बिहिबार 2 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मौलिकतालाई अङ्गालौ

Bardesh Mongol | 21 जून 2019

मौलिकतालाई अङ्गालौ

  मंगोल मुलबासी आफैमा मौलिकता झल्काउने शब्दहरु हुन । मंगोल नेशनल अर्गनाइजेशनले यिनै शब्दहरुलाई अधिक प्रयोग गर्दै आइरहेको छ । यसको बृहत अर्थ बिझ्नेहरुको निम्ती पक्कै पनि मंगोल , मुलबासी बहुमुल्य शब्द बनेको छ । मंगोल शब्द अहिलेको सन्दर्भमा धेरैको लागी अपाच्य बनेको भएता पनि निरन्तरको प्रयोगले लोक माझमा यसको वास्तबिक अर्थ र बृहत आकार क्रमिक रुपले प्रस्टिदै र बढ्दै छ । मुलबासी ( indigenous ) शब्दले त झनै मौलिकता ( Originality ) लाइ स्पष्ट गराउँछ । मंगोल मुलबासी शब्द र यसको अर्थ सामान्य रुपमा मैले उल्लेख गर्नुको आसय अहिले देखिएको छिटफुट अस्पष्तता , त्यसबाट सिर्जित मत भिन्नता र त्यसले उब्जाएको बिबाद नै हो । '

