मङ्गलबार 23 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

"लाल्टिन बाल्टिन र थोत्रो झोला"

Rajkumar Gurung | 22 अप्रिल 2019

"लाल्टिन बाल्टिन र थोत्रो झोला"

" बिजुली नभएको बेला मट्टीतेलबाट उज्यालोको लागि प्रयोग गरिने उपकरण लालटिन र पानी दुध आदि बोक्ने आलमुनियम रबर आदिले बनेको भाँडो हो बाल्टिन । आजपनि यि बस्तु देखे झस्कन्छु र माहान ब्याक्तित्वहरुको भनाइ बुझ्न् निकै कठिन हुँदोरहेछ भन्ने वास्तविकता महशुस गर्छु । कुरा ९/१० वर्षअघिको हो । यि तिनवटा वस्तुको स्मरणीय पल युग पुरुष अमर डा गोपाल गुरुङ्ज्युसंग जोडीएर आजसम्म मानसपटलमा घुमिरहेको छ । बाहुनवाद अर्थात हिन्दुवादले ग्रस्त यो सुन्दर मंगोलभुमी अर्थात बुद्धभुमि नेपालका लाखौं युवायुवतीहरु बेरोजगारका कारण दिनानुदिन विदेशीन बाध्य छन । सुनौलो सपनाको महल मनभरी सजाएर भनुँ वा दैनिक जीवनका अखट्ट आवश्यकताहरु सहजरूपमा परिपुर्ति गरौंला भन्ने उदेश्यले दैनिक आफ्नो लर्के उमेरको जोशिलो श्रम विदेशीभुमिमा बेच्न बाध्य छन् । यसै शिलसिलामा म पनि ४ वर्से लामो मलेसियाको बसाइँलाई बिट मार्दै जन्मभुमि नेपाल फर्किएको थिए । जब प्रवासी जीवनमा आफ्नो कठोर ड्युटी को बाबजुदपनि आफ्नो अस्तित्वको लडाइँमा प्रत्यक्ष सहभागी थिए र स्वदेश फर्केर पनि अकथित मुलवासी मंगोलहरुको भित्री वेदनालाई आत्मसात गर्दै एकल नश्लिय हिन्दुवाद वाहुनवादको विरुद्धमा लडिरहने अठोट लिएको थिए र सकेसम्म लागिपरिरहेको पनि छु । "मलेसियन तोरी लाहुरे" हुँदा चाइनिजको खटनसंगै छुट्टी र बचेको समयमा मंगोल भिजन रास्ट्रीय साप्ताहि पत्रीका मलेसियाबाट पनि प्रकाशन गर्ने गर्थिउ । सोहि मंगोल भिजन रंगिनमा छापिएको एक अंक बोकेर म मंगोल नेशनल अर्गनाइजेसनका फाउण्डर प्रेसिडेन्ट दुरदर्शि राजनितीग्य डा गोपाल गुरुङ भेट्न उहाँको निजि निवास ललितपुरस्थित बाघडोल पुगे । यो भेट उहाँसंग मेरो तेस्रो पटकको थियो । तर यो भेटमा म दाइको मंगोल दर्शनप्रती एकप्रकारको पागल बनिसकेको थिए ।एक सहयोगीको साथ म गोपाल दाइको घरमा पुगेको थिए। उहाँको रुममा उनलाई देख्नेबित्तिकै दाइको मुहार मलिन जस्तो लाग्यो । अस्तब्यस्त ओछ्यान,भुइँभरी छरिएको विभिन्न रास्ट्रीय दैनिक पत्रपत्रिका । यो देखेर सारै भलाद्मी ब्याक्ती जस्तो लागेन अनि मनमनै सोचे भरखरै श्रीमती बित्नु भाको सुर्तामा हुनुहुन्छ होला तर पछि थाहा भो उहाँलाई बिस्तारै बिरामले च्याप्दै रहेछ ! केहि महिनापछि बिरामले पल्लैछेउ पुगेर फर्किनु भयो । नेपाली समाजको लागी चेतावनीमुखी पुस्तक नेपाली राजनीतिमा अदेखा सचाई लेख्दा जेलपरी जेल बाहिर निस्कदा उपहारस्वरूप ल्याउनु भएको चिनी रोग, छाला रोग,घाँटीको रोगको दवाइ नियमितरूपमा सेवन नगर्दा विस्तारै शिथिल बन्दै जानु भएको रहेछ । श्रीमतीसंगको वियोग त संयोगसंगै भवनात्मकरुपमा वियोगान्तमा परिवर्तन भइसकेको थिएछ । छरपस्ट पत्रपत्रिका मिलाइ टेबुलमा राखिदिए अनि मंगोल भिजनको एक अंक दाइ अगाडि टेबुलमा राखि हामीले मलेसियामा निकालेको हेर्नुहोला भने , प्रतिउत्तरमा दाइले "अब निरन्तर निकाल्नु पर्छ " मात्र भन्नु भयो । दाइको श्रीमती पनि निकै रोगिएर खस्नु भएको रहेछ । फाउण्डर प्रेसिडेन्टज्युलाई बाहुनवादको हेपाहा नीति ,अन्याय थिचोमिचोलाई कसरी अन्त्य गरी बृहत मुलवासी मंगोल नागरिकलाई राजनीति चेतनशील बनाउने जस्ता चिन्ताले टाइमा खानापिना औषधि नखाँदा शरीरमा किटाणुहरु सक्रिय बन्दै जादा त्यस्तो माहान ब्याक्तीको अनुहार मधुरोहुँदै गएको रहेछ । केहि छिनको गफगाफपछि मैले बिदा मागे 'दाइ अब म रुम जाने ' उहाँले मलाई एउटा थोत्रो च्यात्तिएको झोला ,लालटिन र बाल्टिन देखाँउदै भन्नुभयो " भाइ यो पुर्व झापा सम्म लगिदिनु ल , गाउँमा संगठन विस्तार गर्न हिड्दा भाइहरुलाई उज्यालोको लागि काम दिन्छ , बाल्टिन चाँही फिक्कलको एउटा दिलिप भन्ने भाइ छ उस्लाई गाइको दुध बोक्नु काम दिन्छ ,अनि यो झोलामा श्रीमतीको केहि लुगाहरु छ मेरो भाइहरुको आफ्न्तले चिनो सम्झेर लगाए हुन्छ , जलाउन माया लाग्यो " आफु भने तोरी लाहुरे बनेर आको हेर्दा हेन्डसम ब्वाई साथमा न्यु सुटकेस, साइड ब्याक, हातमा महँगो मोबाइल, कानमा इयरफोन अब कता यो झुत्रो झोला त्यसमाथि हातमा लालटिन र बाक्टिन ! एकछिन सोचमग्न बने तर म उहाँको दर्शनमा लछ्प्पै बिझेको रहेछु क्यार नाइँ भन्नु सकिन । गोपाल दाइले श्रीमतीको फोटो इङ्कित गर्दै भन्नुभयो " नाम मात्र उस्को हो युज गरेको छैन ,किन डडाएर खरानी बनाउनु , हाम्रा मान्छेहरु अभावको कारण भनेजस्तो कपडा युज गर्न सक्दैनन् , उनिहरुले मायाको चिनो सम्झेर लगाए केहि फरक पर्दैन " यसो भनिरहँदा मलाई अर्को कुरा स्पष्ट भयो जुन जलाउन ,गाड्न अर्थात पुर्न माया लाग्यो भनेको बस्तु त श्रीमतीको माया भन्दा नि तपाइहामी बृहत मुलबासी मंगोलहरुको अभावसंगको रहेछ । सबै भाग हिन्दुआर्य बाहुनक्षेत्रीले खाइ दे पछि हामी मुलवासी मंगोलहरु त रातदिन दुख गरे नि मिठोमसिनो खान सुकिलो लगाउन नसकिने । नेपालको हरेक सरकारी जागिरमा हेर्ने हो भने२०% खसआर्यहरुले ९८% र ८०% मुलवासी मंगोलहरुले २% मात्र