शुक्रबार 26 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

म हार्दिन

Aruna Thami | 11 अप्रिल 2019

म हार्दिन

लडेर उठ्नुछ फेरि पनि क्रान्तिको ज्वाला दन्काउन 
देशको माया मुटुमा राखी शान्तिको दियो जलाउन।

 

कुहिरोले छोपिदियो कि? मेरो देशको प्रकाशलाइ..

तुवाँलोले घेरी दियो कि?? मेरो देशको स्वाधिन्तालाइ
सुनसान छ खै! हल्ला पनि सुनिन्न
देशले मुहार फेर्छ भनेर।

 

हिमाल पहाड तराइका नेपाली पन त ठूलो छ
बिश्व किर्तिमानमा नाम राख्ने गोर्खालीपन पनि ठूलो छ।

 

म भन्दिन यो देश मेरो 

म भन्दिन यो देश तेरो
साझा घर लाग्थ्यो नेपालीको नेपाल
सार्बभौमले सम्पन्न लाग्थ्यो नेपाल
बिचित्र त त्यति बेला लाग्छ

जब मेरो देशको भुमी, माटो
पराइको हस्तक्षेपमा पर्छ।

 

खै!!बैरिको हातमा पर्यो कि मेरो देश??
देश रोइरहेको आभास हुन्छ मलाइ..
मालिकले घर चिन्न नसकेको पो हो कि?? अभास हुन्छ मलाइ..
देशको स्वाधिनताको खिल्ली उडिरहेको  अभास हुन्छ मलाइ...
देश चलाउने सत्रुलाइ चिन्न सकिएन कि??
अभास हुन्छ मलाइ..

 

तर म हार मान्दिन मंगोलको सन्तान

म कहिले हार मान्दिन मंगोलको सन्तान

म हार मान्दिन गोर्खालिको सन्तान
मेरो पुर्खाले बचाएको देश
मेरो पुर्खाको रगतले सिचिएको देश
 

एकदिन स्वाधिनताको दियोले उज्यालो पार्नेछु
शान्तिको अग्रदुत बुद्धको यो देशमा शान्तिको दियो बाल्नेछु ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्