बिहिबार 25 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

लोकतन्त्रवादी र फासिस्टवादी वीच संघर्ष

Budda Lal Meche | 22 फेब्रुअरी 2020

लोकतन्त्रवादी र फासिस्टवादी वीच संघर्ष

यस समय भारतीय राजनीतिमा फासिष्टवादी र लोकतन्त्रवादी वीच आ-आफना वाद लागू गर्नको निमित्त निर्णायक युद्ध चलि रहेको छ। भारतको समसामयिक राजनीतिक विषयमा थोरै भएपनि चासो लिएर जोड्न किन आवश्यक हुन्छ ? भने, भारतमा भएको हरेक राजनीतिक परिवर्तनले नेपाललाई प्रभाव पार्ने गर्दछ। सन्दर्भ बेपार गर्न आएका गोरा अंग्रेजहरुले इष्ट इण्डिया कम्पनीको नाममा लगभग 1सय 90 बर्ष जति भारतमा फासिष्टवादी शैली अपनाएर राजपाठ गरे। सन 1939-1945 सम्मको दोस्रो विश्व युद्धले बेलायत खुम्चिनु पर्यो। बेलायती उपनिवेशबाट कैयौं मुलकहरुले स्वतन्त्रताको लागि आन्दोलन शुरु गरे। यसैबीच भारतले पनि स्वतन्त्रताको आन्दोलन गरे र सन 1947 मा भारत स्वतन्त्र भयो।

    गोरा आर्य अंग्रेजहरुले भारत छाडेर गएपछि शासनसत्ता भारतको मुलवासीको हातमा नगएर गोरा आर्य अंग्रेज भन्दा अघि भारत छिरेका काला हिन्दु आर्यहरुको हातमा पर्यो। जिन्हा हरतरहले सक्षम हुंदा हुंदै पनि काला हिन्दु आर्यहरुले भारतको प्रधानमन्त्री बन्न बाट बन्चित गरेका थिए। बद्लामा अर्को मुलुक खडा गरेर प्रधानमन्त्री बन्न प्रेरित गर्यो। एवम् प्रकारले गोरा अंग्रेजका विचारधारा बोकेर हिँड्ने र गोरा अंग्रेजको घुसपैठियाहरुले मिलेमत्तोमा धार्मिकरुपले भारतलाई पाकिस्तान र हिन्दुस्तानमा विभाजन गरे। भारतका मुलवासीहरु ट्वाल्ल परेर हेरेको हेरै भए। गोरा अंग्रेजहरुबाट भारत स्वतन्त्र भएपछि न पुर्णरुपले फासिष्टवाद लागू हुन सक्यो न त पुर्णरुपले लोकतन्त्रनै लागु हुन सक्यो। भारत स्वतन्त्रताको आन्दोलनमा एकातिर रगत, पसिना र बलिदान दिने कंग्रेस आईको पक्षमा एक भारतीय समुह थिए भने, अर्को तर्फ गोरा अंग्रेजहरु संग माफी माग्ने घुसपैठिया आरएसएस र मुश्लिम लीग जस्ता समुह थिए। यो वास्तविक यथार्थ कुरा बुझ्न नसक्ने बनाउनका निमित्त र बिद्रोहको आवाज उठाउन नदिनको निमित्त कहिले भारत- पाकिस्तानबीच युद्ध गराए। कहिले हिन्दु-मुस्लिमको अफवाहा फैलाएर साम्प्रदायिक दंगा र हिंसा भड्काए। कहिले आतंकवादी,देशद्रोही र नक्सलाइटको बिल्ला भिराउने ,मार्ने र जेलमा सड्याउने जस्ता घृणित र अमानवीय काम गरे। भारत स्वतन्त्र भएसंगसंगै मुश्लिम लीगका नेता महम्मद जिन्हाले भारत टुक्राएर पाकिस्तान बनाएका थिए । गोरा अंग्रेजबाट भारत स्वतन्त्र भएर घुसपैठियाहरुले भारत टुक्राएको 7 दशक पुग्दा नपुग्दै पुनः अहिले भारतमा काला हिन्दुआर्यहरुको बिरुद्धमा स्वतन्त्रताको आन्दोलन चरमोत्कर्षमा पुगेको छ। यो निर्णायक लडाईंमा गोरा आर्य अंग्रेजहरुले छाडेर गएका फासिस्टवादी छेस्काहरुको अन्याय अत्याचारको भारी भन्दा अम्बेडकरबादी लोकतान्त्रवादीहरुको पल्लाको भारी दिन दुई गुणा रात चौगुना भारी हुँदै गइरहेको छ। गाई, गोबर,मुत्र, हिन्दु, मुस्लिम र पाकिस्तानको मुद्दा उछालेर राजनैतिक संधै सत्ताको सींढी चड्ने फर्मुला फेल हँदै गएकोले काला हिन्दुआर्यहरु अत्यन्त कठिन परिस्थितिमा आइपुगेको छ।

