शनिबार 27 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मृत्यु संग अछुतो र पछुतो छैन

Gyalzen Dorje Tamang | 1 फेब्रुअरी 2020

मृत्यु संग अछुतो र पछुतो छैन

गर्दन वरिपरि नाचिरहेछन नाङ्गो तरबारहरु ।

मृत्यु संग अछुतो थिएन र पो पछुतो छैन ।।

 

रगतमा पौडिन तम्सिरहेछन तातो गोलिहरु ।

त्यो रगतको अस्तित्व थिएन र पो पछुतो छैन ।।

 

मेरै शिर माथि ताकिरहेछन तीखो तीरहरु ।

शरणार्थी संग झुक्नु कर थिएन र पो पछुतो छैन ।।

 

समानता, स्वतन्त्रता र भातृत्व देख्ने आखाहरु ।

निर्दयी झिरले उनिनु थिएन र पो पछुतो छैन ।।

 

लोकतन्त्र, धर्मनिरपेक्षता र प्रान्तीयता पुकार्ने मुखहरु ।

पट्टी बाधी निस्सासिनु थिएन र पो पछुतो छैन ।।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्