शनिबार 20 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

नेपालमा बाहुनेसमाजबाद र बैज्ञानिक समाजबाद MNO ले चाहेको समाजबाद

Dhanraj Rana Magar | 27 मार्च 2019

नेपालमा बाहुनेसमाजबाद र बैज्ञानिक समाजबाद   MNO ले चाहेको समाजबाद

बैज्ञानिक समाजबाद

- समाजबादको सुरुवात कसरी भयो समाजबाद भनेको के हो भन्ने सन्दर्भमा केही ब्याख्या बिशेषण बैज्ञानिक समाजबादको जन्मदाता कार्ल माक्स हुन् ।कार्ल माक्स र फ्रेडरिक एङ्केल्सले सन् १८४१ मा प्रकाशित गरेको कम्युनिस्ट घाेषणा पत्रमा पहिलोपटक बैज्ञानिक समाजबाद के हो भन्ने स्पष्ट पारिएको छ । सन् १७८९ मा भएको फ्रान्सेली राज्य क्रान्तिबाट बैज्ञानिक समाजबादको सुरुवात भएको हो तर त्यसपछि समाजबादलाइ विभिन्न तरिकाले परिभाषित गरिएको पनि पाइन्छ । समाजवाद एक उपनिबेसिक परतंत्रता साम्राज्यवाद पुंजीवाद एकात्मकको बिरोधी हो किनभने समाजबादले लोकतन्त्र स्वतन्त्रता र समानताको समर्थन गर्छ समाजबाद एउटा यस्तो आदर्श आर्थिक तथा प्रणाली हो जहाँ सबै प्रकारको उत्पादनको साधनहरु राज्यद्वारा नियन्त्रित हुन्छ र नागरिकलाई न्यायपुर्ण ढंगबाट बितरण गरिन्छ समाजबादी राज्य प्रणालीमा ब्यक्तिगत सम्पत्तिको कुनै महत्त्व हुदैन तर सार्बजनिक सम्पत्तिको रक्षा प्रबर्द्धन र बिकास गर्नु हरेक नागरिकको कर्तव्य दायित्व हुन जान्छ समाजबादमा ब्यक्तिगत सम्पत्तिको नियन्त्रण र बितरण सामाजिक नियन्त्रणको माध्यमबाट गरिन्छ अर्को अर्थमा समाजबाद भनेको राज्य द्वारा नागरिकहरूको आधारभुत आवश्यकताहरु जस्तै बाँस, गाँस, कपास शिक्षा स्वास्थ रोजगार सुरक्षा आदि समान ढंगले बितरण गरिने र प्रत्याभूत गराइने राजनीतिक तथा आर्थिक प्रणाली हो समाजबादमा समाजको सबै नागरिकहरुले उत्पादनको साधनहरुको समान ढंगले उपभोग गर्ने सुनिश्चितता हुन्छ । अहिलेसम्म संसारको कमै देशहरुमा मात्रै समाजबाद प्रणाली लागू भएको उदाहरण पाइन्छ जस्तै क्युबा, भेनेजुयला, चीन, भियतनाम, रसिया, दक्षिण अमेरिकी, उत्तर कोरिया, युरोपियन मुलुकहरू नर्बे, डेनमार्क, स्विडेनहरुमा समाजबादी अर्थब्यबस्था लागू गरिए तापनि तर त्यहाँ पनि पुंजी अर्थब्यस्थाले अवलम्बन गरेको सम्पति माथि ब्यक्तिगत अधिकार खुल्ला गरिएको छ पुंजीवादी अन्यायपूर्ण अर्थ ब्यवस्थापनको बिकल्पको रुपमा समाजबादी न्यायपुर्ण अर्थब्यवस्थाको प्रादुर्भाव भएको हो । ्र

 

बाहुनेसामाजबाद ।।

बाहुनेसमाजबाद भनेर नामांकित गर्दा अलिक अप्ठ्यारो भएको महशुस पक्कै हुन्छ होला यो हुनु स्वभाविक हो तर यो एउटा फेक्ट अर्थात अदेखा सचाइ हो माथि मैले भनी सकेकोछु कि बैज्ञानिक समाजबाद प्रणाली अर्थब्यवस्थाको बारेमा यहाँ मैले यो बाहुनेसमाजबाद कसरी भयो भन्ने सन्दर्भमा पनि मैले प्रस्ट्याउन चाहे नेपालमा थुप्रैपटक क्रान्ति भयो र थुप्रै तन्त्र र वादहरुको ब्यवस्था लगाइयो जस अनुसार नेपालमा माओवाद पछिको लोकतान्त्रिक संघीय गणतन्त्र पद्धति अनुसार नेपालको अन्तरिम संविधान२ २०७ को भाग १ को धारा ४ मा नेपाल एक समाजबाद उन्मुख राज्य हुनेछ भनी उल्लेख गरिएको छ त्यसैले मैले यहाँ यो संविधानमा लेखिए अनुसार र अहिलेको सरकारको कार्य दिशा कार्यनीति अनुसार मैले बाहुनेसमाजबाद नाम दिएर यो शब्द लेख्नु बाध्य भयो भन्ने बारेमा उल्लेख गराउदछु समाजबाद के हो भन्ने सन्दर्भमा माथि मैले समाजबाद प्रणाली समाजबाद अर्थब्यबस्थाको बारेमा संक्षिप्त रुपमा भनिसकेको छु त्यो अनुरुप नेपालको बाहुने एकात्मक कमाउनिस्टहरुले पनि संविधानको खोस्टामा राखि टोपलेको रहेछ तर त्यो संविधानमा मात्रै सिमित भयो किन भने समाजबादमा आदर्श आर्थिक राजनीतिक प्रणालीमा रुपान्तरण गर्दै राज्यद्वारा नागरिकहरुको आधारभुत आवश्यकताहरु बास, गाँस, कपास, शिक्षा, स्वास्थ, रोजगार, सुरक्षा, आदि समान ढंगले बितरण गरि सम्पुर्ण समाजबादी नागरिकलाई प्रत्याभूत गराएको खोइ त ?????? यहाँ त गरिबीले भोक भोकै मान्छे मरेको छ स्वास्थ उपचारको अभावमा मान्छे मरिरहेको छ असुरक्षितको कारण 10 बर्ष नाबालक महिलाहरु बलात्कारको सिकार भैरहेको छ रोजगा को नाममा ठगी खाने भाडो बनाएर रेमिटेन्स रोल्टीको लोभमा बिदेशी दलाललाई बेचिएको छ 21 औं शताब्दिमा पनि अझै औठा छाप ल्याप्छे लगाउने भेटिन्छन् भ्रष्टाचारले चरम सिमा नाघिसकेको छ पाउने सुबिधा सम्मत पाएको छैन सुनिश्चित गरेर दिने त कुरै नसोचौ खोइत देशलाई समाजाबाद तरफ उन्मुख भएको यहि हो ?? हुन पनि समाजबाद भन्ने कुन चरिको नाम हो सम्म थाहा नभएकोले होला तर 20% हिन्दु आर्यनहरुलाइ यहाँ समाजबाद छ किन भने यहाँ संविधानमा जे लेखे पनि यहाँ 20% हिन्दु आर्यनहरुलाइ सकेसम्म यहि रोजगार छ सकेसम्म शिक्षा छ सकेसम्म स्वास्थ सुबिधा पाई राखेकै छ किन भने नेपालमा 80% अहिन्दु मंगोल भएको देशमा यहाको मंगोलहरुलाइ सबैबाट विभेदमा पारी 90% हिन्दु आर्यन एकात्मकहरु हरेक तहमा भएकोले गर्दा हामी यो बाहुनेसामजबाद भन्न र लेख्न बाध्य पारिएको छौ ।।।

 

MNO ले चाहेको समाजबाद ।।

 नेपालमा सबैभन्दा पहिला लोकतान्त्र धर्मनेरोपेक्ष प्रान्तीय सरकार अर्थात् स्वतन्त्र सम्मानता लोकतान्त्रिक समाजबाद प्रेसिडेण्ट प्रणाली ब्यवस्था हुनुपर्छ भनेर लेख्ने बोल्ने मंगोल नेशनल अर्गनाइजेशन फाउन्डर डा गोपाल गुरुङ हुनुन्छ र मंगोल नेशनल अर्गनाइजेशनले चाहेको लोकतान्त्रिक समाजबादको बारेमा पनि मैले केही प्रस्ट पार्न चाहे हुन त नेपालको बाहुनहरुले पनि संविधानमा लोकतन्त्र प्रान्तीय धर्मनिरपेक्ष समाजबाद भन्ने शब्द लेखिदिएको छ यो मंगोल नेशनल अर्गनाइजेशनलाई ओझेलमा पार्न र जनतालाई भ्रममा पार्न मात्रै हो बाहुनहरुलाइ फलामे चिउरा र काउसो जतिकै भै रहेको छ । तर मंगोलले यसलाइ सस्थागत कार्यन्वयन गर्नको लागि जोड दिइरहेको छ मंगोल नेशनल अर्गनाइजेशनले चाहेको समाजबाद राज्यद्वारा समाजबादी नागरिकहरूको आधारभुत आवश्यकता पूरा गरिदिनेछ किन भने र कसरी भने श्रम उद्यमशिलता बस्तुगत पूंजि प्राकृतिक संसाधनहरु हुन समाजबादि अर्थ ब्यवस्थामा श्रमलाई महत्त्व दिइन्छ उत्पादनको सम्पुर्ण साधनहरु राज्यको नियन्त्रणमा हुने भएकोले नागरिकहरुलाइ न्यायपूर्ण ढंगले बितरण गरिने र प्रत्याभूत गराइनेछ र अर्को कुरा के छ भने समाजबादको मुल मन्त्र भनेको चाहे उ प्रधानमन्त्री रास्ट्रपतिको छोरा किन नहोस् सबैले आ आफ्नो क्षमता अनुसारको योगदान गर्नु पर्दछ देश भित्रको समाजको सबै नागरिकहरुले बिना विभेद आ आफ्नो योगदान अनुसारको भागिदार पाउने अधिकार प्राप्त गर्दछ अब यसमा के न्यायीक फाइदा हुन्छ भने सबैले काम अनुसारको दाम पाउने ग्यारेन्टी भएको हुनाले नै सम्पुर्ण नागरिकहरुले अर्थात् कर्मचारी हरु राज्यले खटाएको काममा खटिन तयार हुन्छ यस्तो अर्थ ब्यवस्थामा मालिक र नोकर त ठुलो र म सानोको कुनै सरोकार हुदैन सम्पुर्ण नागरिकहरुले आ आफ्नो क्षमता अनुसार अतिरिक्त मुल्य स्वरुप सेयरको भागि प्राप्त गर्दछन् यसले देशको आर्थिक समृद्धि र भ्रष्टाचार नियन्त्रण गर्दछ ।।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्