शनिबार 27 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मंगोल र मंगोलियन, भ्रम र यथार्थ

दिपक मंगाेल | 22 अक्टोबर 2019

मंगोल र मंगोलियन, भ्रम र यथार्थ

सागर निलेर थोपा थोपामा ओकल्न सकियो भने गतिलो लेख वा रचना बन्छ, अर्थात दर्जनौ पुस्तकहरुको अध्ययन गरेपछि एउटा सत्यताको पत्ता लाग्दँछ, ईतिहास जित्नेहरुको पेवा हो हार्नेहरुको कथा हुदैन, खराब हुन्छ वा नामेत पारिएको हुन्छ। तर असल दर्शन त्यो हो जसले लुकेको वा दबाईएको ईतिहासहरुको सत्यता छर्लङ्ग बनाउन सहयोगी हुन्छ र बर्तमानमा जिउने तरीका र भविष्य बनाउने यथेष्ट योजना बनाउने दृष्टिकोण दिन्छ । लेख, रचना लेख्दा हामी समाज प्रति बढी उत्तरदायी हुनु पर्छ। आजभोली त यस्तो फेसन आएको रहेछ की फेसवुकको वालमै दर्शन जन्माईदिने, त्यो पनि एउटा कितावको बाहिरी खोल पढेर, यस्ता बोक्रे दार्शनिकहरु लाई मैले बैचारिक प्रस्टिच्यूट भन्ने गरेको छु सायद यो शव्द चयन गलत हुन पनि सक्छ ।

एक जमाना थियो आफ्नो नाम संग मंगोलियन शव्द राखेर फेसवुक खोल्ने, आजभोली हरेक न्यूज, भ्यूज, घटनाहरु सवै फेसवुकमै भेटिन्छ मैले पनि मंगोलियन शव्द फेसवुकमै भेतेको थिय, यो शव्द संग मेरो मनमा अनेकौ शव्दहरु खेल्थे, आफै पनि लेख्ने प्रयास नगरेको होईन तर नबुझेको कुरा लेख्न मन लागेन । अपरिचितले मगर, गुरुङ छुत्याउँन सकिन भने मलाई पनि मंगोलियन हो भन्ने गर्थे, २÷३ वर्ष यता मैले यो शव्दको वृहत अर्थ जान्ने र बुझ्ने अवसर पाएँ।

१२, १३ औ शताव्दी तिर संसारमा साम्राज्यबाद फैलाएर सम्रात बन्ने र राज्य बिस्तार गर्ने लहै लहै नै थियो। जिँगेज खाँ वा चंगेज खाँले मंगोल ईम्पायरको नाममा विश्वका २२ प्रतिशत भुभागहरु जितेका थिय, चिन, जापान, इरान, इराक, रुस जस्ता अहिलेका ठुला देशहरु पनि मंगोल ईम्पायर नैे थियो, चंगेज खाँले जिवनमा कुनै पनि युद्ध हारेनन् तर एक दिन घोडामा सवार हुदै गर्दा लडेर मृत्यू भयो र एक क्रुर शासक, उपनिबेश र साम्राज्यबादबाट सवै राज्यहरुले छुटकारा पाएका थिय। उनि मंगोल नश्लका वा वर्णका थिय र उनले विश्व भरी मंगोल साम्राज्य विस्तार गर्न चाहान्थेँ, त्यस्तै हिटलर पनि एक क्रुर शासक हुन् जसले संसार भरी आफ्नो साम्राज्य विस्तार गर्न चाहान्थे र उनी आर्य नश्ल वा वर्णका थिय। हिटलरले आर्य, आफूहरुलाई संसारकै सर्वश्रेष्ठ प्राणी थान्दथेँ। संसारमा सवैभन्दा पहिले अफ्रिकामा मानव जातीको उत्पत्ती भएको हो, जुन कालो वर्ण वा नश्लको थिय।

संसारको विश्व विद्यालयहरुमा हरेक जिवको प्रजातीहरुको अध्ययन अनुसन्धान हुन्छन्। च्याउँको सयाँै प्रकारका जाती प्रजातीहरुको अध्ययन र अनुसन्धान हुन्छ। भ्यागुताको प्रकार र नश्लहरुको पढाई तथा अध्ययन अनुसन्धान हुन्छ। माछाहरु सवै एउटै हो भनेर ह्वेल माछा र झिंगे माछालाई संगै राख्यो भने के होला? पक्कै पनि ह्वेल माछाले झिँगेमाछालाई खान्छ। त्यसैले कुनै पनि जिव एउटै भएपनि उनिहरुको प्रकारले असर गर्छ। पशुपंक्षीहरु, जनावरहरु, जलचर,थलचर आदि सवै जिवहरुको प्रकार र प्रजातीहरुको बारेमा खोज अनुसन्धान हुन्छ भने के मान्छेको प्रकारको बारेमा भएको छैन त?

शव्दको अर्थ हुन्छ र अर्थले असर गर्छ। अंग्रेजी भाषा विश्वको कान्छो र विकसित भाषा हो, यो वैज्ञानिक पनि छ, Tie = Talk In English, News= North East West South, अतः मान्छे (Man) को पनि अर्थ छ, Man= Mongol, Aryan, Negro हामीले सहजै बुझ्न सकिन्छ की संसारमा तिन किसिमको मानिसहरुको उत्पत्ती भएको छ, दक्षिण अफ्रिकामा नेग्रो वा काला जातिहरुको सवै भन्दा पहिले उत्पती भएको हो झन्दै आजभन्दा १ करोड ४० लाख वर्ष पहिले, त्यसैगरी मंगोलहरुको उत्पती यसियाको विभिन्न भुभागमा भयो विशेष गरी सिवलिग माउन्टेन जुन अहिले नेपाल, भारत र चिनमा पर्छ विशेष गरी नेपालकै सिवलिग माउन्टेन क्षेत्रमा पर्ने पाल्पाको दोभानमा पनि १ करोड १० लाख वर्ष पुरानो मंगोल पुर्खाको बंगडा भेटिएको छ जसलाई रसियन र अमेरिकन बैज्ञानिहरुले ल्याव चेक गरी पुष्टी समेत गरेका छन्। आज भन्दा ८० लाख वर्ष पहिले यूरेसियाको व्लाक सी र क्यास्पियन सीको विचमा पर्ने ककसियामा उत्पती भएका हुन्।

त्यसैले मंगोल भन्ने शव्द मानव जातिहरुको एक प्रजाती वा प्रकार हो भन्न सकिन्छ त्यस्तै गरी नेग्रो र आर्यहरु पनि। नेपालमा नेग्रो त छैन, संविधानमा आर्यको बारेमा धारा ८४ को उपधारा २ मा प्रष्ट पार्दै भनेको छ खस आर्य भन्नाले ब्राहमण, क्षेत्री, दस्नामी, ठकुरी, सन्यासीलाई बुझिन्छ । भने मंगोलको नेपाली शव्दकोषमा अर्थ नै छैन र संविधानमा त झन हुने कुरै भएन। नेपाली शव्दकोषमा नभएको शव्द भएकोले नेपालीहरुको मानसपतलमा मंगोलिया र मंगोलियन भन्ने शव्दले हित गरेको मात्र हो तर मंगोल शव्दको छुट्टै र वृहत अर्थ पनि छ।

मंगोलियन भन्नाले मंगोलियाको नारिकहरुलाई बुझिन्छ तर उनिहरु पनि मंगोल वर्ण वा नश्लका हुन, नेपालमा मंगोल भन्नाले सेतामगुराली, कोचेमेचे धिमाल, सुनुवार, दनुवार, दमाईकामी सार्कीलाई चिनिन्छ। संसारको कुनै पनि देशमा मानिसहरुको वर्ण (Race) को आधारमा विभेद र भेदभाव (Racial Discrimination) गर्नु अन्र्तराष्ट्रिय कानुन विपरित हो, दक्षिण अफ्रिकामा नेलशन मन्डेलाको वर्ण विभेद विरुद्धको क्रान्ति पछि पहिलो पटक दक्षिण अफ्रिकामा काला वा नेग्रो वर्णबाट प्रतिनिधित्व गर्दै नेलशन मन्डेला नै राष्ट्रपति बनेका थिय। नेपालमा पहिलो कार्यकारी राष्ट्रपति मंगोल हुने कहिले? र वर्णको आधारमा मंगोल र आर्य विचको भेदभाव कहिले अन्त हुन सक्छ? र असली लोकतन्त्र, धर्मनिरपेक्षता, प्रान्तियता लगाएत स्वतन्त्रता, भातृत्व, समान्ता, मानव अधिकार लागु कहिले हुन्छ?

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्