Buddha Lal Meche (President-MNO) | 5 फेब्रुअरी 2019
मंगोल राष्ट्रवादको दर्शन बोकेर हिमाल-पहाड-तराईका कुना-कन्दरा सम्म पुर्याउने संकल्प लिएर हिँडेको महान यात्रामा हामीले जति-जति अल्मलेर बहाना बाजी गर्दै ढिला-सास्ती गर्छौ, उति-उति हाम्रो समाजमा हिन्दु संस्कृतिका कसिंगार र फोहोरको डङ्गुर थुप्रिदैं जान्छ । आखिरमा आज फ्याँके पनि भोलि फ्याँके पनि त्यो फोहोरलाई हामीले फ्याँक्नु पर्छ नै । यसकारण फोहोर धेरै थुप्रिए पछि मात्र फ्याँक्नु भन्दा थोरै मात्रामा थुप्रिएको बेलामा फयाँक्नु बुद्धिमानी ठहरिन्छ । यो देश मंगोलको हो । यो देश समृद्धि तथा सम्पन्न हुनको लागि पहिलो झमटमा हाम्रो समाजमा र मुलवासी मंगोलहरुको मन मस्तिष्कमा सदियौंदेखि जकडीएर बसेको यो बाहुनवादी फोहरको डङ्गुरलाई हटाएर मंगोल दर्शन घुसाउनु अति आवश्यक छ । तब मात्र देश बन्ने र बनिने भन्ने कुरा देखा पर्न थाल्छ । बाहुन क्षेत्रीको दल र नेताहरूले "तँ कुटे जस्तो गर म रोए जस्तो गर्छु" भन्ने ती चटकेहरुको तमासामा रमिते भएर अल्मलिनु हुँदैन । नत्र एकादेशको कथा सुन्दै बसे जस्तो मात्र हुन पुग्छ । प्रहरीले पक्रेर अनुसन्धान गर्छ । न्यायाधीशले फैसला गर्छ । वकिलले बहस गर्छ । डक्टरले बिरामी जाँच्छ । शिक्षकले पढाउँछ । सत्तापक्षले सरकार हाँक्छ । बिपक्षीले बिरोध र खबरदारी गर्छ । मतदाताले मत खसाल्छ । सबैको आ-आफ्नो काम, कर्तब्य हुन्छ र गर्छन पनि । एवमरीतले एमएनओको पनि आफनो छुट्टै नीति तथा कार्यक्रमहरु छन् । हामीले पनि हाम्रो काम र कर्तब्य के हो ? स्पष्ट रुपले बुझिसके पछि नअल्झेर-नअल्मलिएर निरन्तर आफनो काममा अघि बढनु सक्नु पर्दछ । मंगोल राष्ट्रवादको दर्शन देशको कुना-कन्दरामा नपुगोस् र यहाँको मुलवासी मंगोलहरुमा राजनीतिक चेतना नखुलोस भनेर यहाँका मुलवासी मंगोलहरुको ध्यान अन्तै तिर मोड्नका लागि बिभिन्न घटना र परिघटना रचेर हाईलाईट गर्ने गरिन्छ । बिशेषत: हिन्दुवादी शासकहरु महामानव सिदाहा बुद्ध र युग पुरुष अमर ड.गोपाल गुरुङ ज्युको यथार्थता दर्शन कुनै पनि मानेमा यहाँका मंगोल बंशज माझ पुग्न नपाओस भन्ने चाहन्छ । आज सम्म मुलुकको हित नहुनु र यहाँका मुलवासी मंगोलहरुको कल्याण नहुनुको कारण हाम्रो मान्छेहरुले गल्ति गरेर होइन, गल्ती गरेको छु भन्ने कुरा थाहा नभएर हो । एमएनओले भनेको अनुसार मुलुकमा लोकतान्त्रिक समाजवाद ल्याउनुको लागि यहाँका 30% अहिन्दु मुलवासी मंगोलहरुले एमएनओको बिचार र दर्शन बुझेर परिपक्व भईसकेपछि सहज हुन्छ। जै मंगोल
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology