बिहिबार 28 मार्च 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मैले देखे

Gyalzen Dorje Tamang | 11 मार्च 2020

मैले देखे

कलियुगको कृष्ण र पार्बति देखे!

छोरालाई काख छोरिलाइ पाखा गर्ने माइती देखे!

 

पर्बको नाममा मानव समाजलाइ डस्ने

बिषालु सर्प देखे!

आफैलाइ हिनताबोध हुने अनैतिक गर्भ देखे!

 

सस्कृतिको नाममा बिकृति देखे!

बेरितको साहित्य र कला कृति देखे!

 

गरीबी र अभावले निचोरिएको पेट देखे!

कृषिप्रधान देशमा बाझो खेत देखे!

 

सर्बहराको नारा दिने सर्बभरा देखे!

दयाको चारा खाने पिन्जडाको हिजडा देखे!

कलमको शक्तिमा तुहिएको अस्त्र देखे!

आधुनिक युगको उत्ताउलो बस्त्र देखे!

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्