रेगोबेर्टाको जिवनमा र बिश्व मूलबासीहरुको आन्दोलनमा । उनले भनेको जीवन काहानिलाई पुस्तकको रुपमा प्रकाशित गर्यो जसको नाम थियो "म रेगोबेर्टा मेन्चु" । जुन किताब भित्र आफ्नै आँखा अगाडि भएको आमाबुवा आफन्त हरुको नरसंहार भएको र संघर्षको कथाहरु समेटिएको यो किताब जब बाहिर आयो तब बिश्वको ध्यान केन्द्रित गर्यो र संसारले चासोका साथ लिए जुन बिश्वब्यपिकरण भयो । उसले 1986 मा संगठनको संयोजक हुनुभयो त्यही बर्ष एउटा शसक्तपूर्ण फिल्म "when the mountains Tremble" मा व्याखातको भूमिका पनि निभाइन । रेगोबेर्टा बिश्व मूलबासी आन्दोलनको एउटा प्रेरणा हो, आर्दश हो । उसको शान्तिपूर्ण र सशक्त आन्दोलन कै कारण आज बिश्वका मूलबासीहरुले गर्व गर्न पाएका छन् । शिर उचो पारेर बिश्व मूलबासी दिवस मनाउन पाएका छौं । जसरी मंगोल नेशनल अर्गनाइजेशन र संस्थापक प्रेसिडेण्ट डा. गोपाल गुरुङले देखाउनु भएको बाटो छ त्यसै गरी रेगोबेर्टाले पनि बिश्वका मूलबासीहरुलाई एउटा मार्ग देखाउनु भएको छ । त्यसै गरी उहाँले पुराउनु भएको योगदान, कार्यहरु हामि नेपालका अहिन्दु मूलबासी मंगोलहरुको लागि पनि प्रेरणादायी बन्न सकोस सफलता मिलोस । जै मंगोल

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्