बुधबार 24 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

कोशिस त गरि हेर संसार जित्ने छौ

mongolvision | 21 अक्टोबर 2021

कोशिस त गरि हेर संसार जित्ने छौ

 

क्षृषा तामाङ

मेरो घरमा दुई वटा कुकुर छ,
अनि छिमेकमा दुई वटा बच्चाहरु ..।
जब बच्चाहरु नजिक आउन खोज्छन्  कुकुरहरू भुक्छ्न ।
अनि म भन्छु ,
कुकुरहरूलाई माया गर्ने कोशिस त गरि हेर ।

मेरो ठुली दिदिको एउटा सानी छोरी छे ,
हाल कक्षा छ मा पढ्छिन ।
अनि मलाई कहिलेकाही प्रश्न गर्छे ,
आन्टी म ठूलो भएर डाक्टर बन्न सक्छु होला त !
अनि म भन्छु ,
डाक्टर बन्ने कोशिस त गरि हेर ।

मेरो बहिनी पनि छ, हाल कक्षा एघार मा पढ्छे ।
अस्ति भर्खरै वेलकम प्रोग्राम भएको थियो अब फेरवेयल हुन्छ भनी ..।
अनि मैले भने नानू तिमी छोटो स्पिच देउ न त !
बहिनीले भनी अगाडि गएर बोलेको छैन सार्है डर लाग्छ ,
अनि मैले भने कोशिस त गरेर हेर ।

मेरो बाल्यकालको अत्यन्तै मिल्ने साथी ,
उसले सानै उमेरमा धेरै दुख कष्ट भोग्नु पर्यो ।
अस्ति मात्र हाम्रो भेट भएको थियो ,
उसले मलाइ भनी ......जीवनमा एति धेरै उतारचढाव आए कि म ती कहालीलाग्दा दिनहरुको एउटा पुस्तक प्रकाशन गर्न चाहान्छु ....।
अनि मैले भने कोशिस त गरि हेर ।

मेरो ममि उमेरले अधबैंसे हुनुहुन्छ र
मलाइ बेलाबेलामा भन्नू हुन्छ ,
छोरी म अझै मेरो जीवनमा केही नया गर्न चाहान्छु,
म भित्र एउटा चाहाना उजागर भएर आउँछ ।
खै कुन चिजले मलाइ रोके जस्तो आभास हुन्छ ,
ममिको यो अन्तर हृदयको आवाज सुनी सकेपछी मैले ममिलाइ भने ।
हामी जब सम्म जिवित छौ तबसम्म हाम्रा इच्छा र चाहना पनि जिवित हुन्छन् ...।
त्यसैले कोसिस त गरेर हेर्नू  ।

मेरो पनि एउटा सपना छ ,
विश्वको सबैभन्दा अग्लो सर्वोच्च शिखर चोमोलुङ्मा ( सगरमाथा ) चुम्ने,
र त्यस शिखरमा मंगोलको झन्डा फरफराएको हेर्ने ।
के यो सम्भव छ ??
अनि मैले आफैले आफ्नो मनलाइ भने ,
कोसिस त गरि हेर .....।

मानिस को जीवनमा दिन पछि रात हुन्छ,
जाडो पछि गर्मी त्यसैगरी दुख पछि सुख ..।
जीवनको यो लामो सफरमा ,
अनेकौ उतार चडावहरु आउछन्  ।

त्यसैले हामीले कुनै पनि काम गर्नुभन्दा,
अगाडि हार मान्नु हुदैन ।
एकदिन अवश्य हाम्रा इच्छा,
चाहाना र सपनाहरू साकार हुन्छन् ।
त्यसैले तिमी पनि आजै देखि,
कोशिस त गरि हेर संसार जित्ने छौ ...।

                                                      

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्