शुक्रबार 19 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मेरो देश

Sanjuhang Mongol | 15 सेप्टेम्बर 2018

मेरो देश

मेरो देश उकाली र ओरालिमा, खेलिरहेको मेरो देश

शरणार्थी नेताले लुटिरहेको, भित्रभित्रै फुटिरहेको मेरो देश

 

गरिबिको मारमा परि, पिल्छिएको जनता हेर

राजनीतिलाई लडाएर, कुटनीतिले कुल्चिएको मेरो देश

 

मूलबासीलाई ओझेल पारी, शरणार्थीहरुले हस्तक्षेप गरेको मेरो देश

युगले नभुल्ने, ईतिहास बदल्ने

जाबाज सिंहरुपी, मंगोलहरु सुतिरहेको मेरो देश

 

वीर गोर्खालीको किर्तिमान कमाइ

आज आफैमा हारिसकेको मेरो देश

आफ्नो भूमिमा, अरुको रजाइ

यो सब टुलुटुलु हेरिरहनेहरुले, भरिएको मेरो देश

 

हिन्दुवादको जाती प्रथाबाट, टुक्रीरहेको मेरो देश

शरणार्थीहरुको अति दलनबाट, झोक्रीरहेको मेरो देश

उकाली र ओरालिमा, खेलिरहेको मेरो देश

शरणार्थी नेताले लुटिरहेको, भित्रभित्रै फुटिरहेको मेरो देश ।।

 

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्