सोमबार 26 अगस्ट 2019

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>

मूलबासी मंगोल हौ हामी

Sanjuhang Mongol | 3 अगस्ट 2019

मूलबासी मंगोल हौ हामी

मूलबासी मंगोल हौ हामी
उचनिचको जातिबाद भन्दा पर सोच्ने
त्यो ढुंगाको भगवान भन्दा पर देख्ने
यो वर्णभेद नितिको अन्त्य गर्न जन्मेको
मूलबासी मंगोल हौ हामी

उठाएको थियो कदम वीर पुर्खाहरुले
आफ्नो अधिकार अस्तित्व बचाउन भनी
घाँटी रेटेर त कसैलाई झुन्डाएर
त कसैलाई गोलि ठोकेर मारिदियो
भुलेको छैनौ ती कयौं पुर्खाहरुको देन
त्यही पुर्खाहरुको रगत पसिना
अनि त्याग र बलिदानको उपज जुरमुराई उठेको
मूलबासी मंगोल हौ हामी

बुद्धको सन्देशलाई मान्दै
युगपुरुष अमर डा.गोपाल गुरुङको
सिद्धान्तलाई आत्मसाथ गर्दै
आदिबासी जनजाती बनाइएकाहरुको
अधिकार र अस्तित्व फिर्ताको निम्ति
अहोरात्र लड्दै हिडेका
मूलबासी मंगोल हौ हामी ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्