         मंगोल ' शब्द वर्ण ( Race ) संग सम्बन्धित हो, यो बिसयमा थोरैलाइ थाह नहोला तर धेरैलाइ जगजाहेर नै छ । र अर्को शब्द मुलबासी ( indigenous ) जुन मौलिकता अथवा उत्पत्ति ( Originality or Origin ) संग सम्बन्धित रहेको कुरा मैले माथी नै उल्लेख गरिसकेको छु । यसकारण मुलबासी भएर, बनेर कहलि सकेपश्चात् मौलिकतालाई अङ्गाल्न हाम्रो कर्तब्य हुन जान्छ । अर्थात मुलबासी बनिने जन्मसिद्ध अधिकार प्राप्त गरिसकेपछि मौलिक भाषा, धर्म संस्कार संस्कृति इत्यादिको संरक्षण, संवर्धन र प्रवर्धन गर्न जिम्मेवार मुलबासिको कर्तव्य हो । यो भोलिको सन्दर्भमा राज्यले समस्त अहिन्दु मंगोलहरुलाई मुलबासी मंगोल भनेर संबैधानिक रुपमा सम्बोधन गरिसके पश्चात हामिले निभाउनु पर्ने कर्तब्य पनि हो । किनकी मुलबासी मंगोल बनिने र भनिने दृढ अठोट र संकल्प त छदै छ , जुन कुरा पुरा हुन मात्रै बाँकी छ , ढिलो छिटोको कुरा मात्रै हो । यसकारण हामिले दुरदर्शितापुर्ण तवरले आफ्नो कदम चाल्दै जानुपर्ने हुन्छ । जस्तो कि आज हामिले मुलबासी त भन्दै छौ तर मुलबासी मंगोलको अस्तित्वलाई स्थापित गराउन र भबिष्यमा निरन्तर रुपमा यसलाई कायम गराउन के के कुराको आवश्यकता पर्दछ ? त्यो बिषयमा हामी अनविज्ञ छौ । बुझ्ने - बुझाउने , प्रष्टिने - प्रष्ट्याउने क्रम त निरन्तर जारी छ तथापी हामी बिचमै एककिसिमको अन्योलता , अस्पष्टता सिर्जित भइदिएको छ जसले गर्दा एउटा गम्भिर धक्का लाग्न सक्छ । यसकारण हामी चै बेलैमा सचेत हुनुपर्यो , मौलिक भाषा , धर्म , संस्कृतिलाई अङ्गाल्न थाल्नुपर्यो । राजनितिक रुपले चेतनशिल ( politically conscious ) भएर सहि र गलत छुट्याउन सक्ने खुबिको निर्माण गर्नुपर्यो । संबिधान मुलरुपमा भरपर्दो दस्तावेज हो तर समय र परिस्थिती अनुसार भबिष्यमा त्यो जल्न अथवा च्यातिन पनि सक्छ । त्यसैले मुलबासिको अस्तित्वलाई सदावाहर कायम गराउने भरपर्दो माध्यम अथवा दस्तावेज भनेको नै हाम्रो मौलिक धर्म, संस्कृती, प्रथा - परम्परा नै हो । यसकारण मौलिकतालाई अङाल्ने प्रयत्न गरौँ । साम्राज्यवादी हिन्दु - आर्य बाहुन क्षेत्रीहरुले वर्णभेदी निति अपनाउदै हामी मुलबासी मंगोलहरुको भाषा , धर्म , संस्कार संस्कृती सबै नै नष्ट गरिदिएका छन । यसकारणले गर्दा पनि हामिलाई मौलिकता अङ्गाल्न धेरै कठिन भएको छ तर पनि मंगोल नेशनल अर्गनाइजेशनका संस्थापक हाम्रो निमित्त युगपुरुष डा . गोपाल गुरुङद्वारा प्रतिपादित मंगोल दर्शन जसमा हामी बुद्धको असली दर्शनको झझल्को पाउँछौ । त्यसैबाट हामीले धेरै कुरा सिक्ने अवसर प्राप्त गरेका छौं । मंगोल नेशनल अर्गनाइजेशनमा समाहित भइसकेपछी मंगोल भाषा , धर्म , संस्कृतिको उत्थानको लागी मरिमेट्ने जस्तोसुकै परिस्थितिसंग जुझ्ने संकल्पसहित अघि बढ्ने बाचा अब सबैले ब्यबहारमा उतार्न सक्नुपर्छ । नयाँ उदेक लाग्दो कुरा त के छ भने अझैपनी हामी धर्मनिरपेक्षका बिषयमा स्पष्ट भएका रहेन छौं । राज्यले गरेको धर्मनिरपेक्षको परिभाषा अलिकती पनि इमान्दारिता छैन भने कथित बुद्धिजीवीहरुबाट पनि बुझपचाउने कार्य भएको छ । यहाँ बुझ्नुपर्ने कुरा के हो भने मंगोल नेशनल अर्गनाइजेशनले राष्ट्र धर्मनिरपेक्ष हुनुपर्छ भनेर उठाइरहेको हो नाकि MNO धर्मनिरपेक्ष संगठन हो भनेको होइन । तर कता कता MNO धर्मनिरपेक्ष संगठन हो भनेको हासो उठ्छ र बुद्धिको दिवालियपनको परिचय दिलाएको आभाष हुन्छ । धर्म निरपेक्ष  राष्ट्र हुनु भनेको राज्य धर्म मुक्त हुनु तटष्ठ रहनु हो र धर्म ब्यक्तिमा सिमित रहनु हो । जनताले आफ्नो चेतना स्तर अनुसार कुन धर्म मान्ने अथवा नमान्ने भन्ने कुरो मात्रै हो । तर मंगोल नेशनल अर्गनाइजेशनले समग्र मुलबासी मंगोलहरु बुद्धिष्ट थिए र हुन भन्दै आइरहेको छ । कथित हिन्दु धर्मबाट प्रताडित अन्य धर्मावलम्बीहरु पनि MNO का मित्र शक्ती हुन । यसकारण MNO धर्मनिरपेक्ष राष्ट्र चाहन्छ । समानता , भातृत्व , स्वतन्त्रता मंगोल दर्शनको देन हो जसलाइ बुद्धले संसारभर फैल्याए तथापी उसलाइ मास्ने प्रयास निरन्तर भइरहयो र आज आएर फेरी पुन : स्थापित गराउन युग पुरुष डा . गोपाल गुरुङको जन्म भयो । आज वहाँले हामिलाई यो मंगोल समाजमा हजारौं बर्षदेखि रहिआएको मंगोल दर्शन बुजाएर छोडेर जानु भएको छ र यसलाई फेरी मंगोल समाजमा स्थापित गर्ने जिम्मा नवपिडिको काधँमा आएको छ ।

                                                                     

                                                                जै मंगोल

 

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्