    फासिष्टवादीहरुले न्वारानबदेखिको जतिसुकै षड्यन्त्रको तानाबूना र तिकडम अपनाए पनि नाकाम हुंदै गएको छ। यो दोस्रो भारतीय स्वतन्त्रता आन्दोलनमा अवश्य पनि सत्यको जीत हुनेछ, अर्थात लोकतन्त्रको जीत हुंदैछ। भारतमा आएको राजनीतिक परिवर्तनले नेपाललाई प्रभाव नपारी छोड्दैन। भारतीय काला हिन्दुआर्य फासिष्टवादीहरुले निर्यात गरेका गाई, गोबर, मुत, फुटाउ अनि राज गरको नीति यहाँका हिन्दु आर्य बाहुनक्षेत्री शासकहरुले 10% जति नीति आयात गरेर यहांका मुलवासी मंगोलहरु माथी लाद्ने गर्छन्। तेतिले नै यहाँका मुलवासी मंगोलहरुलाई तह लगाउने काम भएको छ। हिन्दुवादी दासत्वको छाप परेकोले एकताको भावना र अस्तित्वको निम्ति बिद्रोहको आभास भेटिंदैन। वश म त सबै भन्दा ठुलो पो हो त! म मगरातको कुरा उठाउने हो ,म तमुवानको कुरा गर्ने, म तामसालिङ हुँ, म लिम्बुवान, म खम्बुवान, म थारुवान भन्दै गर्व गर्दै बसुन्जेल सम्म हिन्दुआर्यहरुको जातजाति - जनजातिको नाममा फुटाउ अनि राज गर नीति कायमै रहन्छ र शासनसत्ताको बागडोर हिन्दुआर्य बाहुनक्षेत्रीको हातमा रहिरहन्छ। शासनसत्ताको बागडोर जसको हातमा हुन्छ, उसैको हातमा देशको ढुकुटीको तालाचाबी, सेना, प्रहरी हुन्छ। यसोसले नेपालमा पनि लोकतन्त्र,धर्मनिरपेक्ष र प्रान्तीयता बचाउनको लागि यसको जग बलियो बनाउका लागि पनि भारतमा भएको लोकतन्त्रवादी र फासिस्टवादी वीचको निर्णायक युद्दमा लोकतन्त्र वादीहरुले निर्णायक युद्द जित्नु आवश्यक छ। Ideology बिचारवाद भित्र देखिएका लोकतन्त्र ,फासिष्टवाद र मार्क्सवाद विश्व राजनीतिमा देखिएका प्रमुख वादहरु हुन्। (1) लोकतन्त्र-उदारतावाद= राजनीतिमा दिगो शान्ति, सरसहयोग, मेलमिलाप अवलम्बन गरी विवादास्पद बिषयलाई शान्ति प्रकृया द्वारा हल गर्नु नै लोकतन्त्र हो। लोकतन्त्रले युद्द र हस्तक्षेपलाइ अस्वीकार गर्दै स्वतन्त्रतालाइ मुख्य उद्देश्य बनाएर राज्यहरुका विवादलाइ टुंगो लगाउँछ।

    मानव अधिकारको रक्षा, भेदभाव रहित समाज, लोकमतको कदर, स्वतन्त्रता, मानवीय मुल्य र मान्यता, साम्राज्यवाद र विस्तारवादको बिरोध र अन्तराष्ट्रिय संस्थाहरुको उन्नति लोकतन्त्रले गर्दछ। (2) फासिष्टवाद = फासिष्टवादको मुख्य लक्ष्य निरंकुस अथवा एकतन्त्री शासन सत्ता बिस्तार गरी लोकतन्त्रको बिरोध, बहुमतको बिरोध, शान्तिको बिरोध र अति हिंसात्मक अवस्था सृजना गर्नु फासिष्टवादको उद्देश्य हो। साथै यसले जनतामा अन्धो राष्ट्र भावना, साम्राज्यवाद र विस्तारवादलाई जोड दिन्छ। नेपालको सन्दर्भमा अहिले लोकतन्त्रको बिरोधमा भइरहेको घटनालाई उदाहरणको रुप देख्न सक्छौं। र (3) मार्क्सवाद = तल्लो उपेक्षित बर्ग माथी धनी बर्गले जहिल्यै शोषण गर्ने हुंदा क्रान्ति अपार्य छ भन्ने कुरामा जोड दिंदै समाजमा रहेको बर्ग संघर्षले निम्त्याएको बर्गिय असमान्तालाइ सामाजिक पुनरसंरचनाका लागि आवश्यक छ भनेर जर्मनका कार्ल मार्क्सले सन् 1848 मा मार्क्सवाद प्रतिपादन गरेका थिए।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्