लामा थुप्तेन श्यार्वा | 6 फेब्रुअरी 2019
हामी डा.गोपाल गुरुङलाई नेपालकै नेल्सन मण्डेला किन पनि ठान्छौं भने दक्षिण अफ्रिकामा नेल्सन मण्डेलाले दक्षिण अफ्रिकामा भित्रेका गोरा आर्यनहरुले आफूहरुसंग बाइबल मात्र लिएर भित्रे पछि क्रमशः क्रुर दमन र हत कण्डा मच्चाउँदै गए दक्षिण अफ्रिकी काला मुलवासीहरु माथी । तिनीहरुको सबै थोक लुटी तिनीहरुकै मुलुकमा कालाहरुलाई दास बनाए,गोराहरु मालिक बने, क्रुर शोषक बनी शासन गरे, एकलौटी रुपमा शासन गरे 350 बर्ष सम्म । मुलवासी कालाहरुको हकअधिकार र मुक्तिको निम्ति नेल्सन मण्डेलाले कठोर प्रयास गर्नु पर्यो । त्यसै माथी जेल भित्र पनि कठोर यातना सहनु पर्यो तर झुकेनन् बीर योद्धा मण्डेला । गोरा आर्यनहरुले नेल्सन मण्डेला र उनको आवाज रोक्नको निम्ति उनको पाईला रोक्नको निम्ति हत्या काण्ड मुद्दामा फसाउने भरमग्दुर प्रयास पनि गरे । नेपालमा जस्तै सस्तोमा बिक्ने लोभी पाखण्डी र हड्डीमा लोभिनेहरुको जमातलाई अलिकति खर्च दिएर लालच देखाउँदै विभिन्न राजनैतिक दल र संस्थाहरु खोल्न लगाए नेल्सन मण्डेलाको बिरोधमा गोरा आर्यनहरुले । तर कालान्तरमा गोरा आर्यनहरुको ती काला कर्तुतहरु एक पछि अर्को गर्दै फेल खाँदै गए । दक्षिण अफ्रिकामा 20% गोराहरुले 80% त्यहाँका मुलवासी अफ्रिकीहरु माथी रंगभेदी नीति (Apartheid) अपनाएर क्रुर शोषण र शासन गरे । नेपालमा पनि बाहुनक्षेत्री (हिन्दु आर्य) भारतको कुमार, गडवाल, काँसी, बनारस, राजस्थान तिरबाट मुसलमानको पेलाई र खेदाइमा परेर यहाँ भित्रेका हुन् । कालान्तरमा यिनै शरणार्थीका पुस्ताहरुले क्रुरता पुर्बक बिभिन्न षड्यन्त्र, हत्याकाण्ड मच्चाउँदै र षड्यन्त्रको विषालु कपटहरु द्वारा यहाँका मुलवासी अहिन्दु मंगोलहरुको सर्वस्वहरण गर्दै एक लौटी लुटाईमा मस्त रहेका छन् । हिन्दु आर्य (बाहुन-क्षेत्री) कोही-कसैले नसोचेको, कसैले लेख्ने, बोल्ने आँट गर्न नसकेको अत्यन्त रहस्यमय ढंगबाट लुकाईएको सत्य-तथ्य डा.गोपाल गुरुङले कहिले जेल परेर, जेल भित्र पनि मानसिक बज्रपात सहेर, कहिले भुमिगत भएर, कहिले बिदेशिएर यी तथ्यहरूको पर्दाफास गरि दिए । अत्यन्त निर्भिकताका साथ प्राणको बाजी लगाएर भए पनि अघि बढी रहे कहिले नेपाली राजनीतिमा अदेखा सच्चाई (Hidden facts in Nepalese politice) लेखेर कहिले अस्तित्वको खोज मंगोलको र एमएनओमा पिएचडी (In Quest of Mongol Entity and PhD on Mno) लेखेर कहिले नेपाली राजनीतिमा मंगोलवाद-बाहुनवाद-माओवाद (Mongolism-Bahunism-Maoism in Nepalese Politics) जस्ता राजनीतिक पुस्तक लेखेर र कहिले कैयौँ लेख लेखेर, भाषणहरु र राजनैतिक क्लासहरु दिएर चीर निद्रामा कुम्भकर्ण भएर निदाई रहेका र हिउँले बिताउने, आगोले पोलेको थाहा नै नपाउने -आँफै संग हिडीरहेका ब्वाँसाहरुलाई ठिम्याउनै नसक्ने स्थितिमा पुराई सकिएका मुलवासी मंगोलहरुलाई बिउँझाउने, उठाउने, जुटाउने क्रममा कुनै पनि कसर बाँकी राखेका छैनन् । डा.गोपाल गुरुङले कहिले काहीँ भन्ने गर्नु भए झैं 5 सौं बर्ष सम्मको हिन्दु साम्राज्यवादी बिदेशीको शासन र शोषणले हामीलाई धनको मात्र होइन शिक्षा, बुद्दि, र विवेकमा पनि दरिद्र बनाई सकेको छ । त्यहीँ दरिद्रका कारण कातर, आशामुखी, दयामायामा (अधिकारमा होइन) बाँच्न रुचाउने बनाई सकेको छ । यस्तो लथालिंग स्वभावमा अस्तित्व त कल्पना बाहिरको बिषय बनाई दिएको छ । जै मंगोल
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology