बुधबार 24 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

माटो मुनीको जरा र फल

Budda Lal Meche | 21 मार्च 2020

माटो मुनीको जरा र फल

यस मुलुकमा मेरा दुई पुस्ता बाजे र बुवाले भोगेका, देखेका र अनुभव गरेका यथार्थतालाई उहाँहरुकै मुखबाट सुनाउनु हुँदा एकादेशको दन्त्यकथा जस्तो लाग्दथ्यो । बाजे भन्नु हुन्थ्यो हामीले पढ्न खोज्दा जिब्रो काटिन्थ्यो । लेख्न खोज्दा हातै काटिदिन्थे । कुलिन बर्गले किताब पढेको हाम्रो कानले सुन्दा कानमा सिसा पगालेर हालिदिन्थ्यो । ओत लाग्नका लागि झुप्रो बनाउनुलाई रुखको खम्बा काट्दा रुखको ठुटामा लगेर शिर गिडीन्थ्यो । श्री ३ राणा सरकारको आदेश फर्मान भइसके पछि कसैको जवाफ थिएन । बाजेको शेषपछि बाबुले आफ्ना पालामा भोगेका कथा ब्यथाहरु सुनाउनु भयो, श्री ३ राणा सरकार हट्यो श्री ५ शाह सरकार आयो । यो श्री ५ शाहा सरकारले पनि हामीलाई आफ्नो भाषा, लिपी पढ्न दिएन । आफ्नो धर्म, संस्कार, संस्कृति मान्न दिएन । आफ्नो चाड पर्व मनाउन दिएन । एक खस भाषा, एक खस लिपी, एक हिन्दु धर्म, एक हिन्दु संस्कार र संस्कृति लादयो । हामीलाई जबर्जस्ती हिन्दुकरण गरिइयो । बाजे र बाबुको दिनचर्या कालखण्डहरु कष्टकर भएर जसो तसो बित्यो । बिगतलाई किन कोट्याउने ? भनेर बर्तमानमा रम्न खोज्दा स्वयम् आफु नातिको पालामा पनि बाजेको पालाका श्री ३ राणा सरकार हटेर गए पनि र बावुको पालाको श्री ५ शाह सरकार हटे पनि हामी प्रतिको दमन, शोषण र अन्याय, अत्याचार ज्यूँका त्यूँ छ । नातिलाई पनि श्री ६ बाहुने सरकारले हिन्दुहरुको आमा–गाइ, बाउ–गोरु, गोबर–गणेश र मुत–अमृत को लोभ र डर–त्रास देखाएर सताएकै छ । खैर जे हास् ! जस्तो काम उस्तै परिणाम भने झैं अर्थात् जस्तो कर्म गर्यो उस्तै फल पाइन्छ भने जस्तै बाजेको पालामा श्री ३ राणा सरकारले जिब्रो नकाटेको थियो भने, कानमा सिसा पगालेर नहालेको थियो भने, हात नकाटेको थियो भने र रुखको ठुटामा राखेर नगिडेको थियो भने मुलुकभित्र राणाहरुको अस्तित्व नामेट भएर जाने नै थिएन । नेपाली इतिहासमा क्रुर जहानियाँ शासकको रुपमा राणाहरु थिए भनेर एकै वाक्यमा पूर्णविराम लाग्ने थिएन । एवमरीतले बापुको पालामा श्री ५ शाहा सरकारले एकतन्त्रीय निरंकुस शासन लादेर यहाँका मूलवासी मंगोलहरुको भाषा, लिपी, धर्म, संस्कार संस्कृति माथी आक्रमण नगरेको थियो भने यति सारो घरको न घाटको भएर, घृणाको पात्रो बनेर भिख माग्दै हिड्नु पर्दैनथ्यो होला सायद ! यसोसले नातिको पालामा आइपुग्दा पनि श्री ६ बाहुने सरकारले यहांका मूलवासी मंगोलहरुलाई मनुवादी नीति लाद्ने काम यथावत कायमै राख्छन् भने यसको परिणाम भनेको निश्चित रूपले पनि श्री ३ राणाहरुको र श्री ५ शाहाहरुको स्थिति जस्तो छ त त्यस्तै हुनेछ । यहाँका मूलवासी मंगोलहरुलाई हिन्दु आर्य बाहुनक्षेत्री शासकहरुले माटो मुनी दबाउने काममा कुनै कसर बाँकी राखेनन् । यधपी बाहुनक्षेत्री शासकहरुले माटो मुनी दबाउने काम नगरेको थियो भने यहाँका मूलबासी मंगोलहरु थारो–रुखो नै भएर बस्थे होला । माटो मुनी नै बिउ–बिरुवा उम्रिन्छ यो प्रकृतिको नियम हो । जति–जति माटो मुनी दबायो, उति–उति झन–झन मैलाएर मूलबासी मंगोलहरु आयो । मौलाए पछि माटो मुनि  फल्न थाल्यो र माटो बाहिर पनि फल्न र फुल्न थाल्यो । यो फल्ने र फुल्ने क्रम अब कहिल्यै रोकिँदैन । निरन्तर झ्यांगी रहन्छ, फुलि रहन्छ, फलिरहन्छ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्