शुक्रबार 29 मार्च 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मलाई माफ गर्नु होला

Som Gurung | 25 फेब्रुअरी 2019

मलाई माफ गर्नु होला

खुट्टा र नङ्रा मात्र खान सक्दिन म

मलाई माफ गर्नु होला।

मरेको जस्तै भएर बाच्न सक्दिन म

मलाई माफ गर्नु होला।

 

अस्तित्व बिहिन भएर बुढिगण्डकी जस्तै

त्रिशुलिमा विलीन हुन सक्दिन म

मलाई माफ गर्नु होला।

मेरो पुर्खाको कत्लेआम भएको दिनलाई

बडा उत्सव मानेर धुमधामसँग मनाउन सक्दिन म

मलाई माफ गर्नु होला।

 

मेरो पुर्खाको नाक र कानको थुप्रो माथि उभिएर

कसैको पुर्खाको आलिसन दरबार हेर्न सक्दिन म

मलाई माफ गर्नु होला।

मेरो पुर्खाको रगत पसिनाले सिन्चित पबित्र भुमिलाइ

कसैको पुर्खाको सानो दुखले आर्जेको मुलुक भन्न सक्दिन म

मलाई माफ गर्नु होला।

 

कसैको जिजुबाजेलाइ बडामहाराज भन्न सक्दिन म

मलाई माफ गर्नु होला।

खलपात्रहरुको कुकृत्यलाइ भगवानको लिला मान्न सक्दिन म

मलाई माफ गर्नु होला।

 

आफ्नै खेतमा खेताला बन्न सक्दिन म

मलाई माफ गर्नु होला।

आफ्नै देशमा शरणार्थी बन्न सक्दिन म

मलाई माफ गर्नु होला।

 

घर मालिकलाइ भतुवाहरुले

सैदुवा बनाएको हेर्न सक्दिन म

मलाई माफ गर्नु होला।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्