मङ्गलबार 21 अप्रिल 2026

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

लातको भाषा बुझ्नेले बातको भाषा बुझ्न सक्दैनन्

Buddha Lal Meche (President-MNO) | 31 जनवरी 2019

लातको भाषा बुझ्नेले बातको भाषा बुझ्न सक्दैनन्

इलामको कोलबुङ डाँडामा बाख्राको टाट्नामा स्कूल खोलेर पहिलो चोटी सन् 1952 मा युग पुरुष अमर ड. गोपाल गुरुङ ज्युले आफना अध्यापनको यात्रा शुरु गर्नु भयो । यो यात्रा झापाको बिर्ता जुनियर हाइस्कुलको हेडमास्टर, झापाकै गौरीगन्ज हाइस्कुलको सहायक हेडमास्टर, धरान डिपो स्कुलको मास्टर, पर्बत जिल्लाको 4 हजार पर्बत राँखुको मास्टर हुँदै काठमाडौंका केही अंग्रेजी बिधालयहरुमा मास्टर भएर 1970 मा टुंगियो । त्यसपछि सन् 1971 देखि आफ्नै सम्पादन र प्रकाशनमा न्युलाइट राष्ट्रिय साप्ताहिक पत्रिका निकाल्नु थाल्नु भयो र उहाँको पत्रकारीताको यात्रा शुरु भएर सन् 1984 मा आइपुग्दा अंग्रेजी साप्ताहिक पत्रिका Thunder bolt समेत आफ्नै सम्पादक र प्रकाशनमा निकाल्नु भयो। त्यसपछि पुस्तक लेखनको यात्रा सन् 1985 मा नेपाली राजनीतिमा अदेखा सच्चाई पुस्तक लेखेर प्रकाशन गरेपछि शुरु भयो । एवमरीतले पुस्तक लेखनको निरन्तरता नेपाल र सिक्किमको राजनीतिमा नौलो अछूत जनजाती फिरिङ्गे 1998/अस्तित्वको खोज मंगोलको र एमएनओमा डक्टरेड (पिएचडी) 2001/ र नेपाली राजनीतिमा मंगोलवाद-बाहुनवाद-माओवाद जस्ता चर्चित र कालजयी पुस्तक पहिलो संस्करण 2006/ मा प्रकाशित भएपछि वहाँको पुस्तक लेखनको यात्रा टुंगिनु पुग्यो । शेष यात्रा, शेष प्रश्न र शेष प्राण शिर्षक राखिएको कविता संग्रह, कथा संग्रह, उपन्यास संग्रह, फुटकर कविता र निबन्धहरुको लेखन वहाँ अध्यापनको क्षेत्रमा मास्टर छँदै लेखिसक्नु भएको थियो । अब राजनीतिक यात्रा तर्फ अलिकति चर्चा -परिचर्चा गरौं । नेपाली राजनीतिमा अदेखा सच्चाइ नामक बिद्रोही चर्चित पुस्तक दोस्रो संस्करण 1988 मा प्रकाशित भएपछि युग पुरुष अमर ड.गोपाल गुरुङ ज्युलाई तत्कालिन पञ्चायती राजाको सरकारले दुई वटा राजद्रोही आरोपमा एउटा राजगद्दी ताक्यो र अर्को साम्प्रदायिकता फैलायो भनेर 3 बर्ष जेल कैदको फैसला सुनायो । तेसपछि अगष्ट 30-1988 मा जेल चलान हुनु भयो । जेल गएको 4 महिनामा 1 जनवरी 1989 को दिन काठमाडौंको भद्रगोल जेल भित्र एमएनओ जन्माउनु भयो । र एवम प्रकारले एमएनओ जन्मि सकेपछि एमएनओको संस्थापक प्रेसिडेन्ट भएर वहाँको राजनीतिक यात्रा शुरु भयो । एमएनओ जन्मेको 1 बर्षको अन्तरालमा तत्कालिन पञ्चायती व्यवस्था ढल्न पुग्यो र राजाको सरकारले बहुदल फर्काउनु बाध्य हुनु पर्यो । मुलुकमा बहुदल फर्किए पछि युगपुरुष अमर ड.