बुधबार 8 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मेराे पुर्खाकाे ईतिहास खोई ?

Dhanamaya Tamang | 19 फेब्रुअरी 2019

मेराे पुर्खाकाे ईतिहास खोई ?

   सानै उमेरदेखि मनमा काैतुहलता बढिरहन्थ्याे जतिखेर स्कूल लेबलमा नेपालकाे ईतिहास पढाई हुन्थ्यो । त्यस बेला बाल मस्तिष्कले भन्ने गर्थे मेराे पुर्खाकाे ईतिहास खै ? मैले नेपालकाे ईतिहासमा सन् 1495 मा भित्रिएका हिन्दू अार्यहरु र सन् 1556 मा नेपाल भित्रिएका राणाहरु तिनैका भरिया करिया बनेर भित्रिएका शाहहरुकाे मात्रै अध्ययन गर्दै गर्दा लागेकाे थियाे मेराे पुर्खाले किन देशकाे लागि केही गरेन ? धिक्कार रहेछ मेराे पुर्खा भन्ने तर वास्तविकता नितान्त फरक रहेछ । मेराे पुर्खाकाे साेझाेपन, इमान्दारितामा खेलेर मेराे ती साहासी पुर्खाहरुलाई मूर्ख बनाउदै उहाँहरुकाे नाम निसाना मेटाउँदै, अस्तित्व, भाषा, लिपि, धर्म र संस्कारलाई मेटाउन सफल भएछ ती धुर्त अार्यहरुले । त्यतिमात्रै नभएर हुकुमबासीलाई सुकुम्बासी बनाउदै अाफ्नाे झुटाे इतिहासलाई सत्य सावित गरेर लेख्न सफल भएछ ।

 

    मेराे पुर्खालाई कलम समाउँदा हात काट्ने, बाेल्दा जिब्रो काट्ने, षडायन्त्रकारीहरुकै ईतिहास पढ्नुपर्दा याे मनले मान्ने थिएन । त्यही कारणले त मैले मेराे पुर्खाकाे ईतिहास खाेज्न बाध्य भएकाे छु । तर खुशीकाे कुरा जब मैले मंगाेल नेशनल अर्गनाइजेशनकाे फाउण्डर प्रेसिडेण्ट दूरदर्शी नेता युग पुरुष अमर डा.गाेपाल गुरुङ ज्युकाे मंगाेल दर्शन प्राप्त गरे, अर्काे अाँखा नै थपिएकाे जस्ताे अनुभूति गरेकाे छु । मेराे बाल मस्तिष्कदेखिकाे चासाेलाई थप अध्ययन अनुसन्धान गर्न अझै ठुलाे टेवा मिलेकाे छ ।

 

अाजकाे एक्कइसाैं शताब्दीको अहिन्दू मूलबासी मंगाेलहरुलाई जगाउदै चेतनशील बनाउन कलमकाे साहारा लिएर बाहुन र क्षेत्रीकाे त्याे दुष्ट नितिलाई पर्दाफास गर्न अबकाे हामी युवापिढिहरु संघर्षको मैदानमा उत्रिसकेकाे छाैं । मंगाेल दर्शनले साम्राज्यवादि हिन्दू आर्यहरुकाे दुष्ट नीति देख्न सक्ने भइसकेकाे छाैं । हिजाे मनमा खुलदुलीकाे पाेकाे बनाएर मेराे पुर्खाकाे ईतिहास खै ? भनेर गुम्सिने अावाज अाज बुलन्द अावाजका साथ खुला रुपमा निडर र निर्भिक भएर सशक्त ढंगले भन्न सक्छु मेराे अहिन्दू मूलबासी मंगाेल पुर्खाकाे ईतिहास खै ??

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्