मङ्गलबार 21 अप्रिल 2026

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

नाम छ हाम्राे मंगाेल

Sinara Mongol Meche | 5 फेब्रुअरी 2019

नाम छ हाम्राे मंगाेल

नाम छ हाम्राे मंगाेल

क्रान्तिकाे राताे रङ राम्राे राम्राे

शान्तिको निलो रङ्ग हाम्रो-हाम्रो

पुर्खाको हतियार खुकुरी

पाँच कोणे तारा अस्तित्व

हिमाल पहाड मधेस मैदान.....

सबैले देख्दा राम्रो.................

यसै राम्रो उसै राम्रो तेसै राम्रो है

यसै राम्रो उसै राम्रो तेसै राम्रो है

नाम छ हाम्रो मंगोल

गरेर काम देखाउने

बीर भएर पुर्खाको इतिहास

आफनै हातले लेखाउने

आफनै हातले लेखाउने

क्रान्तिको रातो रङ्ग राम्रो-राम्रो

शान्तिको निलो रङ्ग हाम्रो -हाम्रो --

   घर-घरलाई अब एमएनओको स्कुल बनाउँ घर भित्रको कोठामा होस या आँगनमा एमएनओ को झण्डालाई दियो बालेर फुल चढाई बिहान अथवा बेलुकी पुजा गर्ने गरौं। युगपुरुष अमर ड. गोपाल गुरुङ लाई दोस्रो बुद्धको रुपमा स्रद्दा गरौं। हाम्रो झण्डामा अदृश्य शक्ति छ। एमएनओको झण्डा माथी शत्रुको नजर पर्ने बितिक्कै शत्रुको शिर झुक्छ। यो झण्डा भद्रगोल जेल भित्र जन्मिएको झण्डा हो। बुझ्नेलाई स्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिँड भने जस्तै यसको छुट्टै विशेषता र महत्व छ। यो झण्डा विश्वब्यापी भइसकेको झण्डा हो। कुन देशमा पो पुगेको छैन होला र! झण्डाको महत्व कति को बुझेका रहेछन् त ? नेपालका मुलवासीहरुले भनेर अन्तराष्ट्रिय समुदायहरु बुझ्न आएको खण्डमा हामी नाजवाफ बन्नु हुँदैन। तेतिबेला हामीसँग यस्तो संस्कार र संस्कृति छ भनेर देखाउनु सक्नु पर्ने हुन्छ। यसकारण सम्पूर्ण एमएनओका नेता,कार्यकर्ता तथा समर्थक ज्युहरुले यो कुरालाई गम्भीरताका साथ लिनु हुन अनुरोध गर्दछु ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्