गोपाल गुरुङ अप्रिल 13-1990 मा जेलबाट रिहा हुनु भयो । जेल जाँदा वहाँ 53 बर्षको हुनुहुन्थ्यो भने 55 बर्षको उमेरमा निस्किएर आउनु भयो । भनिन्छ इख बेगरको मान्छे र विष बेगरको सर्प काम लाग्दैन । इखलाई ब्यक्तिगत रिसिविइ तथा स्वार्थमा प्रयोग नगरेर सामुहिकरुपमा प्रयोग गर्न सके सबैको हितार्थ बन्न सक्छ । र तिनै इखलाई संकल्पको रुपमा रुपान्तरण गर्न सके जीवन सार्थक बन्छ भन्ने यथार्थ कुरा युग पुरुष अमर ड. गोपाल गुरुङ ज्युको जीवनमा घटेका घटना, उहाँले लिनु भएको संकल्प र गर्नु भएको त्याग र समर्पणबाट जो कोहीले पनि सिक्नु जरुरी छ । जहांनिया राणा शासनमा सर्बसाधारण जनतालाई स्कुल खोल्ने र पढने छुट थिएन । राणा शासन फ्याँकिएपछि जनताको छोराछोरीको आँखा खोलिदिएर शिक्षित बनाउनका लागि पुर्ख्यौली पितृ भुमि नेपाल आउँदा वहाँलाई पहिलो गाँसमा ढुंगा परे जस्तो भान भयो । इलाम कोलबुङमा आफनो बिध्यार्थी आचार्य थरको बिहेभोज खान निम्त्याए पछि सहभागी हुन गएका संगैका शिक्षक बाहुन साथी र वहाँलाई अलग-अलग राखेर बिहेभोज खान दिँदा नखाई उठेर हिड्नु पर्यो । कारण के हो ? भन्दा गुरुङ शुद्रले उपाध्य बाहुन सँग संगै बसेर खानु मिल्दैन भन्ने कुरा थिएछ । गौरीगन्ज हाइस्कुलमा छँदा त्यहाँ भुत राजा महेन्द्र शाहको सवारी भयो । दर्शन भेटको लागि दौरा-सुरुवाल नलाउनेले भेट्न पाउँदैन भन्दै ड.गुरुङलाई लाइनबाटै प्रहरीले हटाई दिए । दर्शन भेट गर्नेहरुको पालो सबैको चाँडै सिद्दि सकेपछि अनेकौं भनसुन गरेपछि मात्र वहाँलाई राजासँग भेट्न दिए । अरुले 1 मिनेट 2 मिनेट मात्र कुरा राजासँग राख्न सक्यो भने ड.गुरुङ ज्युले आफना कुरा 45 मिनेट राजासँग राख्नु भयो । सन् 1971 मा प्रकाशित पहिलो अंक न्युलाइट पत्रिका लिएर आफुले मान्दै आएको मान्छे महानन्द सापकोटालाई भेट्न जाँदा राँकिएर सापकोटाले तपाईहरू जस्तो गुरुङ -मगरले बन्दुक समात्ने हो कलम समात्ने होइन भनेपछि कलमै समात्ने निधो गरेर फर्किनु भएछ । सन् 1978 मा श्रीलंकाली राष्ट्रपति जया बर्दनेको निमन्त्रणामा पत्रकार भएर श्रीलंका पुग्दा संसद हाउसमै यो भोटेलाई कस्ले पठायो श्रीलंका ? भनेर देव बहादुर केसी गर्जेका थिए । एकपटक पत्रकारहरुको सर्भे टोलि मनाङ, मुस्ताङ जाँदा बाटामा बाहुन पत्रकारहरुले गुरुङजी त लाहुरे हुनु पर्ने कसरी पत्रकार बन्नु भयो हौ भनेर खिसिट्युरी गर्दा लाहुरे भनेको के हो ? आजभोलि लाहुर कहाँ पर्छ ? भनेर प्रश्न गर्दा बाहुन पत्रकारहरु नाजवाफ भएका थिए । एउटा भिआइपीहरुको पार्टी समारोहमा सहभागि हुँदा एकजना भ्रष्टचारी भट्ट बाहुनले होच्याउँदै गुरुङजीले सुटमा पहेँलो सुनको बटम पो लाउनु भएछ त हौ भनेछन् जवाफमा वहाँले "यो भ्रष्टाचारको कमाइले किनेको होइन" भनेपछि भ्रष्ट बाहुन चुपचाप हुनु परेछ । दशैं बहिष्कारको पर्चा निकालेर बाँड्दा एक्कै चक्कुमा सिध्याई दिन्छु भन्दै नक्कली इन्स्पेक्टर भएर ईलाकामा तुरुन्त हाजिर हुनु पर्यो भनेर भन्ने । नेपाली राजनीतिमा अदेखा सच्चाई लेखेको भरमा पक्राउ गरेर हनुमान