बिहिबार 2 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

देखिने भन्दा नदेखिने लडाइ भयानक

Buddha Lal Meche (President-MNO) | 25 जनवरी 2019

देखिने भन्दा नदेखिने लडाइ भयानक

राजनीतिक लडाई देखिने (दृश्य) र नदेखिने (अदृश्य) गरी दुई प्रकारले लड्ने गरिन्छ । देखिने (दृश्य) लडाई सामान्यतया जो कोही मानवले पनि लड्न सक्छन्। तर नदेखिने (अदृश्य) लडाईं सामान्य मानवको बसको कुरा होइन । यो अदृश्य लडाई युग पुरुष अर्थात महामानवहरुले मात्र लड्न सक्छन । ती युगपुरुष या महामानवहरुको छातिमा जहिले-तहिले दनदनी आगो बलेको हुन्छ । जसको कारणले युग परिवर्तनका बाधा-व्यावधान र तगारोहरुलाई जलाएर भष्म गरिदिन सक्दछ भने पानीले भिजाउँदा पनि सहेर बस्न सक्छन् । नेपालमा राजनीतिक परिवर्तन भएर जुन नयाँ कुरा लोकतन्त्र, धर्मनिरपेक्षता, प्रान्तियता, राजाको छोरा राजा हुने जन्मसिद्ध अधिकार अन्त्य भई जनताको छोराछोरी राष्ट्रपति भएर देखा पर्नु र एमएनओको दर्ता हुनु आदी-इत्यादी भौतिक परिणामको रुपमा देखा पर्यो । यसको निमित्त युग पुरुष अमर डा.गोपाल गुरुङ ज्युले नयाँ बिचार र दर्शन रोपेर अदृश्य लडाई लड्नु भयो । नयाँ दर्शन र बिचार जिवित भई हुर्केर बढे पछि पुराना बिचार र दर्शन नकाम हुनु पुग्यो । तब मात्र बल्ल मुलुकमा परिवर्तन भयो । भलै यो नयाँ मंगोल दर्शन र बिचार रोपेर हुर्काउँदा-बढाउँदा युग पुरुष अमर डा. गोपाल गुरुङ ज्युले 3 बर्ष कठोर जेलनेल सहनु पर्यो । 5 बर्ष भुमिगत भएर जिवन बिताउनु पर्यो । सर्वस्वहरण हुने गरी तत्कालिन राजाको सरकारबाट लुटिनु पर्यो र अनेकौं भुक्तमानहरु सहनु परेको थियो । युग पुरुष डा. गुरुङसंग न पैसा थियो न त जनता नै, थियो त केबल फगत दर्शन र बिचार मात्र । पैसा त तत्कालिन निरंकुश राणा र शाहा राजाहरु संग थियो । सेना, प्रहरी, जनता सबै तिनीहरुसँगै थियो । यस्तो परिस्थिती र वातावरणमा पनि बृहत नेपाली जनताहरुको पुराना बिचार मनमस्तिष्कबाट हटाई दि‌एर नयाँ बिचार र दर्शन सार्नु सक्नु भनेको चानचुने कुरा होइन र युग पुरुषले बाहेक अरुले गर्न सक्ने कुरा पनि थिएन । युग पुरुष डा. गोपाल गुरुङ ज्युले नेपालमा नयाँ कुरा, नयाँ संस्कार, नयाँ बिचार ल्याइ दिनु भयो । सम्पुर्ण अहिन्दू मुलवासी मंगोलहरुले वहाँ र एमएनओको बिषयमा घर-घरलाई नै एमएनओको स्कुल बनाएर छोराछोरीहरुको कलिलो-मलिलो दिमागमा घुस्ने गरी पढाई शुरु गर्नु अति आवश्यक छ । तथापी घर-घरमै साझा शत्रु चिनाउनु, एमएनओको झण्डा चिनाउनु र स्यालुट गर्न सिकाउनु र आफुहरु अहिन्दू मुलवासी भएको यथार्थता सुनाउनु अति जरुरी छ । तब मात्र आउँदो पिंडीहरु निर्भिक, साहसी, खाँटी, जुझारु, चेतनशील, दक्ष र योग्य बनेर बढेर आउँछन । त्यस पछिको दिनहरुले मात्र नयाँ नेपाल निर्माण हुन्छ र बनाउन सकिन्छ । अहिले सम्मको परिणामहरुले के स्पष्ट देखाउँछ भने, हाम्रो मान्छेहरुमा कथित हिन्दुवादीहरुको संस्कारले दिमागमा दिग्भ्रमित बनाई रहेको छ । के हो ठीक ? के हो बेठीक ? छुट्याउनै नसक्ने बनाई दिएको छ । यसो हुनुको मुलकारण बितेका दिनहरुमा हिन्दु संस्कारले गाईको मुत र गोबर (गौमुत) खानु र छर्किनु पर्ने बाध्यता सिर्जना गरिदिएकाले हो। राम्रो चीज-वीजहरु दुध दही,घ्यु,मासु खान दिएको थियो भने यति सार्हो हुँदैन थियो होला सायद। अब हाम्रो लागि देखिने परिणाम (रिजल्ट) को खाँचो परेको छ । यसको निमित्त हामीले (मिल) मेसिनमा धान पिसाउँदा चामल टुक्रिएर कनिका जस्तो आयो भन्दैमा, घानमा हालियो भने फेरी तेही कनिका जस्तै निस्किन्छ । यसकारण हामीले सोच्नु पर्दछ, चामल टुक्रिएर कनिका जस्तो निस्किनुको मुल रहस्य पत्ता लाउनु पर्ने हुन्छ । धान राम्ररी नसुकेर होकी, धेरै तातिएर पो होकी, गर्भे हिलो सुकेर पानी नपुगेको धान पो होकी ! रहस्य पत्ता लागि सकेपछि मात्र परिणाममा चामल पाउन सक्छौं, नत्र कनीकामै चित्त बुझाइ रहनु पर्ने हुन्छ । यसोसले हामीले जति-जति एमएनओ र युग पुरुष अमर डा.गोपाल गुरुङज्युको जिवनी, दर्शन र सिद्धान्त बुझेर, सिकेर अरुलाई बुझाउँछौं, सिकाउँछौं । जति -जति धेरै अहिन्दू मुलवासी मंगोलहरुले कुरा बुझ्छन, उति -उति नै धेरै परिणामहरु हाम्रो पोल्टामा पर्दै जान्छ। किन कि अब हामीले रहस्यमय लडाई लड्नु पर्दैन । त्यो लडाई त युग पुरुष अमर डा.गोपाल गुरुङ ज्युले एक्लैले लडेर जितिसक्नु भएको छ । बस हामीले वहाँले लड्नु भएको रहस्यमय लडाईको बारेमा, भन्नु भएको कुरा र अनुभव गरिएका कुराहरुलाई सबै अहिन्दु मुलवासी मंगोलहरुलाई सुनाउने काम मात्र बाकी रहेको छ । सबैमा चेतना रहोस । जै मंगोल

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्