शनिबार 27 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मलाई मेरो संगठनले धेरै कुरा सिकायो

क्षृषा तामाङ | 12 मे 2021

मलाई मेरो संगठनले धेरै कुरा सिकायो

मेरो संगठन
मलाई मेरो संगठनले धेरै कुरा सिकायो ।

हजारौं मानिसको भिडमा, 
शिर ठाडो गरेर बोल्न सिकायो !
समाजमा रहेका कुसंस्कार र कुसंस्कृतिको, 
अन्त्य गर्न सिकायो ।
अन्याय र उत्पीडन समुदायको ,
हकहितको निमित्त लड्न सिकायो ।
शाषक वर्गहरुले गरेको शोषण प्रती,
आवाज उठाउन सिकायो ।

मलाई मेरो संगठनले धेरै कुरा सिकायो ।

मिहिनेती, लगनशील र अनुशासित,
हुन सिकायो ।
अन्य विकसित राष्ट्रहरु जस्तै उत्पादनशिल भइ,
आत्मनिर्भर हुन सिकायो ।
दिगो विकास र शान्ति कायम राख्न,
धैर्यता को पाठ सिकायो ।
आफ्नो राष्ट्रलाई विश्वमा चिनाउन,
हतियार हैन कलम चलाउन सिकायो ।

मलाई मेरो संगठनले धेरै कुरा सिकायो ।

जातजाति नभनी हामी सबै मंगोल एक हौ भनी ,
आत्मीय हुन सिकायो ।
हिमाल, पहाड, तराई सबै क्षेत्रका मनिसहरुलाइ,
एकबद्द्द हुन सिकायो ।
पुरुष र नारी बिचको विभेद हटाइ ,
नारी पुरुष सम्मान हुन सिकायो ।
बुद्धको महान दर्शन समानता, स्वतन्त्रता अनि भातृत्वलाइ,
व्यवहारमा उतार्न सिकायो ।

मलाई मेरो संगठनले धेरै कुरा सिकायो ।

कठिन भन्दा कठिन परिस्थितिको पनि ,
हासी हासी सामना गर्न सिकायो ।
विभिन्न समयमा आइपर्ने चुनौतीहरुसङ्ग लड्न
आँट, साहस बटुल्न सिकायो ।
आफ्नो राष्ट्रमा मात्र नभई अन्तर्राष्ट्रिय जगतमा सत्यको वकालत गर्न सिकायो ।
मर्ने अनि मार्ने लडाइको अन्त्य गरि बाच्ने अनि बचाउने ,
वैचारिक लडाइ लड्न सिकायो ।

मलाई मेरो संगठनले धेरै कुरा सिकायो ।

लेखक : क्षृषा तामाङ

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्