ढोका पुर्याएर डिएसपी क्षेत्री र सब इन्स्पेक्टर बाहुनले तँ जस्तो फुच्चेलाई जे पनि गर्न सक्छौं भनेर धम्क्याउँदै सोध्ने काम गर्दा र पर्वत जिल्लाको 4 हजार पर्बत राखुमा मास्टर छँदा एकदिन धारामा नुहाएर लुगा धुँदै गर्दा पानी थाप्न आएको हिन्दु समाजले दलित बनाएकी एकजना महिलाले पानीको फोहरामा रहेको कपडा नहटाए सम्म पानी थापेर लैजान मानिनन् । कारण उसको छायाँ धरी राखिएको कपडामा पर्यो भने अपवित्र हुन्छ रे ! त्यो कुरा मुखिया बा (ठकुरी) ले थाहा पायो भने मारिहाल्छ नी ! कपडा हटाए पछि मात्रै पानी भरेर लगेको घटना देखेर सिंगो देश र समाजनै उल्टो दिशामा बगेको देखें भन्नु हुन्थ्यो ड.गुरुङ । गहिरो खोज अनुसन्धान पछि निष्कर्षमा देशलाईनै नराम्रो संगले बर्णभेदी रोग लागेको रहेछ भन्ने कुरा पत्ता लगाउनु भयो। यो मुलुक हिन्दु बर्णाश्रमी ब्यवस्था अन्तर्गत चलेको रहेछ । यो देशलाई लागेको रोग निको पार्नलाई रोगको जड मेरुदण्ड भनेको राजसंस्था र हिन्दू राजालाई जरैदेखि उखेलेर फ्याँक्नु पर्ने पहिलो आवश्यकता छ भन्ने ठहरिए पछि यसलाई म जसरी पनि जरैदेखि उखेलेर फ्याँक्छु भनेर संकल्प गर्नु भयो । यसको निमित्त कदम बढाउनु भयो । अदृश्य बैचारिक लडाई लड्नका लागि ड.गुरुङलाई देशले चुन्यो । संसारका मित्र शक्तिहरुले चुन्यो, देशका जनताहरूले 2062/063 सालको आन्दोलनमा वहाँको बहुमुल्य लोकतन्त्र, धर्मनिरपेक्ष र प्रान्तियताको नारा लाएर निस्क्यो । लोकतन्त्र, धर्मनिरपेक्षता र प्रान्तीय सरकार घोषणा भयो । वहाँले लडेको लडाईको जीतको परिणाम गहिरिएर हेर्न सकेको खण्डमा देख्न सकिन्छ । हिन्दु राष्ट्र र हिन्दु राजा बिरुद्धको लडाई बल्ल सन् 2008/009 सम्ममा आएर टुंगियो । बाहुन समाज र साथीले अपमान गर्यो, हेला गर्यो, गालीगलौज गर्यो र हेप्यो भनेर ब्यक्तिगत तवरले बाहुन समाज र साथीलाई सजाय दिलाउन र जुर्माना तिराउने बाटो तिर वहाँ लाग्नु भएको थियो भने आज हामीले नयाँ मंगोल राष्ट्रवादको दर्शन पाउन सक्ने थिएनौं । वहाँको जीवनमा घटेका यथार्थ तितो घटनाहरुको सँगालो नै नयाँ दर्शन र सिद्धान्त बन्न पुगेको हो । र फलस्वरुप मुलुकमा राजनीतिक परिवर्तन आएरै छाड्यो पनि। यसकारण बुद्दि हुने मान्छेले तिखो बचन , कुभलो र दुर्ब्यबहार गरे पनि सहेर नयाँ दर्शन र विचारको निर्माणमा रुपान्तरण गर्छन । तर लातको भाषा मात्र बुझ्ने तर बातको भाषा नबुझ्नेले जे पनि बोल्छ, जे पनि गर्छ। हिजो पैसा र शक्ति भएपछि जे भन्दा पनि हुन्छ, जे गर्दा पनि हुन्छ र जे बोल्दा पनि हुन्छ भन्ने बाहुन क्षेत्रीहरुलाई अचेल आपत पर्न थालेको छ । हिन्दु धर्म र संस्कृति धरापमा पर्यो भन्दै कोहोलो मच्चाउन थालेको छ । यो हिजोको खराब खेलको नियति हो र परिणाम भोग्नु त बाँकी नै छ। चेतना रहोस। जै मंगोल

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्