बिहिबार 2 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

लिडरशीप गर्नेले कठिन परिस्थितीमा कठाेर पाइला चाल्नुसक्नु पर्छ

Buddha Lal Meche (President-MNO) | 28 जनवरी 2019

लिडरशीप गर्नेले कठिन परिस्थितीमा कठाेर पाइला चाल्नुसक्नु पर्छ

एमएनओ फाउण्डर प्रेसिडेण्ट युग पुरुष अमर ड. गोपालगुरुङ ज्युले बारम्बार भन्नु भएका कुराहरु :-

(1) लिडरसीप गर्नेले कठिन परिस्थितिमा कठोर पाइला चाल्नु सक्नु पर्छ र आवश्यकता अनुसार फुल जस्तो कोमल पनि हुनु पर्छ ।

(2) प्रत्येक कार्यकर्ताहरुले आफनो घरलाई एमएनओको स्कुल बनाउनु पर्छ, ताकी हिन्दुवादी संस्कारको बाह्र हाते टांगोले पनि छुन नसकोस।

(3) एमएनओ खत्तम गर्न खोज्ने दुश्मनलाई दुधमा परेको झिंगा टिपेर फ्याँके जस्तै टिपेर फ्याँक्नु पर्छ।

(4) क्रान्तिकारी हुन सक्ने र नसक्ने आफू हुर्किएको घर, समाज र वातावरणले प्रभाव पार्छ।

(5) क्रान्ति आफनै घरबाट शुरु गर्नु पर्छ, तब मात्र अघि बढ्न सकिन्छ ।

(6) आमा-बुबा एवम् गुरुले सुनाएर सुनेको, सिकाएर सिकेको र घटेका घटनाहरुको अनुभवले भविष्य निर्धारण गर्छ।

 (7) यो चुनाव हामीले जित्ने चुनाव होइन। बाहुनक्षेत्रीले बाहुनकक्षेत्रीलाई चुन्ने चुनाव हो। त्यसपछिको चुनावदेखी मात्र हामीले जित्न थाल्छौं।

          आज भोलि डायरी पल्टाउंदा उक्त कुराहरु भेट्छु अनि झलझली सम्झिन्छु तेतिबेलै वहाँले दुरदर्शीतापुर्ण तवरले गहन कुराहरु भन्नु भएको थिएछ । जति-जति संगठन मजबूत बन्ने समय नजिकिदै गएर परिस्थितिले च्याप्न थाल्यो तब भने झसङ्ग हुँदैछु । खैर! जे होस, धन्न सुनेर उनेर राखेको थिएँ र पो अहिले काम लाग्दैछ। एक कानले सुनेर अर्को कानले तुनेको थिएँ भने चौपट हुने थिएछ। सत्यको धन सत्यनै हुँदा रहेछ। दाउरा चीर्नु मुडाको, अर्ति सुन्नु बुढाको भन्ने उखान त्यसै बनेको होइन रहेछ । घर-घरलाईनै एमएनओको स्कुल बनाइनु पर्छ भन्नुको कारण हाम्रो समाज हिन्दुवादी संस्कारले ग्रसित छ । हाम्रो र राम्रो पक्षमा बोलिदिने, लेखिदिने र प्रचार-प्रसार गरिदिने मिडिया छैन । मिडिया जति सबै हिन्दुवादीहरुको बडाइ-चढाई गर्नेहरु मात्रै छन् । यी मिडियाहरुले हाम्रो कुराहरु लेखी हाल्यो अथवा बोलि हाल्यो भने पनि बिगारेर तोडमोड गर्दै हाम्रो समाज र मान्छेहरुमा भ्रम सिर्जना हुने किसिमले गलत समाचार लेख्ने गर्छ र बोल्छ। हिन्दुवादी संस्कारले ग्रसित हाम्रो समाज र मान्छेहरुको Brain Wash गरेर वास्तविक यथार्थ एमएनओको DNA software मा घुसाउन अत्यावश्यक छ । तब मात्र परिणामहरु हात पर्न थाल्छ । तसर्थ सबै मंगोल कार्यकर्ताहरुले आ-आफनो घरलाई एमएनओको स्कुल बनाउनु पर्छ र पढाइ शुरु गर्नु पर्छ । क्रान्ति आफनै घरबाट शुरु गर्नु पर्छ । भन्नुको अर्थ सबै भन्दा पहिले घर परिवारका सदस्यहरुसँग सरसल्लाह गर्नु,छलफल गर्नु र सम्झाउनु पर्दछ र परिवारका सदस्यहरुले स्वीकार गरे पनि नस्वीकारे पनि म आजदेखि एमएनओको सच्चा सिपाहीं भएको छु है भनेर सबैको सामु decision  लिनु सक्नुपर्छ। त्यसपछि तपाई अघि-अघि हिड्नुहोस् अन्य सदस्यहरु पछि-पछि साथ र सहयोग गर्दै आउने छन्। यसमा तपाई अघि बढ्न सक्नु भयो भने मात्र अन्य सदस्यहरुले साथ दिन्छ। अन्यथा तपाईं आफैं अस्पष्ट भएर अलमलिनु भयो भने साथ र सहयोग पाउनुको सट्टा गालीगलौज, खिसीट्युरी, घृणा, द्वेष मात्र भेट्नु हुनेछ। दृढ इच्छाशक्ति जगाएर लागि पर्नु पर्छ। हिड्दै गरेको गोरेटोमा हरियाली र सुगन्धित फुलहरु मात्र भेटिन्छन् भन्ने कुरा हुँदैन बिभिन्न डाँडा, काँडा, पहाड, पर्बत, हुरी, बतास पनि भेटिन्छ। तिनीहरुले रोक्न-छेक्न खोज्छ । तेस्ता बिग्नबाधा कठिनाईहरु आएमा कठोर कदम चाल्नु सक्नु पर्दछ र समय अनुसार फुल जस्तो कोमल पनि हुनु पर्छ भन्ने कुरा युगपुरुष अमर डा.गोपाल गुरुङ ज्युले बारम्बार भनेर जानु भएकोले खोतल्नु आवश्य ठाने। अन्तिममा के उद्घोष गर्न चाहन्छु भन्दा, क्रान्तिकारी मंगोल योद्धाहरु खोज्नका लागि एमएनओ प्रत्येक गाउँ-घर, वस्ती-झुपडी,डांडा-कांडा,कुना-कन्दरा पुग्ने छ। प्रत्येक मुलवासी मंगोलहरु संग प्रत्यक्ष भेटघाट गरेर भविष्यका बारेमा भलाकुसारी गर्नेछ। मंगोल दर्शन सुनाएर,पुर्याएर साझा शत्रु चिनाउनेछ। चुनाव हाम्रा लागि कति महत्वपुर्ण रहेछ भन्ने कुरा मैले युगपुरुष अमर डा. गोपाल गुरुङ ज्युले भन्नु भएको सुनेर, उहाँले चुनाव लड्नु भएको देखेर र अनुभव गरेर थाहा पाएँ। चुनाव जित्नको लागि मात्र भनेर लडींदैन। चुनाव लड्नु भनेको त आउँदो भावि पिडीहरुको निमित्त मार्गदर्शन प्रशस्त गर्नलाई लडींन्छ। जित्ने चुनाव भनेको छुट्टै माहोल बोकेर आउने गर्दछ। अबको चुनावहरु भनेको एमएनओले जित्ने चुनाव हो। चुनाव जित्नबाट एमएनओलाई कुनै शक्ति र सामर्थ्यले रोक्न सक्दैन। ज्ञात रहोस। जै मंगोल

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्