मङ्गलबार 16 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मदन देखी लासिमहाङ सम्म : आत्माकथा

Laasimhang Mongol | 30 मे 2021

मदन देखी लासिमहाङ सम्म  : आत्माकथा

बिहान झुल्किएर साँझमा अस्ताउने घाम जस्तो विलाई जाने एकबारको जोवनमा आखिर किन मानिसहरु सोचे जस्तो सुखि अनि सम्पन्न बन्न सक्दैनन् ? म जीवनको परिभाषा खोजिरहेको थिए ! यो कुरा आफु-आफैलाई प्रायः सोधि बस्थे । आखिर किन होला ? कहिले काहीँ मेरो प्रश्नहरु बेतुके होला कि भन्ठान्थे र चित्त बुझाउँथे तर पनि मेरो हृदयको गहिराइमा यी प्रश्नका भेलहरुले मलाई वेचैनि बनाईरहेको थियो । फेरी कहिले काहीँ मेरा प्रश्नका जवाफहरु प्रश्न संग—संगै जवाफ बनी म संगै यात्रा गरिरहेको छ जस्तो ! कौतुहलताको त्सुनामीहरु जति जति छछल्किन्छन् उति उति वेचैनि बढ्न थाल्थ्यो । तर पनि सानै देखिको दुःख कष्ट र अभावहरुले सम्हालीन सिकेको थिए । जीवनको अध्याय पनि २१ औं वसन्तमा थिएछु । जानि नजानी जीवनका् परिभाषा खोजिरहे । सबैबाट एउटै उत्तर, आखिर जीवन के रहेछ ? जन्मे पछि मर्नै पर्ने कस्तो अचम्म ! म भने यो रमाईलो जीवन कहिल्यै विलीन नहोस् चाहान्थे तर प्रकृतिको नियम अघि कस्को के लाग्थ्यो र ? मर्न भने एकदम डर लाग्थ्यो । म भौतारि रहेको थिए यस्तै—यस्तै कुराहरुमा । एकदिनको कुरा म आज पनि सम्झन्छु । मेरो मगजमा ताजा याद बनि बसेको त्यो क्षण । म आफ्नो जीवनलाई आफ्नो ठान्दथे । संसारनै मेरो झै अहमताले भरिएको जीवन यथार्थ बुझ्दा पत्याउनै गारो भयो । अनि सोचे यस्तो पनि हुन्छ र ? जीवन पो मेरो रहेछ ! तर बचाई र मराई त अरुको हातमा पो रहेछ । हृदय पो मेरो तर ढुकढुकि त अरुको लागी रहेछ ! यति सम्म कि प्रकृतिले जीवन मलाई पो दिए तर प्राँण त अरुकै लागी । कस्तो अचम्म !

सुरु—सुरुमा त पत्याउनै गारो तर यथार्थ रहेछ । मलाई अझै पनि याद छ, त्यो दिन जुन दिन मेरो अहमता, मेरो कोतुहलताको जवाफ एउटै कागजको टुक्रामा पाएको दिन । त्यसबेलाको खुशी अनि आनन्दको क्षण सायद म यहाँ शब्दको लहरहरुमा वर्णन गर्न सक्दिन । त्यो दिन म आफुले आफैलाई चिनेको दिन, अचम्मीत नहुनुहोला मैले मेरो परिचय नभएर अस्तित्व चिनेको दिन थियो । मैले म मंगोल हुँ भनेर मेरो मानव अस्तित्व थाहा पाएको दिन, सोच्नुस त वर्षौं देखि हामीलाई कस्तो अवस्थामा राखिएको रहेछ ? अचम्मको लहर थियो, त्यसबेला यस्तो पनि हुन्छ र जस्तो लागेको थियो । सायद मेरो चेतना भन्दा धेरै उच्चस्तरको कुरा भएर रहेछ अहिले कुरा बुझ्दा । दिन, हप्ता र महिना गर्दै समय बित्न थाल्यो । यता आफु मंगोल भएको कुराले फेरी अर्को वेचैनि हुन थाल्यो । यहिँ विषयमा घोत्लिन थालेछु । हिजोसम्म आफ्नो लागी मात्र सोच्ने म अब एकाएक समस्त मंगोलको निम्ती सोच्न थालीसकेको रहेछु । मंगोल शब्द संग म यति नजिक भएछु की मंगोल शब्दलाई घृणा गर्ने जति प्रति घृणाको भावना जाग्न थालेछ । अनि सरल भाषामा भन्नुपर्दा आमा पट्टि न बुबा पट्टिको मंगोलहरु प्रति पनि आत्मीयताको भाव मेरो हृदयको अन्तरकुन्तरमा फुल्न थाल्यो । यहिँ दिनदेखी पण्डितले राखिदिएको नाम मदन देखि लासीम हाङ्ग भईसकेको रहेछु अहिले आएर बुझ्दा । यस्तै—यस्तै घोत्लिने क्रममा एकदिन एउटा पुस्तक मेरो हात पर्यो । पुस्तकको नाम थियो नेपाली राजनितीमा मंगोलवाद—बाहुनवाद—माओवाद । पुस्तक हात पार्दाको कहानी पनि बडो रमाईलो छ, कहिले काहीँ म सम्झ्न्छु र हाँस पनि उठ्छ, अचम्म पनि लाग्छ । त्यस बखत उक्त ऐतिहासीक पुस्तक मेरो गाउँले साथी धनराज लिम्बू (Db Mongol, हाल मोरङ जिल्ला सचिव ) को बुवा वर्तमान केन्द्रिय सल्लाहकार भुवन सिंह योङ्गहाङ्ग (झापा) दाईले मलाई बेलबारीमा बस्नुहुँदा दिनुभएको थियो । किताब लिएर फर्कीने समयमा उहाँले मलाई यो पुस्तक ज्यादै खतरनाक पुस्तक हो । पुसिले देख्यो भने पक्डिन्छ, जेल हाल्छ भन्नु भएको थियो । कपडाको चेप भित्र हालेर उक्त पुस्तक लिएको हिजो जस्तै लाग्छ ६,७ वर्ष भईसकेछ । जब मैले शुरुमा आफ्नो अस्तित्व चिन्ने कागजको टुक्रा भेटेको थिए उक्त पर्चा केन्द्रिय सदस्य एवम् मंगोल भिजन राष्ट्रिय साप्ताहिकका प्रबन्धक राजकुमार दाईहरुले गाउँघरमा बाँड्नु भएको रहेछ । पहिले—पहिले देख्दा खास्सै ध्यान नगए नि उक्त पर्चाले चेतनाको ढक्कन खोलेसी थाहा भयो किन बाड्नु भएको रहेछ । त्यसपछित मेरो दिनचर्या बिहान एक डोको घाँस काट्यो दिनभर त्यहिँ पुस्तक पढ्यो । यसरी नै दिनहरु वेतित हुनथाल्यो । मंगोलवाद—बाहुनवाद—माओवाद पुस्तकले मेरो चेतनाको छलाङ्ग मार्न थाल्यो । आफ्नो परम मित्र र शत्रु समाज, देशमा देख्न थाले, चिन्न थाले । बाहुन—क्षेत्री देख्दा रिस उठ्ने त भई गयो तर सबैभन्दा धेरै रिस चाहीँ आफ्नै अनुहार भएका तर काम चाहीँ बाहुन—क्षेत्रीको गर्ने जनजाती देख्दा उठ्थ्यो । पुस्तकमा युग पुरुष अमर ड.गोपाल गुरुङ्ग ज्युले जनजातीहरुलाई हनुमान लेख्नु भएको कुराले मेरो मनमा एकदम आनन्द लाथ्यो । जस्तो काम उस्तै नाम आहा ! जति पुस्तक पढ्दै गयो उति रमाईलो लाग्थ्यो । थाहै भएन एम एनओ प्रति अञ्जान मै यति गहिराईमा पुगिएछ अब त यो सास रोकिएसी मात्र...............

यहिँ कारण होला गाउँमा जनजाती हनुमानहरु संग खुव राजनितीक बहस परिन्थ्यो । जनजातीहरु आफ्नो स्वार्थको लागी बाहुन—क्षेत्रीको हनुमान, हली, नोकर हो भन्ने मानसीकतामा बसेसी कहिले काहीँ तर्कमा हार्दा नी मुढे तर्कले भएनी पेलिन्थ्यो । आज सम्झन्छु बडो रमाइलो लाग्छ । आफ्नो अस्तित्वको निम्ति बाहुन क्षेत्रीको हनुमानको अगाडी झुकिएन । कहिले काहीँ एकान्तमा बसेर शरुवाती दुःखका दिनहरु सम्झन्छु । एकप्रकारको बेग्लै आनन्द लाग्छ । सहि बाटो अनि निश्चित गन्तव्य बोकेर हिडेको पाउँदा । अपरिपक्व उमेर अनि उस्तै राजनितीक ज्ञान र पुस्तौं—पुस्तादेखि हिन्दूवाद, बाहुनवादले ग्रस्त समाजमा संसारकै नौंलो दर्शन लिएर अध्याँरो झुपडीमा उज्यालो बत्ति बाल्नु, हिन्दूवादले मत्थर बनाएको मगजमा अस्तित्वको कुरा बुझाउनु सजिलो थिएन तर मनमा भने परिवर्तन हाम्रै पालामा भन्ने एकमात्र चाहानाले चुनौतीहरुलाई परास्त गरिदीयो । एम एनओको जित अनि जनजाती हनुमानहरुको चुरिफुरी बाहुन—क्षेत्री संगै अन्त्य भएको हेर्ने यहीँ चाहानाले नै आजसम्म डोहोराईरहेको छ । सायद एम एनओलाई हृदय देखि नै आफ्नो ठान्ने निस्वार्थी हरकाहीलाई यस्तै महसुस हुन्छ होला । दिनचर्या फेरी समाजका हनुमानहरु संग छलफल, बहस बिना अधुरो लाग्न थाल्यो । जति चेतना खुल्न थाल्यो उति धेरै अन्याय, अत्याचार देख्न थाले, पाईला—पाईलामा विभेद भेटे । साँचो हृदयले भन्नुपर्दा एमएनमा लागेर म मन्त्री नै बन्छु, नेता बन्छु, राजनिती नै गर्छु भन्ने चाहा एकरत्ति पनि थिएन तर किन हो ? एम एनओ भन्दा टाढा बस्नै सकिन, एम एनओको बिरोध पनि सहय् भएन । कहिले काहीँ म यहीँ सोच्ने गर्छु । कसरी म यो बाटोमा होमीए ? म त गीत संगित औधि मन पराउने मान्छे । जीवनमा केहि गर्न नसके पनि एउटा आफ्नै ब्याण्ड खोल्छु भनेर सोच्ने मान्छे । तर आफ्नो स्वर भने आफैलाई ठ्याक्कै मन नपर्ने ! सायद प्रकृतिले नि गीत संगीत भन्दा पर राखेको होला र मान्छेलाई मान्छे बनाउने मंगोल दर्शनले गर्दा म पनि हिन्दूवाद, बाहुनवादको जन्जीरलाई तोडेर मान्छे भएछु क्यार ! त्यसैले एउटा मानवले मानवलाई गर्नुपर्ने उद्धारवादको भावनाले मलाई यो बाटोमा डोहोराएछ । कतै यो प्रकृतिको नियम त हाईन ? भावनामा बहकिएर दार्शनीक डिङ्ग हाँक्न पुगेछु । पुनः पुराना दिनहरुलाई सम्झन्छु । हुन त म सानैदेखि प्रकृति संग रमाउने मान्छे । मलाई हिमाल, पहाडको काखमा एकान्तमा बसेर मनका तितामिठा भावनाहरु लेख्न खुव मनपर्छ । मलाई सानै देखी स्वतन्त्र मन पर्थ्यो । त्यसैले पनि होला मलाई घरमा पुजापाठ, धामी झक्री इत्यादी कार्य गरेको पटक्कै मन पर्थेन । मलाई मन नपर्ने कामकुरा कसरी हुन्छ, तिरस्कार गरेरै छाड्ने मेरो बानी छ । जसकारण धेरैको नजरमा म घमण्डी छु तर मलाई यहीं नै प्यारो अनि आनन्द लाग्छ । मलाई सानो सानो कुरा अनि सस्तो बस्तुमा पनि ठूलो खुशि मिल्छ । मलाइ मनपरेको सामान चिजबिज छ भने सस्तो भएनी महँगो चिज जतिकै मनपर्छ तर मनपरेन भने जतिसुकै महँगो भएनी म खुशी हुन सक्दिन । यहीँ मेरो बानीका कारण होला म आज अभाव ग्रस्त जीवन भएनी संगठनलाई निरन्तरता दिन सकिरहेको छु । घरमा धामी झाक्री लगाएको दिन प्रायः म साथीभाईकोमा सुत्ने गर्थे । धर्म, संस्कार, संस्कृतिहरुमा खास्सै रुचि सानैदेखि नभएकाले आज पनि खासै ज्ञान छैन । दसैंमा टिका लगाएको एकपटक मात्र याद छ, दक्षीणाको लोभमा । बाँकी के—कती लगाए मगजमा यादगार रहेन र मन पनि पर्थेन । तिहारमा पनि भाईटिकामा टीका लगाएको एकपटक मात्र याद छ बाँकी टीका थाप्न मन पर्दैन थियो तर चेलिको उपहार थाप्ने गर्थे । सानैदेखि आफ्नो समुदाय मात्र आफ्नो ठान्ने बानी ठिक उल्टो भएकोले भावना मिल्ने जुनसकै समुदायको साथी संग पनि म नजिक हुने भएकोले मंगोल दर्शन अंगाल्नु भन्दा पहिले थुप्रै बाहुन—क्षेत्री साथीहरु थिए तर बाहुन—क्षेत्री साँच्चै नै वैगुणी हुँदारहेछन् । मैले आफुले आफु के भन्न थालेको थिए म मंगोल हुँ के भन्न थालेको थिए म उनिहरुको निम्ति दुश्मन भएछु । सबै बिरानो बन्न थाले । अहिले सोच्छु ठिकै भएछ । बडार्नु पर्ने कसिङ्गर हावाले उडायो । मंगोल दर्शन अंगालेसी मैले एकदिन मेरो अम्मी संग सोधेको थिए मेरो नाम मदन कसले राखेको भनेर, जवाफमा पण्डितले भन्ने थाहा पाएदेखि जीवनभर लासीम हाङ्ग नै भएर बाँच्ने निधो गरे । त्यस अघि पनि सामाजिक सञ्जालमा यहीँ नाम थियो । केहि व्यक्तिगत समस्याले काठमाण्डौंको बसाईमा सामाजीक सञ्जालमा केन्द्रिय सदस्य रिन्छेन दाई संगको कुराकानीमा केन्द्रिय कार्यलयको ठेगाना पत्ता लाग्ने काम त भयो तर कार्यलय पुगेको दिन शनिवार परेछ, कार्यलय बन्द । पछि पुनः प्रत्येक शनिवारका दिन प्रशिक्षण कार्यक्रममा जानथाले । एकदिनको कुरा हो प्रेसिडेण्ट बुद्धलाल दाई काठमाण्डौं आउनु भएको खबर रिन्छेन दाईबाट जानकारी पाए र एकचोटी भेट्ने कुरा राखेसी भेट गर्ने मोका पनि पाए । उहाँ संगको मेरो पहिलो भेट सन् 2015 तिरको हो । त्यतिबेला एउटा तस्वीर पनि दाइ संगै खिचेको थिए । अझैसम्म संगालेर राखेको छु । समय बित्दै गयो केन्द्रिय कार्यलयमा भेटघाट, प्रशिक्षण नियमित लिन थाले । सन् २०१६ मा पुर्वाञ्चल क्षेत्रीय सभा धरानमा म काठमाण्डौंबाट आएको थिए । त्यो कार्यक्रम नै मेरो सबैभन्दा पहिलो सहभागीता थियो । त्यस पछि भने मेरो मन काठमाण्डौंमा रमाउन छोड्यो । अब भने काठमाण्डौं बस्ने रहर मर्न थाल्यो । गाउँ घरतिर सञ्जुहाङ्ग भाई संग पनि राम्रो कुराकानी भएसी घर आउने निधो गरे । घर आएसी हामीले पहिलो चोटी कालो दशैं बहिष्कार कार्यक्रम गरेको थियौं । न मेसो थाहा थियो, न नाराहरु नै तर पनि अरेको भरमा गाउँ, चौकमा नारा जुलुस जोड लगाइयो । यहिँ दिन देखि हामी सबैको नजरमा परेछौं । भद्रपुरमा हामीले एम एनओको बिउ रोपेछौं । म जन्मीनु भन्दा अगाडी पनि एम एनओ गाउँमा भएको, तर हराएको कुराले समाजमा मन जित्न कठिन थियो तर नि जोश कहिल्यै घटेन । यसरी नै दिन रात गर्दै संगठनको प्रचारप्रसारमा जुट्ने क्रममा शुरुवाती चरणमा म लगायत सञ्जुहाङ्ग मंगोल, आषीस रानामगर मात्र थियौं । हाम्रो गाउँ एकदम ऐतिहासिक रहेछ । म जन्मनु भन्दा अगाडी फाउण्डर प्रेसिडेण्ट युग पुरुष अमर ड.गोपाल गुरुङ २/३ चोटि कार्यक्रम लगायत भुमिगत हुनुहुदाँ आउनु भएको रहेछ । हाम्रो कठोर मिहेनतका कारण सोनाम तामाङ, सतिस लिम्बू, अर्जुन लोवा लिम्बू, सुबास लिम्बू, रावण लिम्बू, विषन लिम्बू, गुञ्ज राना मगर दाई संगठित हुँदै गयौं । संगठनमा मुलधारको राजनीति पश्चात् सन् 2017 मा स्थानीय स्तरको चुनावमा मेयर पदमा उम्मेदवारी पाएको थिए । जहाँ मैले बदर मत सहित जम्मा ११६ मत लिएको थिए । सायद यहीँ नै विजयको शुरूवात थियो होला । हिजो संगठन नै नभएको ठाउँबाट ११६ मत आउनु हनुमान जनजातीको लागि थोर भएनि बाहुन क्षेत्रीको निम्ति कम्ती थिएन । यसरी नै दिनचर्या अस्तित्वको खोजमा वेतित हुन थाल्यो । मेरो मन मस्तिष्कमा केवल एम एनआले जितेर पुस्तौंदेखिको वर्णभेद अन्त्य भएर समानता, भातृत्व र स्वतन्त्रताको बिकास भएको हेर्ने दृढ अभिलाषाले अस्तित्वको खोजमा लागी पर्न आज पर्यन्त प्ररित गरिरयो । सायद जीवनको परिभाषा यहीँं नै होला, जीवन अस्तित्वको खोज । यहाँ सम्मको यात्रामा मैले मेरो घरपरिवारलाई धन्यवाद दिनैपर्छ । जसले आफुले खाई नखाई हुर्काएको छोराले बुढेशकालमा कमाएर सुःखमा राख्छ होला भनि सपना बुन्ने बुवा आमाको सपना माथी टेकेर म अस्तित्वको खोजमा हिडिरहेको छु । तर कसले बुझ्ने मलाई ? म त पाईला—पाईलामा आफ्नैहरु शत्रु देख्छु । खैर ! मेरो जस्तो कति परिवार अनि कति आमा बुवा होलान् जसले मेरो आमा बुवा जस्तै दिवा सपना बुन्ने गर्छन् । जसले आफुले आफैलाई नचिनी हिन्दूवाद, बाहुनवादको विषालु व्यवस्थाले जीउँदो लास सरह छन् । आफुले आफैलाई नचिनी मृत्युु भएका छन् । सबैको ओठमा हाँसो अनि मुक्तिको बिहानी ल्याउनु छ । यहीँ सोच बोकेर म अस्तित्वको खोजमा छु । आफुले आफैलाई धेरै परिवर्तन पाएको छु । जीवनमा सबथोक पाए र अझै पाउँदै जान्छु पनि होला तर एउटै गुनासो युग पुरुष अमर ड.गोपाल गुरुङलाई जिवितै भेट्न पाईन । वहाँको भौतिक शरीर नरहेता पनि वहाँको कहिल्यै नमर्ने अमर मंगोल दर्शन पाए । सायद यहीँ नै होला जीवन अस्तित्वको खोज भनी चित्त बुझाए । अन्तमा हामीलाई पशुल्य जीवनबाट टपक्कै टिपेर मान्छे बनाउन आफ्नो जीवननै त्याग गरिदिनुहुने युग पुरुष अमर ड.गोपाल गुरुङप्रति हृदयदेखि नै नमन ।।

नोट: लकडाउनको खाली समयमा आफ्नो आत्माकथा छोटकरीमा उतारेको छु । पढेर कृपाया प्रतिक्रिया दिनुहोला ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्