शुक्रबार 26 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

खाेक्राे राष्ट्रवादकाे नारा लिएर जनताहरुलाई काेक्राेमा सुताउने प्रयत्नकाे दिवास्वप्न नदेखे हुन्छ ।

Dhanmaya Tamang | 28 जून 2020

खाेक्राे राष्ट्रवादकाे नारा लिएर जनताहरुलाई काेक्राेमा सुताउने प्रयत्नकाे दिवास्वप्न नदेखे हुन्छ ।

नेपाल र भारतामा हिन्दुवादकाे चंगुलले जेलिसकेकाे कारण यतिबेला भारतमा राष्ट्रिय स्वयसेवक अर्थात रअ (Rss) काे कारण त्यहाँका गैर हिन्दु मुलनिवासीहरुलाई अक्राेशित पार्ने षड्यन्त्र सगै त्यहाका सजग र सचेत मुलनिवासीहरुले त्यसकाे विराेध गर्न सक्ने भएकाे छ । तर अझै नेपालमा तिनैले गाेटी चालेका भरमा चल्ने हिन्दु अार्य बाहुन क्षेत्रीले चालेका षड्यन्त्रकारी नितिमा भने साथ र सहयाेग गरेर ताली पिट्दैछन् । जसमा धेरैजसाे मंगाेलकाे मकुण्डाे र बाहुन र क्षेत्रीकाे भकुण्डो बन्नेहरु नै रहेका छन् । सन् 1495 मा भित्रिएका काला हिन्दुअार्य बाहुनक्षेत्रीकाे लहैलहैमा लागेर मुलुकलाई बन्धक बनाईरहेका छन् । भारतकाे तुलनामा नेपालका मुलबासी मंगाेलहरुकाे चेत अझै खुल्न बाँकी रहेका छन् । जसकाे कारण खाेक्राे राष्ट्रवाद र राष्ट्रघातलाई विषय बनाएर वितण्डा मच्चाएर फेरि भुलाउने र भाेटर बैंक सुरक्षित राख्ने षड्यन्त्र रच्दै छन् । जसरी हुन्छ, अालाेपालाे बाहुन क्षेत्रीकै हातमा नेतृत्व हुनुपर्छ त्यसैले काेही विराेध गरेजस्ताे गर्ने काेही सपाेर्ट गरेजस्तै गरेर काले काले मिलेर खाँउ भाले भन्ने दाउमात्र गरिरहेकाे छ । तर नेपाल र भारतमा शाषणसत्ता विदेशीहरुकाे हातमा रहेकाले जति नै खाेक्राे राष्ट्रवादकाे नारा लगाए पनि वास्तविक राष्ट्रवाद झल्किएकाे देखिदैन । सन्दर्भ नेपालकै लिगाै नेपालमा कुर्सीमा टाँसेर बसेका हिन्दु अार्य बाहुनक्षेत्रीले हजारथरीकाे राष्ट्रवादकाे खाेक्राे नारा विगतदेखि हलसम्म लगाईरहेका छन्, जसले गर्दा यहाका ईमान्दार र कर्मठ मुलबासी मंगाेलहरुलाई काेक्राेमा सुताउन सकेका थिए । नेपाली जनतालाई जतिसुकै संकट अाअाेस् तर अनेकथरीकाे नाटक र नाैटाङ्कि सहितकाे प्राेपाेकण्ड मच्चाउन पछि पर्दैनन् । तर विडम्बना प्रयाेगमा अाउने धेरैजसाे मंगाेलकै अनुहारहरु देखिँदा दया लागेर अाउछ विचराहरुलाई अाफ्नाेपनाकाे महसुस वा अनुभूति गर्ने चेतना भईदिएकाे भए सायद अाफ्नै भावी सन्तान र सन्ततीकाे भाविष्य निर्माणमा जुट्थेहाेला नाकि मालिकले फ्याकेका हड्डी चुस्न बाध्य हुदैनथ्यो हाेला । जति दया लागेपनि रावणकाे दुष्ट भाई विभिषणकाे जस्तै पात्र बन्नेहरुलाई न्याय पाउन धेरै गर्हाे छ । मुलुकमा एकपछि अर्काे प्राेपाेकण्डहरु मच्चाउदै सत्ता टिकाउन खाेक्राे राष्ट्रवाद देखाउछ, बेलाबेलामा त्यसैमा मख्ख भएर जति भ्रष्टाचार र अनियमितता गरे पनि तिनकाे विरुद्धमा एकदिन माईतीघरमा विद्राेह गरेर अातङ्का मच्चाउदै विलय गराउने नीति अहिलेकाे हाेईन विगतदेखिकै हाे । तर त्यस्ता विद्राेहीहरु तिनैका मिलेमाताेमा उफ्रेकाे हुन्छन्, यस्ता तत्वहरु मुलुकमा रहेसम्म मुलुकले सही दिशा लिने परिकल्पना गर्न सकिँदैन । मुलुककाे समस्याकाे जड नै वर्णभेदी नीतिका साथै बाहुनवाद र हिन्दुवादलाई मलजल गर्ने तत्वहरु नै हुन् । यस समस्याकाे जड जारैदेखि उखेलेर नफालेसम्म मुलुकमा भ्रष्टाचार, बलात्कार, हत्या हिंसा, असमानता, बेथिति लगायत उचनिच, भेदभाव र विभेदकाे नियन्त्रण गर्न सकिँदैन । किनभने मुलुकमा विगत 461 वर्षदेखि मनुवादी साेचका हिन्दु अार्य बाहुनक्षेत्रीहरुले हैकाम चलाईरहेका छन्, जसले गर्दा जनता जति नै समस्यामा परेपनि अनियमितता र भ्रष्टाचार राेकिदैन यहाँ, याे सबैले अाँकलन गरिरहेकै कुरा हाे । जहिलेपनि जनताकाे अाँखामा छाराे हालेर भुलाउने र कुम्लाउनेबाहेक केही गरेका छैन । तर विगतदेखि जुन षड्यन्त्र अपनाएर अहिलेसम्म मुलुक बन्धक राखेर लुट्ने धन्दा चलाएर तिमिहरु माेटाउन सफल भयाे अब त्याे दिवस्वप्न नदेखे हुन्छ । भारतका मुलनिवासी मंगाेलहरु जागेसँगै नेपालकै मुलबासी मंगाेलहरु पनि दिन दुईगुना रात चारगुना भएर जाग्ने क्रम बढ्दाे छ, चेतनाका स्तर वृद्धि गरेर अस्तित्वको निम्ति वैचारिक रुपले क्रान्ति गर्न हाेमिदै छ । सचेत र सजग मुलबासी मंगाेलहरु अब तिमिहरुकाे खाेक्राे राष्ट्रवादकाे नारामा काेक्राेमा विगतमा जसरी सुतिदैन, ब्युझिदैछ, अाफुले अाफुलाई चिन्दै छन्, तिमिहरुले शासन सत्ता टिकाउन रचेका षड्यन्त्रकाे मुकाबिल गर्न तत्पर भईरहेका छन् । हिजाे तिमिहरुले अपनाएका फुटाउ र राज गर नितिलाई चिनेर भाईचाराकाे सम्बन्ध गाँस्दैछन् । एकताबद्ध भएर जुर्मुराउदैछ, अाफ्नाे भावी पुस्ताकाे उज्ज्वल भाविष्य निर्माण गरेर रमाईलाे र घमाईलाे बनाउन जस्ताेसुकै संघर्ष गर्न तत्पर भईसकेका छन् । हिजाेसम्म पेटकाे भाेकले भाैतारिदै गर्दा तिमिले भुलाउन सकियाेहाेला तर अहिले अस्तित्वकाे भाेकले भाैतारिएकाे शक्तिलाई भुलाउने सपना नदेखे हुन्छ । वास्तविक राष्ट्रवाद मुलबासी मंगाेलहरुकाे रागतकाे कणकणमा बगिरहेकाे छ । त्यसैले सम्पुर्ण मुलबासी मंगाेलहरुकाे उदाउदाे शक्ति मंगाेल नेशनल अर्गनाइजेसनलाई अझै शक्तिशाली बनाउनका निमित सम्पुर्ण मुलबासी मंगाेलहरुले साथ र सहयाेग गर्ने समय अाएकाे छ । जै मंगाेल ।।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्