Laasim Hang Mongol | 20 जूलाई 2019
कन्दने चन्दने भात खांदा धोति फेरेर खाने र अभावमा भाउ पाएका भनेर युगपुरुष अमर डा. गोपाल गुरुङद्वारा भाषण गरेको सुनेंको थिएँ। त्यस्तो प्रकारले के भन्नु भएको होला! जस्तो लाग्थ्यो तेतिबेला। यसबारे गहिरो खोज-अनुसन्धान गर्दा बल्ल अहिले स्पष्ट हुँदैछ। खासमा कन्दनीको काम कम्मरमा (Belt) पेटी नहुंदा काम चलाउने साधन मात्र रहेछ। (Belt) पेटीको कब्जा घर अथवा सिस्टम हुन्छ र सिस्टम अनुसार प्रयोग गरिन्छ। Belt पेटीको जस्तो सिष्टम भएका नेताहरु प्राय जसो सिष्टममा हिडेको,सिष्टममा बोलेको,सिष्टममा खाएको भेटिन्छन् । तर कन्दनीको त सिष्टमै हुंदैन। कन्दनेको जस्तो सिष्टमै नभएपछि काम चलाउ सरकारले जस्तो जे-जे मनमा लाग्यो त्यही-त्यही गर्नु पर्दो रहेछ। कन्दनी लाउने नेताहरु प्राय: सबैले किन सिष्टम नागेर जथाभावी बेटुङ्गोले बोल्छन, लेख्छन, हिंड्छन,खान्छन्? यसको मुलकारण भनेको कन्दनीको जस्तै सिष्टम नभएर नै रहेछ। कन्दनीको जस्तो सिष्टमै नभएको अभाउमा भाउ पाएका नेताहरुले देश चलाउन्जेल यस्तै हो लथालिंग देशको भताभुंग चाला। प्रसंग बदलौं तिलोत्तमा नगरपालिका स्थित सिद्धार्थ मार्गमा राखिएको बुद्धको 5 वटा मुर्तिहरु अज्ञात समूहले तोडिदियो भनेर अहिले बौद्ध अनुयायीहरु रोइकराइ गर्दैछन्। यहाँ तोड्ने र जोडने, रुने र रुवाउने संस्कार र संस्कृति हिजोदेखि निरन्तर चलिनै रहेको छ। यो अहिलेको नयां रोग भने पक्कै होइन,यो पुरानो दिर्घकालिन रोग हो। डा. गुरुङ ज्युले भने जस्तो जब सम्म यो देशको मुलवासी मंगोलहरु मतवालीले जस्तो एकछिन 12 फुट जति बुरुक्क उफ्रेर लुरुक्क पर्छन् तब सम्म हाम्रो समस्या ज्युँका त्युँ नै रहन्छ। यसको दिर्घकालिन समस्या समाधानको बिकल्प भनेको पहिलो झमटमा फराकिलो बिचारले बुद्धलाई आफनो, आफन्त र महान पुर्खा हो भनेर बुझ्न र चिन्न अत्यावश्यक छ। रिसाएर, चिच्याएर र बद्लाको भावना लिएर केही हुने वाला छैन। रीस र बद्लाको भावनालाई कन्ट्रोल गरेर रिसलाई रुपान्तरण गर्न सक्नु पर्दछ। रीसलाई रुपान्तरण भन्नाले म अम्बेडकरले जस्तै लाखौं लाख मुलवासी मंगोलहरुलाई बौद्ध अनुयायी बनाउंछु भनेर दर्हो संकल्प गर्नु पर्दछ। संकल्प लिइ सकेपछि पुरा गर्ने तर्फ कदम चाल्नु पर्छ।गुम्बामा बसेर, भिख मागेर, घ्यावा गरेर नमो बुद्ध-नमो बुद्ध भन्दै बसेर मात्र बुद्धले यो देशमा न्याय पाउन सक्दैन। बुद्धको सन्देश लिएर गाउं वस्ति, कुना कन्दरा पुर्याउनु पदर्छ। बुद्ध को बारेमा लेखिएको झुठो इतिहास सच्याउनु पर्छ। तव मात्र रोग बल्झिदैंन र सदा-सदाको निम्ति निको हुन्छ।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology