शुक्रबार 29 मार्च 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मंगोल देश नेपाल

Pradeeksha Tamang | 3 मार्च 2021

मंगोल देश नेपाल

खुल्ला आकाशमुनि एउटा सुन्दर बगैंचा

जहाँ पुष्पहरु सुमन भै सुवासले सुगन्धित हुँदैछ।

प्रकृतिको अदभूत कलाले शृगारिंदा

सदैव नवदुलाही झै सुन्दरी भै शर्माइरहेको भान हुन्छ।

 

घरको आँगनमा फर्फरिरहेको गुम्बाको लुङ्दरहरु

शान्ति र सददभावको प्रतीक हो,

जस्ले सबैजनालाई बुद्ध बन्न प्रेरित गरिरहेको छ।

 

बर्खामा मज्जाले सुसाएर खोलाको रुप लिने

खहरेले सबै बिउहरुमा प्राण भरेर,

पाटापाखा लहराउँदै वर्षभरीलाइ पुग्ने फलाउँछ

 

रहनसहन ग्रहण गछौ

आमाकै स्वादिलो भाषा अनि सुरिलो भाकामा,

दिन्छौ हामी स-सम्मान एक अर्कामा,

भरिपुर्ण झै लाग्छ थरीथरीका फुलहरुले मेरो बगैंचा

जहाँ सबैले आ-आफ्नो ठाउँबाट मनमोहक बास्ना फैलाउँदैछ।

यहाँ दुना बढ्दै टपरी सोर्नेहरु

भमरा बनेर, हाम्रो बगैंचा चहर्दै रहेछ सदियौदेखी

कति फुलहरुको अस्मिता सँग खेल्यो

कुनै हिसाबकिताब गरिएन हामीले

बरु ती बैगुनीलाइ गुण मात्र लगाइरह्यो

मौरी झै मिहेनत गरेर बनाएको मह

लुटिखाएको हामी टुलुटुलु हेरिबस्यो

विरोधको सट्टामा फेरि मह बनाइरह्यो

तिनिहरुले त्यसैगरी लुटिरह्यो

हामी हेरिरह्यो निरीह भै उसैगरी

तिनी लुटिरहन्छ हामी बनाइरहन्छ

दुवैलाई आदत नै भैसक्यो

हामी बनाउने तिनी लुट्ने

अचेल त तिनी माहिर भैसक्यो लुटिखानलाई

हामी अचेत भैसक्यो लुटेको महसुस पनि नहुने

हामी सकिंदै सकिंदै गैरहेको छ अस्तित्व विहिन भएर

 

हामी अस्तित्वको निमित्त बलिदानी दिन जसरी तत्पर छौं

तिनीहरु नैतिकता र प्रतिष्ठाको बलिदान दिएरै पनि

भावी सन्तानलाई जोगाइराख्न

दौलत जोड्न त्यसरी नै लागिपरिराखेको छौं

अपतविपतले छेक्दैन तिनलाई

भ्रष्टाचार गर्न उल्टै

सत्ता र शक्तिको दुरुपयोग गरेर हर्सुदैछन् अरबौअरब

 

अब हराभरा अनि सभ्य बनाउन

चुसक भमरालाई उदारताको पाठ सिकाउनुपर्छ

मानवता बिर्सेका ती दानवहरुलाई

कि तिनकै भुमी या त घाट पुर्याउनुपर्छ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्