उपभोग गरिरहेकोले मुलबासी मंगोलहरुले हातमुख जोड्न कठोर मेहनत गर्नुपर्ने देखिदैआएको छ । एउटा शिक्षित सम्पन्न परिवारको सदस्य भएपनि गोपाल गुरुङ साधारण जीवन जिउने प्रवृतिका त्यसमाथि एन्टि राजनीति बिना आयको , यो भौतिक दुनियाँमा परिवार खुशीपार्न त कमाए हातमा राखिदिनु पर्यो या सम्पुर्ण व्यवहार आफैले हेर्नु पर्यो नत्र परिवार बेखुस त्यही भएर होला गोपाल दाइ र भाउजूको सम्बन्ध खस्केको रहेछ । जुन कुरा दिल कुमारी सुनुवारले लेखेको शोधपत्रमा पनि बताउनु भएको छ । बहुप्रतिभाका धनी गोपाल दाइसंग यस्ता झिनामसिना झमेलासंग जुझ्ने सामार्थ्य पक्कैपनि भएर नै हो। म हिड्ने बेलामा सबै पिडा भुलेर खुशीसाथ हसिँलो अनुहारमा "भाइ अब बिहे गर्ने होला नि भनेर सोध्नु भयो "२६/२७ को लर्के केटो अब गर्ने हो दाइ भनिदिए - जुन उत्तरले आज पछुतो लागिरहेको छ ।कमसेकम ३५/३६ वर्ष पुगेर मात्र गर्छु दाइ अहिले अस्तित्व खोजको वैचारिक क्रान्तिमा सहयोग पुर्याउने छु भन्नु पर्थेछ ! यति गफगाफपछी म समान लिनु भोलि आउछु भन्दै भाडाको रुमतिर फर्किए ।

     

     जति दुख गरेपनि एउटा घर जोड्नु बिहानबेलुका चुलोमा आगो सहजताले बल्नु जीवनभर हामी मुलवासीहरु प्रवासी बन्नुपर्छ । अर्बपती खर्बपती त सपना नदेखेपनि भयो तर षडयन्त्रकारी बाहुनक्षेत्रीहरु रातारात अर्वपती बन्छन् । हामिलाई पत्तै हुँदैन । यसर्थ हामी अभावमा जिउने बनाइएका मुलवासीहरुले मेहनतको कमाइलाई हिफाजात तथा माया गर्नुपर्छ , बाहुनधर्मले ठगिखाने मेलो बनाएको कुरीति अन्धविश्वासलाई हामीले नै तोड्दै लैजानु पर्छ भनेर नै होला उहाँको श्रीमतीले प्रयोग नै नगरेको तर नाम लागेको केहि कपडाहरु सहित जिम्मा लगाएको लाल्टिन र बाल्टिन तत्कालीन संगठनका मुलसचिव शान्तिलाल धिमालज्युलाई बिर्तामोडमा बोलाई जिम्मा लगाइदिएको थिए । हाम्रो समाजमा अझैपनि चलन नै बनेको छ मरेको मान्छेको समान प्रयोग गरे राती तर्स्याउछ ,लुगा लगायो भने त झन् जिउँदै तान्नु आउछ आदि इत्यादि । यि सबै हिन्दुवादले सिकाएको कुरीति हो भुतप्रेत स्वार्ग नर्क पाप पुण्य भन्दै डर त्रास देखाएर अहिन्दु मुलवासी मंगोलहरुलाई काबुलमा राख्ने सुत्र हो ,ठगिखाने मेलो हो । मलाइ त लाग्छ यदि त्यसरी मरेको मान्छे आउने भए त्यो लाल्टिन बाल्टिन र झोला भित्रको कपडा एकान्तमा बोकेर कुर्ने थिए याने की मट्टी बनेका गोपाल दाईको अनुहार हेर्न पाइयोस् ! आवाज सुन्न सकियोस् !! तर ३३ करोड देवीदेवता पुज्ने गुरुको प्रवचन मुखबाट बच्चा जन्माउने कथन सुन्ने र पत्याउने उस्तै -उस्तै होला ! संसारमा ३ रेसकोमात्र मानव उत्पत्ति छ । हामी मानव हुनको निम्ति मंगोल आर्य या निग्रो एउटा वर्ण भित्र अटाउनु पर्दछ भन्दा खिङ्गुली सोचाइका नेपालका हिन्दुआर्यहरुले यो देशका अहिन्दु मुलवासी मंगोलहरुलाई दर्जनौं जातजातिमा बिभाजन गराइ नाम मात्रको विभिन्न तन्त्रमा मोजतन्त्र गरिरहेका छन् । हामीमाथी हर तवरले मोज गर्न पल्केका यि षड्यन्त्रकारी हिन्दुआर्यलाई यहाका मुलबासिहरुले के मात्र दिएका छैनन् । शरणको बदलामा पाएको उपहार एकपटक जेहन घुमाएर सम्झना गर्नुहोस् - काठमाडौ पढ्न गएका बाहुनक्षेत्री कति जना नेवारी ज्वाईं बनेकाछन, महेन्द्रको जेठो छोरा रविन्द्र हो किन बिरेन्द्र राजा भयो , पढेलेखेका, सुन्दरी ,पैसावाला मंगोल चेलीबेटीहरु मतवाली हुँदैन बाहुनक्षेत्रीलाई । गुरु मानेर दसौंऔला जोडेर नमस्कार गरिनै दिएका छन् ,उनिहरुकै चाडपर्वमा नाचिदिएका छन् , फाँटिलो मलिलो खेतबारी बाहुनक्षेत्रीको नाममा जालसाजी गरेर पुगेको छ,त्यो वास्तै गरेका छैनन् , अहिले पनि भु-माफियाहरु सरकारी सम्पत्ति आफ्नो नाममा सुटुक्क गर्ने दाउ छोपिरहेका छन् , आफ्नै मुलुकमा भाषा लिपिको निम्ति तिरले उनिएका ,रुखमा झुन्ड्याइएका छन् , गुमेको हक अधिकार फिर्ता लिनको लागी कयौं सहिद बनिसकेका छन् । गुलियो भाषण सुनेर नाम मात्रको पार्टी बदल्दै पालैपालो सरकारमा पुर्याएका छन् । कहिलेको नाकाबन्दी त कहिलेको नेपाल बन्द सहेर पनि तिनै महाशयहरुलाई नेता मानिरहेका छन् । तर अब यस्तो भुल हामीले गर्नुहुँदैन । बाहुनक्षेत्रीहरु अन्तिम चरणमा आइपुगेकाछ्न । अल्पमतमा पर्ने डरले बाहुनक्षेत्रीले गत चुनावमा एकता गरे तिनै खसआर्यलाई नेता मान्दै आएका हामीले पुनः बहुमतमा पुर्यायौं । अहिले हिजो बाचा गरेका सर्तहरू उनीहरुको विरुद्ध भएपछि अराजकतत्वहरुलाई मुन्टो उठाउने मौका दिइरहेको छ । बाहुनक्षेत्रीहरुले आफ्नो अस्तित्व धर्म संस्कारको रक्षा लोकतन्त्रमा भन्दा वा धर्मनिरपेक्ष मुलुकमा भन्दा राजतन्त्र र हिन्दुराज्यमा सुरक्षीत हुने देखेपछि अहिले मसानघाटका प्रेतहरुको इशारामा पाल्तु अस्तित्व बेचुवाहरु सल्बलाइ रहेको देख्न पाउछौ। अत:यो मुलुकमा स्थाइ शान्ति दिगो विकास र मुलवासीहरुको आफ्नो गुमेको हक अधिकार फिर्ता गर्दै असली लोकतन्त्र ,धर्मनिरपेक्ष र प्रान्तीयता शासन कायम गरी मंगोल रास्ट्रवाद निर्माण गर्न तपाइ हाम्रो एक-एक मतको मात्र आवश्यक छ । जुन चेतना तपाई हामीमा हुनु नितान्त जरुरी देखिएको छ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्