Sirjana Mongol | 27 जून 2020
नारी सन्तान उत्पादन गर्ने साधन मात्र हाेइन विश्व बदल्न सक्ने शक्ति हुन ।नारी प्रकृति हाे नारी विना याे दुनियाँ अपुराे हुन्छ नारी विना प्रकृति असम्भव छ ।याे प्रकृतिको नियम हाे ।नारीलाई प्रकृतिले सर्वोच्च भुमिका प्रदान गरेकाे छ ।नारीले प्रकृतिको सर्त मात्र पूरा गरेका छैनन् नयाँ इतिहास रच्दै विश्व इतिहासको पानामा स्वर्णिम अक्षरले अाफ्नाे नाम लेख्न सफल भइसकेका छन।सिङ्गो मानव समुदाय र विश्व जगतमा अामुल परिवर्तनका खातिर महान कार्य गरि नारीहरुले नारीको क्षमता प्रमाणित गरिसकेका छन् । अाज एगेला मर्केल, अाङसाङ शुची, बेनजिट भुट्टाे,मेरी क्यूरी, फ्लाेरेन्स नाइटिङगेल जस्ता शक्तिशाली महान नारीहरू प्रति पूरा दुनियाँ नतमस्तक छ।यसैगरी हजारौं सफल नारीहरूले नारी पुरुष भन्दा कमजोर हुदैन भन्ने प्रमाण पुष्टि गरिसकेका छन् ।तर विडम्बना नेपालमा भने अझै महिलाहरू माथि यति धेरै विभेद ,अत्याचार ,अपमान र बलात्कार जस्तो घटनाहरु दिन दिनै बढिरहेको छ । कहिले सम्म सहेर बस्ने अत्याचारको पराकाष्ठा ? के नारीहरू सन्तान उत्पादन गर्ने मेसिन मात्र हाे र ? कतै नारीहरू नै चुलाे चाैपट भन्दा माथि उठ्न नसक्नुले त हैन ? विवाहित महिलाहरूले सिन्दुर , पाेते ,चुरा लगाएर पुरुषको दासी बन्ने कहिले सम्म? यदि सिन्दुर, पाेते, चुरा विवाहित महिलाहरूकाे प्रतीक हाे भने पुरुषको चाहिँ खै के ? के महिला मात्र विवाहित देखिनु पर्ने खै यहाँ समानता ? त्यसैले अब नारीहरू कसैको दासी बनेर हैन स्वतन्त्र भएर जिउनु पर्छ। यतिबेला विश्व नै covid 19 (काेराेना भाइरस ) ले अाक्रान्त बनिरहेको छ हाम्रो देश नेपालमा पनि विगत तीन महिना देखि देश नै लकडाउनमा छ ।यस्तो विषम परिस्थितिमा पनि नारीहरू असुरक्षित भइरहेको छन् । नारीहरू माथि अत्याचार ,अपमान र बलात्कार जस्ता जघन्य घटनाहरू दिनहुँ घटिरहेका छन् अरु त के कुरा गराै सरकारले बनाएको क्वारेन्टाइनमा नै सामूहिक रुपमा बलात्कृत बन्नु पर्ने याे कस्तो विडम्बना ? केही समय अगाडि दुवही बाट १०१ जना महिलाहरू नेपाल फर्केका थिए जसमा ९४ जना गर्भवती महिला थिइन ती महिलाहरू मध्ये २७ जना महिलाकाे श्रीमान श्रीमती दुवै सँगै थए भने बाँकीकाे श्रीमान दुवहीमा भएको कारण भिजिट भिसामा ती महिलाहरू त्यहाँ गएका थिए । काेराेना संक्रमणकाे कारण अामा र बच्चाकाे सुरक्षाको लागि ती गर्भवती महिलाहरू नेपाल फर्कीएका थिए तर नेपालमा बाहुनवादी सङ्कुचित साेच भएको मिडियाले हेडलाईन यसरी बनाइदियाे कि मानाै उनीहरूले विदेश बाट गैर पुरुषको गर्भ बाेकेर नेपाल प्रवेश गरेका हुन ।अचम्म लाग्छ कति सम्म गिरेर महिलाहरूको अपमान गर्न सकेका हाेलान् ।नेपाल र भारतमा नारी हरु माथी को यो शोषणको उपज हिन्दुवादी व्यबस्था हो । जहाँ 80 बर्षको हिन्दुको देवताले 8 बर्षिया बालिका सङ बिहे गरेको कथा समाजमा सत्ययुगको नाममा अबोध बालिका र नारिहरुको मस्तिष्कमा तीखो बनाएर रोपिदिन्छन। त्यसैले मुलुकमा नारी अधिकारको नाममा उहीँ हिन्दुवादी ब्यबस्थालाइ मलजल गर्नेहरुकाे हातमा सत्ता र शक्ति रहे सम्म नारी प्रती हेर्ने दृष्टिकोण परिवर्तनको कल्पना त के सपना सम्म देख्नु पनि आकासको फल आँखा तरि मर भन्ने अवस्था रहिरहन्छ । किनकि नेपाल र भारतकाे सामाजिक व्यवस्था Brahminical social order ब्राह्मणवादी सामाजिक व्यवस्थामा अाधारित छ ।ब्राह्मणवादी व्यवस्थाकाे कानुन मुनुस्मृतिले शुद्र, पशु र नारी भनेको एकैएकै हुन भन्ने व्यवस्था बनाएकाे छ । साेही व्याख्या बमोजिम नारी प्रति हेर्ने दृष्टिकोण भएकाले एगेला मर्केल, अाङसाङ शुचि जस्ता नारीहरू नेपाल र भारतमा हिन्दुवादी साेचले ग्रस्त पुरुषको मुठ्ठीमा कर्चिनु सिवाय केही हुन सकेको छैन ।त्यसैले यस्ता कुसंस्कार र कुरीतिलाई तीलन्जली दिदै नारीहरूले नारीलाई सम्मान गर्दै अगाडि बढ्नु पर्छ र पुरुषहरूले नारी माथि हेर्ने दृष्टिकोण बदाल्ने हाे भने यस्तो घटनाहरू घट्दै जानेछन् । । समानता चाहने प्रत्येक पुरुषले अब अाफ्नै घर बाट नरीहरूलाई स्वतन्त्रता दिलाउन सक्नुपर्छ ।जसरी पुरुषहरू अाफ्नाे लक्ष्य पूरा गर्नकाे लागि अाफ्नाे परिवार समेत त्यागेर अगाडि बढ्दछ, त्यसरी नारीले अगाडि बढ्न पाएका छैनन् । यसाे भनिरहदा जुन पुरुषले नारीलाई सम्मान र अादर गरिरहनु भएको छ उहाँहरू प्रति हार्दिक अाभार छ ।जसले अाफ्नाे अामाकाे महत्त्व बुझेको छ उसले सबैतिर सकारात्मक देख्छ। नरीहरूलाई बलात्कार ,अपमान र अत्याचार त ती पुरुषहरूले गर्छन् जसले अाफ्नाे अामाकाे र दिदीबहिनीको महत्त्व बुझेको हुदैन । यही सन्दर्भलाई मध्यनजर गर्दा महामनाव भगवान बुद्धकाे भनाइ अत्यन्तै घात लाग्दाे छ।....एक दिन भगवान बुद्ध अफ्नाे ज्ञान बाड्ने क्रममा एउटा गाउँमा पुग्नु भयाे र त्यही गाउँकाे एक जना गरिब ,वेसहार महिलाले बुद्धलाई अाफ्नाे घरमा खाना खान बाेलाइन ।भगवान् बुद्धले ती महिलाकाे घरमा भलि पल्ट जाने निर्णय गर्नु भयाे याे कुरा गाँउकाले थाहा पाए पछि भगवान बुद्धलाई ती गाँउका मानिसहरूले भने भगवान् त्याे अाइमाइ त चरित्रहीन अाइमाइ हाे त्यसले छाेएकाे कसैले पानी पनि खाँदैन हजुर कसरी त्यहाँ जानू हुन्छ भगवान भनेर प्रश्न गरे पछि महामनाव बुद्धले ती ब्यक्तिहरूलाई विभिन्न उदाहरण दिदै जवाफ दिनु भयाे 'त्याे नारी तब चरित्रहीन हुन्छीन जब उसलाई एक पुरुषले चरित्रहीन बनाउने गर्छ।' नारी अाफैमा चरित्रहीन कहिले हुदैन उसलाई चरित्रहीन त पुरुषले बनाउने हाे। त्यसैले अब नारीहरू माथि अाैला उठाउन अघि तपाई पुरुषले मनन गर्नुस् कि मैले कति सम्मान गरेको छु अथवा छैन भनेर ।नारीहरू पनि अब हिम्मत साहस लिएर अगाडि बढ्नु पर्दछ।भनिन्छ नि एउटा परिवार शिक्षित र सक्षम बनाउनमा नारीहरूकै ठूलो हात हुन्छन् यतिमात्र हैन प्रत्येक बालबच्चाकाे पहिलो पाठशाला नै घर हाे र पहिलो शिक्षिका अामा अर्थात नारी हुन ।अब नारीहरू घर परिवारमा मात्र निहित नरहेर समाज र देशका लागि पनि अग्रसर हुनुपर्दछ।जसरी एउटा घर मजबुत हुनुमा नारीहरूको हात हुन्छ त्यस्तै समाज र देशलाई विकासउन्मुख बनाउनकाे निम्ति पनि नारीहरूकाे अहम् भुमिका रहेको हुन्छ । अब नारीहरू हातमा कलम लिएर सशक्त भइ अन्याय र अत्याचारलाई चिरफार गर्दै अगाडि बढ्नुपर्छ ।नारीहरूले घर मात्र हाेइन देश पनि समाल्न अघि बढ्नुपर्छ। हिन्दुवादले ग्रस्त भएको समाजबाट मुक्त हुनकाे निम्ति सैद्धान्तिक र वैचारिक रुपमा क्रान्तिकारी भइ अब नारीहरू सक्षम ,शिक्षित र राजनीतिक चेतनशील बनी युगान्तकारी परिवर्तनको निम्ति घर,समाज र राष्ट्रलाई सिगार्दै विकासीत मुलुक बनाउनकाे लागि अग्रसर हनुपर्दछ।याे देशमा समानता ,स्वतन्त्रता र भातृत्व चाहाने एक मात्र बृहत संगठन मंगाेल नेशनल अर्गनाइजेसन हाे याे संगठनले मात्र नारीहरूलाइ समानता दिएको छ नारीहरूकाे हक हित र अधिकारकाे वकालत गर्छ।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology