मङ्गलबार 21 अप्रिल 2026

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

नेपाली राजनीतिमा अदेखा सच्चाइ, सेटानिक भर्सेज र लज्जा

Dilip Kumar Yangmali | 9 फेब्रुअरी 2019

नेपाली राजनीतिमा अदेखा सच्चाइ, सेटानिक भर्सेज र लज्जा

नेपालका 80% अहिन्दु मूलवासी मंगोलहरु माउ बिनाको चिङ्ना जस्तै अवस्थामा पुर्याइएको थियो। अब आक्रमणकारी बाज, चील, काग आदिबाट आक्रमण हुँदा झम्टन र बचाउनको निम्ति जनवरी 1,1989 मा भद्रगोल जेल भित्र जन्माइएको हो एमएनओ। यसको स्यालुट, झण्डा, घोषणा पत्र पनि जेल भित्र नै तयार पारिएको हो। डा. गोपाल गुरुङ जेल पर्नु भएपछि बिरामी हुँदा पञ्चायती मण्डलले सरकारले समयमा हस्पिटल नलैजाँदा ठुलै संघर्ष गर्नु परे थियो उहाँले। उहाँको जेल चलानको कुरा नेपालको समाचार पत्रहरुले नछापे पनि र नेपालमा मानव अधिकारसँग सम्बन्धित कुनै पनि संघ संस्थाहरुले आवाज नउठाए पनि भारतीय समाचार पत्रहरु र Amnesty International London, Human Right's London, Pen London, Press Foundation of Asia(PFA) Manila, Philippines, Lubis Mochtar, Director General PFA Jakarta, Indonesia, Human Rights Denmark ले जोडदार कलम चलाए। Mochtar Links ले भुत दरबार प्रधान मन्त्रीलाई धम्की साथ पत्र लेखेका थिए भने Denmark को Human Rights Bulletin Action मा फोटो सहित छापेर उहाँको रिहाइको माग गर्न लागेपछि त डेनमार्कका कतिपय स्कुलहरूमा पनि डा. गोपाल गुरुङको विषयमा विधार्थीहरुलाई शिक्षकहरुले जानकारी गराउने क्रम जारी राखे। जेल जीवनमा बिध्यार्थी लगायत मेयर र बिभिन्न पेशा सँग सम्बन्धित व्यक्तिहरुले सान्तवनाका चिट्ठीहरु लेखे। गोपाल गुरुङको विषयमा सिक्किमबाट प्रकाशित हुने समाचार पत्र जन्म भूमिले डा. गुरुङको फोटो सहित राजनीतिमा दक्षिण अफ्रिकी नेल्सन मण्डेला र लेखन शक्तिमा बंगला देशकी लेखिका तसलिमा नसरीन संग दाँजेर प्रकाशित गरेको थियो भने जर्मनीबाट एकजना जर्मन लेखकले जर्मनी भाषामा लेखेका थिए। मलाई लाग्छ त्यसताका संसारका तीन जना कलम बाजहरुले ज्यानको खतरा मोलेर सास्ती सहिरहेका थिए। तिनीहरू हुन् सलमान रुस्दीले सेटानिक भर्सेज लेख्दा बर्षौं बर्ष भूमिगत जीवन बिताउनु पर्यो। तसलिमा नसरिनले लज्जा लेखेकीले आज पनि शरणार्थी जीवन बिताइरहेकी छिन भने डा. गोपाल गुरुङले नेपाली राजनीतिमा अदेखा सच्चाई लेख्दा जेलको सास्ती भोग्नु पर्यो। उहाँ जस्ताका त्याग र तपस्याका कारणले बहुदल आएकोले छुट्नु पाउनु भयो। उहाँ जेल मुक्त भएपछि बधाइका थुप्रै चिट्ठीहरु आए। डेनमार्क, भोटाङ, दार्जिलिङ, भारतका बिभिन्न भेग, इण्डोनेसियाबाट। UK, Netherland, America बाट बोल्ने निम्तो पाए। बोल्ने क्रममा डा. गोपाल गुरुङ मुम्बई, नागपुर, चन्द्रापुर, बल्लारपुर, पुग्नु भयो र बल्लारपुरमा त्यहाँका मेयरले नागरिक अभिनन्दन र स्मृति प्रतिक दिने काम पनि गरे। डा. गोपाल गुरुङको बिषयमा पक्राउ पर्न अघिनै सिक्किम अब्जरभर (Sikkim Observer) ले लेखेको थियो।Nepali Writer Likely to be Arrested (नेपाली लेखक पक्राउ पर्ने छाँट) भनेर। पछि डिसेम्बर 21,1996 मा पनि Sikkim Observer ले डा. गोपाल गुरुङको बिषयमा लेखेको थियो (Why is Gopal Gurung not as innocent as the sons of Got?) गोपाल गुरुङ इश्वरको छोरो जस्तो निर्दोष हुन किन सकेन? भनेर। त्यसै गरी सिक्किमबाटै प्रकाशित हुने अर्को अंग्रेजी समाचार पत्र (Himalayan Guardian) ले अप्रिल 23,1997 मा Asserting Identity is not being communal. Nepal should be a secular country.( आफनो अस्तित्वको निम्ति अधिकार खोज्नु वा माग्नु साम्प्रदायिक होइन, नेपाल धर्मनिरपेक्ष मुलुक हुनु पर्छ।)भनेर। यसरी डा. गोपाल गुरुङका पाइलाहरुलाई सहयोग पुर्याइरहेका थिए भने सिक्किमका युवा कंग्रेसका बाहुनछेत्रीहरुले डा. गोपाल गुरुङलाई सिक्किममा पस्नु नै दिनु हुँदैन। उ यस समय सिक्किममा छन् उसलाई तुरुन्तै पक्रेर सिक्किमबाट लखेट्नु पर्छ भनेर त्यताका सिक्किमका गभर्नर चौधरी रणधीर सिंहलाइ लेखेर दिएका थिए। परन्तु गभर्नरले युथ कांग्रेसका बाहुनछेत्रीहरुले भने जस्तो गरेनन्। जै मंगोल! जै मुलवासी!

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्